सोमबार, माघ २३, २०७९

दुखको डर !

कृष्ण शर्मा / अमेरिका२०७९ पुष १९ गते १६:१७

एक दिन म र भाइ सुशिल बिच बर्तुंगबाट होलङ्दि हुँदै आइरहेको गाडी पहिले जसले देख्छ त्यो उसैको भन्ने कुरामा बाजि पर्यो । पाल्पाली ढाका टोपी उध्योगको धागो बोक्ने मिनि ट्रक सडकमा गुडेर आइरहेको शायद हामी दुबैले एकै पल्ट देखेका थियौं। त्यसैले दुबैले आ-आफुले पहिले देखेकोले त्यो गाडि आफ्नो भएको दावी गर्यौं। गोकर्ण मामा आएर नछुट्याउँदा सम्म हामीले लगाएका सुतीका पातला कमीज च्यातिईसकेका थिए।

कृष्ण शर्मा

अविच्छिन्न रुपमा जीवन दुखेको देख्न नसकी करिब २६०० वर्ष अगाडि जहाँबाट सिद्धार्थ गौतम ज्ञानको खोजमा हिंडेथे म लुम्बिनीको त्यहि सेरोफेरोमा हुर्कें । मैले लगभग तिनै र त्यस्तै प्रकारका दुखका स्रोत भेटें जसले शायद सिद्धार्थ गौतमका आँखालाइ पिरोलेका थिए। सामाजिक बिभेद एबं अन्याय, पारिवारिक शोषण, राज्यले गर्ने राजनितिक उत्पीडन त्यतिबेला पनि ब्याप्त थिए, अहिले पनि छन । डरका साझा स्रोतहरु पहिले जे विधमान थिए अहिले पनि तिनै हाबी छन। बृहद सोंच र चेतका लागि सिद्धार्थ गौतमले भेट्टाएको बुद्धत्व बत्ति मुनिको अँध्यारो जस्तै भएको छ नेपाल र नेपालीका लागि। केहि अपवादलाइ छोडेर भन्ने हो भने बौद्ध धर्म आज ध्यान बिलास, बुद्धि बिलास र कथित धर्म बिलासमा सिमित भएको छ। हामीले जवसम्म बुद्धको खोजलाइ होसपूर्वक आफ्नो आचरणमा समाहित गर्न सिक्दैनौं तवसम्म हाम्रो बुझाइ अरुलाइ देखाउनका लागि बाहेक अरु केहि प्रयोजनका लागि प्रमाणित हुने छैन।

सन १९७८ मा पहिलो पल्ट मोटरगाडि देखेको धुमिल सम्झना अझै मानसपटलबाट हराइसकेको छैन। हराओस पनि कसरि त्यो कोमल बाल मष्तिस्कमा बसेको उक्त चार पांग्रामाथि अडिएर कालो समतल चौडा बाटो पुरै ओगटेर गुड्ने बाक्सा जस्तो बडेमानको वस्तु !

हामी आठौं वर्षमा लाग्दै थियौं बिकट गुल्मीको सानो गाऊँबाट बसाइ सरेर पाल्पा जिल्लाको सदरमुकाम तानसेन शहर आउँदा । सिद्धार्थ राजमार्ग बनेको एक दशक पनि भएको थिएन। उक्त राजमार्गलाइ शहरका घरानिया नेवारहरुले आफ्ना छोरीहरुलाइ भारतीय पन्जाबी ट्रक ड्राइभरहरुले भगाउलान भन्ने डरले तानसेन आउन दिएका थिएनन रे। सुनौलीबाट सिधै बर्तुंग हुँदै पोखरा जाने राजमार्गलाइ ९ किलोमिटर बाटो खनेर तानसेनसँग पछि मात्रै जोडिएको रहेछ।

बिस्तार गरिएको बाटोको छेउ बारुदखान टोलमा थियो, हाम्रो टिनका जस्ता पाताले छाएको एक तले तिन वटा कोठा भएको सानो घर। त्यतिबेला डिजेलबाट चल्ने यात्रि बस कालो धुवाँ उडाउँदै आउँथे। कठै ति दिनः हामी बसको पछाडि पछाडि त्यो दुषित धुवाँ सुँघ्न दौडन्थ्यौं । कारको सवालमा भारतीय नम्बर प्लेट भएका चिल्ला कार यदाकदा मात्र आउँथे। तर जापानी सहयोगमा संचालित तिनाउ जलाधार आयोजनाका सेता टोयोटा मिनि ट्रकहरु भने कर्मचारि लिएर बारम्बार ओहोरदोहोर गरिरहन्थे। खाने र सुत्ने समय बाहेकको पूरा दिन मेरो भाइ र मैले टोलका अरु दौतरीसँग घर वा नजिकैको लहरेपिपल प्राथमिक बिध्यालयको खेल मैदानमा कम बाटोमा धेरै खेलेर बिताउथ्यौं।

म नजिकै गएर उहाँहरुको हातमा ढोगिदिएँ। हजुरबुबाले मलाइ चिन्नुभएनछ। काकालाइ ‘यो को हो?’ भनेर सोध्नुभयो। काकाले हिरन्य दाजुको छोरो कृष्ण भने पछि “तैले किन हातमा ढोग्ने ? ल यहाँ ढोग” भन्दै जुता फुकाल्नुभयो।

एक दिन म र भाइ सुशिल बिच बर्तुंगबाट होलङ्दि हुँदै आइरहेको गाडी पहिले जसले देख्छ त्यो उसैको भन्ने कुरामा बाजि पर्यो । पाल्पाली ढाका टोपी उध्योगको धागो बोक्ने मिनि ट्रक सडकमा गुडेर आइरहेको शायद हामी दुबैले एकै पल्ट देखेका थियौं। त्यसैले दुबैले आ-आफुले पहिले देखेकोले त्यो गाडि आफ्नो भएको दावी गर्यौं। गोकर्ण मामा आएर नछुट्याउँदा सम्म हामीले लगाएका सुतीका पातला कमीज च्यातिईसकेका थिए।

त्यो घटना सम्झेर आज म गम खान्छु। कहिल्यै आफ्नो नभएको त्यो मेरो मोटर हो भन्ने ब्यर्थको बिचारले हामी दुबैलाइ बिबादमा उतारिरहेको थियो। कहिल्यै आफ्नो नभएको बस्तु आफ्नो हुन्न कि भन्ने यो कस्तो डर ?

त्यसपछि असिको दशकको शुरुमा तानसेनबाट रुपन्देही झरे पछि हामी बालकहरुको पढ्ने, खेल्ने र छिमेकिका बगैँचाभित्र लुकेर फलफूल चोर्ने बाहेक अरु काम हुँदैनथ्यो भन्दा पनि हुन्छ।

एक दिन साँझ हामी पञ्चायत भवन अगाडिको खूला मैदानमा भलिबल खेलिरहेका थियौं। हामी खेल्दै गर्दा माइला हजुरबुबा र नरेन्द्र काका पहाडबाट हाम्रो घर आउनु भयो। घर पुग्नु अघि उहाँहरु नजिकै उभिएर हामी खेलेको हेर्न थाल्नुभयो। म नजिकै गएर उहाँहरुको हातमा ढोगिदिएँ। हजुरबुबाले मलाइ चिन्नुभएनछ। काकालाइ ‘यो को हो?’ भनेर सोध्नुभयो। काकाले हिरन्य दाजुको छोरो कृष्ण भने पछि “तैले किन हातमा ढोग्ने ? ल यहाँ ढोग” भन्दै जुता फुकाल्नुभयो।

उहाँहरुको खुट्टामा ढोग गरे पछि म फेरि खेल्नको लागि मैदानमा फर्किएँ। केहि बेरमा उहाँहरु घरतिर लाग्नु भयो। तर मेरो ध्यान खेलमा गइरहेको थिएन। मैले उहाँहरुलाइ अनादर गरेर हातमा ढोगेको थिइन। धुले मैदानमा किन जुत्ता खोल्न लगाएर सास्ती दिनु भनी हातमा ढोगेको थिएँ। खेल सकिएर घर पुग्दा मलाइ देखेपछि माइला हजुरबुबाले सबैको अगाडि भन्नुभयो, “हिरन्येको छोराले आज मेरो खुट्टामा ढोग्न लाज लागेर हात तानेर ढोग्यो। भोलि कतै बाटोमा भेट्यो भने मैले चिन्दिन भन्छ होला जस्तो लाग्छ मलाइ।” हजुरआमा बाहेक सबै गलल हाँसे।

मलाइ त्यहाँ उभिइरहन मन लागेन। भान्सा तिर गएँ। हजुरआमा आएर माइला हजुरबुबा र काकालाइ तुरुन्त खुट्टामा ढोग्न मलाइ आदेश दिनुभयो। मैले उहाँहरुको खुट्टामा पनि ढोगिसकेको कुरा गरें। मेरो आँखामा केहि बेर हेरेपछि उहाँलाइ चित्त बुझेनछ। बैठक कोठामा जानु भयो र भन्नुभयो “नातिले त खुट्टामा पनि ढोगिसकेको कुरा गर्दैछ त…….यसरी सबैको सामु बिना कारण बच्चाहरुलाइ हाँसोको पात्र बनाउनु भएन र बच्चाहरुलाइ मुछेर अहंकारको डंका पिट्नु सुहाउने कुरा पनि होइन। मेरा नातिहरुले संस्कार छाडिसकेका छैनन। र त्यति सजिलै छोड्ने पनि छैनन।” बैठक कोठामा केहिबेर कोहि बोलेनन।

बृहद सोंच र चेतका लागि सिद्धार्थ गौतमले भेट्टाएको बुद्धत्व बत्ति मुनिको अँध्यारो जस्तै भएको छ नेपाल र नेपालीका लागि।

कसैले इज्जत नदेला कि, नचिन्ला कि, नढोग्ला कि भन्ने मान्छे भित्रको यो कस्तो डर ? धेरै मानिसहरु जीवनभर एक वा अर्को प्रकारको डर र भ्रममा बाँचिरहेको देखें मैले। म स्वयम पनि त्यसको शिकार भएँ केहि समय। अरुले मलाइ सम्मान नगर्लान कि? मैले भनेको नसुन्लान कि? मेरो कमजोरीका बारेमा बोलिदेलान कि? मेरो आलोचना गर्लान कि? मेरो उपस्थितिमै अरुको सामु मलाइ गाली गर्लान कि भनेर संकोच मानिरहेको देख्छु म।

हामीसँग डरको बिशाल बृक्ष बाटिकानै छ । अँध्यारोको डर। छिमेकिले के भन्ला भन्ने डर। असुरक्षाको डर। सुरक्षित भए पछि असुरक्षित भइन्छ कि भन्ने डर। धन कमाउन सकिन्न कि भन्ने डर। धन प्राप्ति पछि कतै त्यो गुम्छ कि भन्ने डर। आफूले माया गरेकि सुन्दर महिला/पुरुष आफ्नो दुलही/दुलाहा बन्दैनिन कि भन्ने डर। कदाचित दुलही/दुलाहा भए पछि अरु कसैलाइ माया गर्छिन/गर्छन कि भन्ने डर। छोरा छोरी नजन्मेलान कि भन्ने डर। जन्मे पछि मर्लान, नपढ्लान कि, बिग्रन्छन कि भन्ने डर। बुढेश कालमा नपाल्लान् कि भन्ने डर। अचम्म त यो छ कि हामीले यो बाटिकालाइ बडो जतनले संरक्षण गरेर राख्छौं। कदाचित हामीलाइ कुनै एक डरबाट मुक्ति चाहियो भने हामीले डर नामक बृक्षको जरा उखेल्ने काम गर्दैनौं। अपितु त्यसको हाँगा काटेर डरबाट मुक्त भएको भ्रममा बाँच्दछौं।

हामीलाइ डर र भ्रममा बाँच्ने अभ्यास भैसकेको छ। हामी यतिसम्म झूठठा जीवन बाँचिरहेका छौं कि हामीले अरुलाइ देखाउनका लागि भगवानको मन्दिर बनाएर मूर्ती स्थापना गरी पूजा गर्छौं तर भित्र भित्र आफ्नो लागि आफ्नै एक प्रतिमा खडा गरिरहेका हुन्छौं र त्यसलाइ बारम्बार पूजा अर्चना गर्छौं। नपत्याए वरिपरि हेर्नुस तः यदि हामी हिन्दु हौं र कसैले हिन्दु धर्मको आलोचना गरेको सुन्यौं भने हामी जसरि प्रतिबादमा उत्रन्छौं ठिक त्यसै गरि आफ्नो बारेमा कसैले औंला ठड्यायो भने हामीलाइ धैर्य गर्न अप्ठेरो हुन्छ।

आठ कक्षा पढ्दै गर्दा म गणितमा एकदमै कमजोर थिएँ। त्यसैको आधारमा मलाइ एक जना दाइले गाउँका अरु सहपाठिहरुसँग तुलना गर्दै ‘अरु सबै पास हुन्छन तर कृष्ण चाहिं एस एल सि पास हुन गाह्रो छ’ भन्दा म मेरो आफ्नै अदृष्य प्रतिमाको अगाडि उभिएर घण्टौं रोएको सम्झन्छु। कसैले बिना यथेष्ट प्रमाण/कारण असफल हुन्छु भनी ब्यर्थको भबिष्यबाणि गर्दा रुनुपर्ने यो कस्तो डर ?

सिद्धार्थ राजमार्ग बनेको एक दशक पनि भएको थिएन। उक्त राजमार्गलाइ शहरका घरानिया नेवारहरुले आफ्ना छोरीहरुलाइ भारतीय पन्जाबी ट्रक ड्राइभरहरुले भगाउलान भन्ने डरले तानसेन आउन दिएका थिएनन रे।

चालिस नटेकुन्जेल मैले आफ्नो प्रतिमा प्रतिको मायालाइ निरपेक्ष भएर हेर्न सकेको रहेनछु। एउटा कार्यक्रममा मैले कुनै समयसम्म अँगालेको पत्रकारिता पेशा प्रति लक्ष्य गर्दै कसैले ब्यंग्य गरेको सुनेर मन दुख्नुपर्ने त्यस्तो गम्भिर केहि कारण थिएन। म सम्झन्छु, छिटो सुत्न चाहँदा चाहँदै पनि त्यस रात अलिक ढिलो गरी निद्रा परेको थियो।

कहिलेकाहिँ डरको बाटिकामै बिश्राम गरिरहेको अवस्थामा हामी भित्र निडरताका ससाना झिल्काहरु आउने गर्छन जसले हामीलाइ बहादूर हौं कि भन्ने भ्रम छोड्न सहायक हुन्छन।

म सम्झन्छु, त्यो हाई स्कूल जीवनको अन्तिम बिदाइको दिन। कक्षाको सबैभन्दा जेहेन्दार बिध्यार्थी भएकोले बिदाइ भाषणको लागि मलाइ रोजिएको थियो। सयौं सहपाठि, गुरुहरु र जिल्लाका शिक्षा अधिकारीहरु सामु मैले केहि विषयका गुरुहरुको बेपर्वाह अध्यापन शैलीप्रति औंला ठड्याउनुपर्ने अवस्था थियो। त्यस अघि मैले कहिल्यै सार्बजनिक मञ्चमा बोलेको अनुभव थिएन। माइक समाउँदा मेरा हात काँपिरहेका थिए। मेरा खुट्टाको हालत हातको भन्दा कम खराब थिएन। मेरो मुखमा कसैले खरानी कोचिदिए जस्तो सुक्खा महशुस भएको थियो। तर जब मैले देखें सबैले मबाट केहि सुन्नको लागि चनाखो भएर आफ्ना कानहरु ठाडा पारेर प्रतिक्षा गरिरहेका छन अनि जब नजिकै बसेको मेरो अत्यन्तै सहयोगि मित्र बिष्णु ज्ञवालीले मलाइ आँखा झिम्क्याएर बोल्न प्रेरित गरिरहेको देखें . त्यसपछि मेरो डर अनायास डरायो र नजिकैको इट्टाको त्यो पुरानो पर्खाल नाघेर भाग्यो। केहि बेरकै लागि सही तर म डरको बन्धनबाट मुक्त थिएँ। मैले सजिलै सबैलाइ आदरयुक्त सम्बोधन गरें। सबै गुरुहरुलाइ, बिध्यालयका कर्मचारीहरुलाइ, पियनहरुलाइ धन्यबाद दिएँ र भाषणको अन्त्य अघि लेखा, विज्ञान र अतिरिक्त गणित विषयका गुरुहरुलाइ अध्यापन पेशाप्रति अलिक बढि इमान्दार हुन अनुरोध गरें। म बस्न नपाउँदै तालीको कर्तल ध्वनि धेरै बेरसम्म स्कूल प्रांगण भरी घुमिरह्यो। तालि पछि विज्ञान विषयका गुरु गालि गर्न आउनुभयो। “तँलाइ कसरि थाहा भयो कि मैले सबै पाठ पढाइन भनेर। तेरो ठुलोबुबालाइ फोन गरुँ ?”

डर फर्केर आइसकेको थिएन। मन आकाशको चंगा जस्तै भएको थियो। मलाइ थाहा छैन तर्क कसरि आयो। तर आयो। डरले छेकेको थिएन त्यसैले बिजुलिको प्रकाश जस्तै तुरुन्तै आयो। मैले सोच्नु भन्दा अगाडि नै मेरो जिब्रोमा आएर बसिहाल्यो। मैले मुख खोल्दा साथ बाक्यहरु फुरुरु आफै बाहिरिए, “कृपया फोन गर्नुहोला। मेरो ठुलोबुबाले त्यसपछि मलाइ डरपोक हुन्छ कि भन्ने चिन्ता गर्न छोड्नुहुनेछ।”

एक दिन म र भाइ सुशिल बिच बर्तुंगबाट होलङ्दि हुँदै आइरहेको गाडी पहिले जसले देख्छ त्यो उसैको भन्ने कुरामा बाजि पर्यो ।

उहाँ हामी बिचबाट जाँदै गर्दा गुरुको आँखाहरुबाट धुवाँ निस्केको जस्तो देखिन्थ्यो। गणित र लेखा विषयका गुरुहरुलाइ उहाँले त्यतै रोक्नुभयो। कानेखुशि पछि उहाँहरु मलाइ हुँक्न आउनु भएन। मलाइ साथीहरु र नौ कक्षाका विध्यार्थिहरुले घेरेर बधाइ दिइरहे। म धेरै बेरसम्म दंग परिरहें।

तर घर पुग्नासाथ दाइले दनक दिनु भयो, “नारायण सरको चित्त दुखाएर तैंले के पाइस ? तैंले त अतिरिक्त विज्ञान विषय लिएको पनि छैनस। कसरि थाहा पाइस उहाँले अरुलाइ के पढाउनु भयो के पढाउनु भएन भनेर?”

निरपेक्ष रहन सिकिसकेको थिइन । त्यसैले उहाँको दनकले त्यस रात पनि म बालाघित भएको थिएँ। उहाँले अर्को डरको स्रोत थपिदिनु भएको थियो- ‘खै तलाइ अब एस एल सि पास हुन दिन्छन कि दिन्नन !’

हामी न ज्ञानमुखि छौं न विज्ञानमुखि। कमसे कम विज्ञानले हामीलाइ बस्तुहरु प्रति निरपेक्ष भाव राख्न सिकाउँछ। तपाइ नजीकका रुखहरुलाइ हेर्नुस त! के ति रुखहरुले कोहि वा केहि प्रति कहिल्यै सापेक्ष भाव राखेको महशुस गर्नु भएको छ? तर हामीले सधैं अरु प्रति मात्र होइन स्वयम प्रति पनि पक्षपाति भाव राखिरहन्छौं। स्वयमप्रति आफूले बनाएको स्वप्निल धारणा भन्दा बाहिर राखेर हेर्न सकेको भए कसैले मलाइ किन हुंक्यो वा अवहेलना गर्यो भन्ने भावले पिरोल्दैनथ्यो। हामी कोहि होइनौं। हामी केहि होइनौं। तर पनि हामीलाइ लाग्छ, हामीकोहि हौं। हामी केहि हौं। त्यसैले हरेक पल हामी दुखि रहन्छौं। हामी यति कमजोर छौं कि कसैले हाम्रा बिरुद्ध केहि भन्यो भने हामी दुख्छौं। भन्नु पनि पर्दैन। हाम्रो आस्था बिरुद्ध केहि छापियो भने पनि हामि पढेर दुखि हुन्छौं।

दुखकासाथ भन्नु पर्छ कि धेरैजसो अवस्थामा हामी स्वयंले बस्तुतः कुनै घटनाको बृहंगम मुल्यांकन नगरी अरु कसैको ठम्याइलाइ ठिक सम्झन्छौं र त्यसै अनुसार ब्यवहार गर्छौं। सलमान रश्दीका पुस्तकहरु आफ्नो दिमागले पढ्दै नपढी इरानको धार्मीक शासकले फतवा जारी गरेको भरमा आक्रमण गर्ने त्यो न्यु जर्सिको युवकलाइ सम्झन्छु म। सम्झँदैमा म ताज्जुब हुन्छुः के कुराको डरले त्यति जघन्य अपराध गर्न बाध्य पारे होला उसलाइ ?

जसरि हामीले अरुको बारेमा धारणा बनाएका हुन्छौं ठिक त्यसैगरि हामीले आफ्नै बारेमा पनि एक छुट्टै धारणा बनाएका हुन्छौंः आफूलाइ धेरै जान्ने, अरु भन्दा राम्रो, आफ्नो बिचार अरुको भन्दा उत्तम, आफ्नो धर्म अरुको भन्दा उत्कृष्ट, आफ्नो देश प्रेम अरुको भन्दा गाढा आदि इत्यादि।

जुन दिन हामीले स्वयमलाइ हेर्ने आँखा अलिक बढि खोल्न सफल हुन्छौं त्यस दिन जीवनको बिशाल पक्षलाइ देख्न सक्ने छौं र आफ्नो दुरुह डर प्रति अन्तिम पटक दुखि हुनेछौं। त्यसपछि भने सुखै सुख! अन्यथा हामी दुख्नुको बिकल्प छैन।

कृष्ण शर्माका अघिल्ला रचनापनि हेर्ने कि ?

सुत्न नसकेका ति अनगिन्ति रातमा साउति मारिरहने ‘जागते रहो …।’

गुरु चरणं

ति पानीका फोका, त्यो कट्टुको पसल

भाङको सत्यले चिमोटिएको बेला

जिवनलाई उत्कर्षमा पुर्‍याउने आनन्ददायी बानीहरु

तपाइँको प्रतिक्रिया

फेसबुक