शुक्रबार, वैशाख १४, २०८१

बागमती प्रदेशका निवर्तमान मन्त्रीलाई खोज्दै बेलायती अध्यागमन अधिकारी

नेपालप्लस संवाददाता / बेलायत२०७९ पुष २९ गते १८:०८

भर्खरमात्र प्रदेश मन्त्रीको पद गुमाएका बलराम पौडेल बेलायतको अध्यागमन प्रहरीको निगरानीमा परेका छन् ।

बागमती प्रदेश सरकारका निवर्तमान भूमि व्यवस्थापन, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम पौडेल र उनकी धर्मपत्नीले नक्कली कागजात राखेर बेलायत घुम्न आएको पत्ता लागेपछि उनीहरु अध्यागमन अधिकारीको खोजीमा रहेको श्रोतको दावी भन्दै एनआरएनए यूकेका उपाध्यक्ष तथा प्रवक्ता भरतमणि चोङ्गबांगले उल्लेख गरेका छन् ।

“एनआरएनए यूकेले जुन कार्यक्रमका लागि बोलाएको थियो, त्यो कार्यक्रम सकिइसकेको र आमन्त्रित अतिथीले प्रायोजकको मर्यादा समेत भुलेर अवैधानिक समूहको पक्षपोषण गर्न लागेको थाहा पाएपछि एनआरएनए यूकेले उनीहरुको भिसा आवेदन रद्द गरिदिन पत्राचार गरेको थियो” एनआरएनए युकेका प्रवक्ता तथा उपाध्यक्ष भरतमणि चोङ्गबांगद्वारा सार्वजनिक गरिएको प्रेस नोटमा उल्लेख छ ।

तर, कार्यक्रम विवरण र कागजात नक्कली राखेर उनीहरु तीन साताअघि बेलायत उत्रिएपछि अध्यागमन प्रहरीलाई खवर गरेर पौडेल दम्पत्तिलाई डिपोर्ट गर्ने प्रक्रिया बढाइएको श्रोतको हवाला दिँदै भरतमणि चोङ्गबांगले जनाएका छन् । बेलायतमा नक्कली कागजात राखेर आवेदन दिएको प्रमाणित भए सरकारले १० वर्षसम्म यहाँ आउन प्रतिबन्ध लगाउन सक्छ ।

चोङ्गबांगका अनुसार पौडेल बेलायतको नेपाली समाज विभाजनमा उद्दत रहेको भन्दै उनलाई फिर्ता पठाउन लागिएको हो ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले गत ३ जुलाइ २०२२ मा ब्रिटिश हाइ कमिसनलाई सम्बोधन गर्दै मन्त्री पौडेल र उनकी श्रीमति कृष्णकुमारी पौडेललाई आफ्नो संस्थाले प्रायोजन गरि निमन्त्रणा गरेकाले भिसा दिन अनुरोध गरेका थिए ।

गत ६ अगष्ट २०२२ मा निर्धारित संघको वार्षिक साधारणसभामा पौडेल दम्पतिलाई बोलाइएको थियो । कभरिंग लेटरमा उनीहरु ४ अगष्टमा लन्डन आइपुग्ने र ११ अगष्टमा फर्कने जनाइएको थियो । तर पौडेलले मुख्य प्रायोजकको विरुद्ध लागेर अर्को अवैधानिक समूहको पक्षपोषणमा लागेकोपनि प्रेस नोटमा उल्लेख छ ।

तपाइँको प्रतिक्रिया