शनिबार, वैशाख १५, २०८१

एनआरएनले मधेश प्रदेशमा ‘ब्लड बस’ उपलब्ध गराउने

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ पुष २८ गते २१:०२

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले मधेश प्रदेशमा ब्लड बस उपलब्ध गराउने भएको छ । आफ्नो तेस्रो ब्लड बस परियोजना अन्तर्गत् एनआरएनले मधेश प्रदेशकालागि ब्लड बस उपलब्ध गराउन लागेको हो ।

नेपालमा मानवीय सेवाका कार्यमा गैर आवासीय नेपाली संघले निरन्तर सहयोग र सहकार्य गर्दै आएको र त्यसैको निरन्तरतास्वरुप मधेश प्रदेशमा ब्लड बस परियोजना अगाडि सारेको भनाई यस परियोजनाका संयोजक तथा एनआरएनएका केन्द्रिय कोषाध्यक्ष सुनील साहको छ ।

“संघको महत्वपूर्ण परियोजना भित्र रहेको मोबाईल ब्लड बस परियोजना अन्तर्गत मधेश प्रदेशमा मोबाईल ब्लड बस उपलब्ध गराउने कार्यको प्रारम्भ भएको छ” साहले भनेका छन् ।

एनआरएनएले यस अघि संघ मार्फत बाग्मती प्रदेश र सुदुर पश्चिम प्रदेशमा एकएक वटा मोबाईल ब्लड बस उपलब्ध गराईसकेको छ ।

यसै अभियान अन्तर्गत मधेश प्रदेशमा उपलब्ध गराउन लागिएको मोबाईल ब्लड बस परियोजनालाई सार्थक पार्दै मानवीय पुण्यको कार्यमा हातेमालो गर्न साहले सम्बन्धित सबैसँग आग्रह गर्रेका छन् ।

तत्कालै ज्यान जोगाउन चाहिने रगतको माग यति छ कि अहिलेको सेवाले नेपालमा कतैपनि धानेकै छैन । रगतकै अभावले विरामीहरुको ज्यान जाने गरेको छ । अब भने यो ब्लड बसले गर्दा यस्तो समस्या धेरै रहने छैन ।

एनआरएनको घुम्ती रगत बस परियोजनाकालागि संघले नेपाल रेडक्रस सोसईटीसँग सहकार्य गर्दै आएको छ । मौसम प्रतिकूलताको बेला पनि रगत संकलन गर्न सहज हुनेछ । घुम्ती रगत बस परियोजनाले रगतको संकलन तथा भण्डारणमा सहज बनाउँछ । रगतको व्यवस्थापनलाई गुणस्तरीय र सर्वसुलभ बनाउन मद्दत गर्ने छ ।

मधेशमा रगतको माग बढेपनि आपूर्ति त्यहि अनुसार भएको छैन । धेरै गर्मि र धेरै चिसोको बेलामा रक्तदान घट्ने गरेको छ । जसलेगर्दा रगत नभई नहुने थालासेमिया, हेमोफिलिया, किड्नी रोगी, हृदय रोग र रक्तक्यान्सर रोगीका लागि झन समस्या हुने गरेको छ । मदेशमै रगत नपाउनाले काठमाडौँ गएर रक्तसंचार सेवा लिनुपर्ने अवस्थाले धेरै विरामीले समयमै उपचार पाएका छैनन् । अबको रगतको खाँचो यो घुम्ती सेवाले पुरा गरिदिने छ ।

सहयोगका लागि तल उल्लेखित लिंक प्रयोग गर्नसकिन्छ ।

https://nrna-donate.azurewebsites.net/…/93017241-6376…

तपाइँको प्रतिक्रिया