शुक्रबार, वैशाख १४, २०८१

यूरोजोनमा मुद्रास्फीति नौ प्रतिशत माथि

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ पुष २३ गते १०:५१

यूरोजोनभरि वार्षिक मुद्रास्फीति नौ दशमलव दुई प्रतिशत भएको छ । डिसेम्बरको अन्त्यमा ९ दशमलव २ प्रतिशत देखिएको हो । शुक्रवार बिहानै यूरोस्टेटले यो जानकारि सार्वजनिक गरेको हो ।

नोभेम्बरको तुलनामा मुद्रा स्फिति केहि घटेको हो । किनभने नोभेम्बर महिनामा युरोजोनमा मुद्रासितिति १० दशमलव १ प्रतिशत थियो ।

ग्यासको मूल्यहरू बढेपछि गत वर्ष मुद्रास्फीति निकै बढेको थियो । ग्यासको आपूर्तिमा आएको कठिनाई वा रसियाले गरिदिएको आपूर्ती बन्दसँगै मूल्य आकाशिएको थियो । मुद्रा स्फिति पछाडिको मुख्य चालकहरू मध्ये एक त्यहि थियो । तर यो वर्ष असामान्य रूपमा न्यानो मौसमले गर्दा उर्जा खपत संकटमा पर्न पाएको छैन र मुद्रा स्फिति युद्धपूर्वको स्तरमा फर्केको भनाई युरोपेली अर्थशास्त्रीहरुको छ ।

यो समाचार युरोपेली आर्थिक क्षेत्रका लागि निकै सकारात्मक हो । तर तर युरोजोनमा युरोपेली केन्द्रिय बैंक (ईसिबी) ले मुद्रा स्फिति दुई प्रतिशतमा झार्ने लक्ष्य राखेकाले त्यो पुग्नुको साटो पाँच गुणा बढीनै रहेकाले त्यसलाई धेरै सफल मान्न नसकिने भनाईपनि केहिको छ ।

ईसिबीले हालैका महिनाहरूमा आक्रामक गतिमा ब्याजदरहरू बढाएको छ ताकि खर्च थप महँगो र बढ्दो मूल्यहरू नियन्त्रण गर्न सकियोस ।

तपाइँको प्रतिक्रिया