शुक्रबार, वैशाख ७, २०८१

चन्द्रागिरि-हात्तीवन पैदल यात्राको आकर्षण !

सरस्वती घिमिरे२०७९ माघ ४ गते १३:४६

चन्द्रागिरि देखि हात्तीवन सम्म छ घण्टाको पैदल यात्रा शक्तिशाली घुमफिरको मार्ग हो । हिमालयले दिने अचम्मको दृश्यहरूको एक शानदार संग्रहले हरेकलाई पर्खिरहेको हुन्छ । हरेकलाई मोहित पार्छ । जंगलबाट चन्द्रागिरि पहाडको टुप्पोसम्म अचम्मको केबल कार यसैमा पर्छ । त्यसपछि हात्तीवन रिसोर्टसम्मको पहाडी मार्ग पछ्याउने उकालीओरालीले पछ्याईरहन्छ । यो यात्राले हिमालय, प्राकृतिक पदमार्ग र काठमाडौं उपत्यकाको भव्य १८० डिग्री टाढाको दृश्य देखाउँछ । निकै परपर, टाढाका वस्तिसम्मको स्वाद चखाउँछ ।

खासमा भन्ने हो भने यो नगरकोट पदयात्रा भन्दा धेरै राम्रो छ। अनुभवी पदयात्रीहरूका लागि अत्यधिक सिफारिसमा पर्ने यात्रापनि हो यो । जो प्रकृतिका मसिना मार्ग, उचाईमा पुग्ने रहर, शहरी द्रिष्यावलोकनको रसस्वादन र धेरै माथि पुगिसकेर फेरि ओरालो लाग्न (डाउनहिल) मा हिँड्न मन पराउँछन् तिनकालागि गज्जबको ठाउँ हो ।

चन्द्रागिरीदेखि हात्तिवनसम्मको यो यात्रा छिटो हिँड्नेलाई करिब छ र सुस्तरी ढुक्कले हिँड्नेकालागि आठ घन्टा लाग्छ । यो पदयात्रामा सानो देउराली, सिमपानी,भस्मेस्वर डाँडा, चम्पादेवी मन्दिर, हात्तिवन आदि जस्ता ठाउँहरुसँग सामिप्यता जोड्न पाइन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक