शुक्रबार, चैत १६, २०८०

इनासको आठौँ युरोपियन कार्यक्रम अप्रिल १४ र १५ जर्मनीमा 

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ पुष २९ गते १८:४१

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को युरोपको आठौँ कार्यक्रम आगामी अप्रिल १४ र १५ तारिख जर्मनीको म्युनिख शहरमा हुने भएको छ । इनास युरोपियन कार्यक्रम क्षेत्रीय समिति तथा इनास जर्मनीको संयुक्त आयोजनामा आयोजना हुन लागेको हो ।

युरोपमा नयाँ प्रतिभा प्रस्फुटनका निम्ति सुनौलो मञ्च बन्दै आएको इनासको यस बृहत कार्यक्रममा कलाकारहरुले युरोपका बिभिन्न राष्ट्रहरुबाट सहभागिता जनाउँदै आएका छन्।

युरोपियन कार्यक्रमको सम्पूर्ण जानकारी समावेस गरिएको पोस्टर सार्वजनिक गर्दै कार्यक्रमको घोषणा गरिएको छ ।

ईनास युरोप तथा ईनास जर्मनीको आयोजनामा सम्पन्न हुने कार्यक्रममा युरोपका बिभिन्न राष्ट्रहरुबाट सहभागिता रहने छ । दुई दिन सम्म चल्ने कार्यक्रममा पहिलो दिन ईनास युरोपको क्षेत्रीय बैठक हुनेछ भने दोश्रो तथा मुख्य दिन आठौ युरोपस्तरीय एकल नृत्य र पाँचौं एकल गायन प्रतियोगिता हुने छ । यस दिन अन्य थुप्रै अतिथि कलाकारहरुको समेत प्रस्तुति रहने छ ।

कार्यक्रमको पूर्ण तयारीका लागि आगामी २८ जनवरी शनिवारका दिन म्युनिखमा प्रत्यक्ष बैठकको आयोजना गरिने भएको छ । कार्यक्रम सम्बन्धि अन्य ठोस जानकारी सोही बैठक पश्चात सार्वजनिक गर्ने इनासका युरोप संयोजक प्रकाश तिवारीले जानकारी गराएका छन् ।

ईनास युरोपले हरेक वर्ष आयोजना गर्दै आएको यो कार्यक्रम कोरोनाको महामारीका कारण २०२० मा घोषणा भएर अन्तिम तयारी गर्दा गर्दै स्थगित भएको थियो।

तपाइँको प्रतिक्रिया