सोमबार, माघ २३, २०७९

६,४०० कि.मि. यात्रा गर्ने पुतलीको अस्तित्व खतरामा

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ माघ ७ गते १०:१७

६ हजार ४०० किलोमिटर यात्रा गर्ने मोनार्क पुतलीहरु अस्तित्वको खतरामा परेका छन् । गलत जुलाईमा आईसीयुएनले पहिलो पटक खतरामा परेका प्रजाति भन्दै तिनलाई रातो सूचीमा समावेश गरेको थियो ।

आईसीयुएनका अनुसार विगत एक दशकमा यी पुतलीको संख्या ७२ प्रतिशतभन्दा बढीले घटेको छ, जसका लागि जलवायु परिवर्तन र बढ्दो मानव हस्तक्षेप जिम्मेवार छ ।

यसबारे बाहिर आएको आधिकारिक जानकारी अनुसार यी पुतलीहरूको संरक्षणकालागि अहिले नै केही प्रभावकारी काम नगरे भविष्यमा यी पुतलीहरू लोप हुनेछन् । यस्तो अवस्थामा यो सम्पूर्ण प्रजातिको अस्तित्व नै खतरामा पर्ने छ ।

आइयुसिएनले जारी गरेको रातो सूचीमा हालसम्म कुल एक लाख ४७ हजार पाँच सय १७ प्रजाति समावेश छन् । ति समध्ये ४१,४५९ प्रजाति लोप हुने अवस्थामा छन्। पछिल्लो पटकको सूचीमा आइयुसिएनले मोनार्क पुतली सहित खतरामा परेका पाँच हजार ४२ प्रजातिहरू थपेको छ । पुतलीको यो प्रजाति अमेरिका महादेशमा बसाइँ सर्ने क्रममा ६,४०० किलोमिटरभन्दा बढीको दुरी उडेर जान्छ । विश्वभर सबैभन्दा लामो यात्रा गरेर प्रवास पुग्ने प्रजातिका रुपमा यो पुतली परिचित छ ।

उनीहरुले पुस्तौं पुस्तादेखि यहि क्रम जारि राखिरहेका छन् । एउटा पुस्तापछि अर्को पुस्ताले पुर्खाबाट सिक्छ, बाटो चिन्छ र सँगै यात्रा गर्छ । यो क्रममा पुस्तौं बितेको छ ।

तर आइयुसिएनले उल्लेख गरेको सूचीमा परेका जिव मात्रै खतरामा परेका छन् भन्ने चाहिँ होइन । तिनीहरू बाहेक लामो पुच्छर भएका मकाक बाँदर र स्टर्जन माछाहरू पनि यस सूचीमा परेका छन्। उल्लेखनीय कुरा के छ भने, विश्वमा स्टर्जनका बाँकी २६ प्रजातिहरू आफ्नो अस्तित्वको लागि संघर्ष गरिरहेका छन्, जो लोप हुने खतरामा छन्। र २०१९ मा, यो संख्या ८५ प्रतिशत थियो ।

यी सुन्दर पुतलीहरूको संख्या घट्दै जानुको कारणमा बासस्थान नष्ट, वन विनाश, विषादीको बढ्दो प्रयोग, सहरी विस्तार, खडेरी, जलवायु परिवर्तन जस्ता कारकहरू मुख्य रूपमा जिम्मेवार छन् ।

आइयुसिएनका अनुसार यो लोपोन्मुख प्रवासी मोनार्क पुतली (दानाउस प्लेक्क्सिप्पुस) को उपप्रजाति हो। यो पुतली जाडोमा मेक्सिको र क्यालिफोर्नियाबाट संयुक्त राज्य अमेरिका र क्यानडा तर्फ न्यानो भूभागमा प्रजननका लागि समतल क्षेत्रमा बसाइँ सर्ने गर्छ । गत दशकमा यीनको संख्या ७२ प्रतिशतले घटेको अनुमान गरिएको छ।

कृषि र शहरी विकासका लागि जंगल फाँडेकाले समस्यामा परेका छन् । मेक्सिको र क्यालिफोर्नियामा पुतलीको जाडो आश्रय स्थल धेरैजसो भाग नष्ट गरिसकेको छ। त्यसैगरि सघन कृषिका लागि कीटनाशकको बढ्दो प्रयोगले यी पुतली र मिल्कवीडलाई नोक्सान गरिरहेको छ।

खासमा मिल्कवीड एक खालको सहयोगी बिरुवा हो जुन मोनार्क पुतलीको लार्भाले खान्छ। यससँगै जलवायुमा आएको परिवर्तनले प्रवासी पुतलीलाई पनि धेरै हदसम्म असर गरेको छ । यो द्रुत गतिमा बढिरहेको खतरा हो । यसबाट उत्पन्न खडेरीले एकातिर पुतलीले खाने मिल्कवीड झारको बृद्धिमा असर परेको छ भने अर्कोतिर यसका कारण वनमा आगलागीका घटना पनि बढ्दै गएका छन् । बढ्दो तापक्रमले यी पुतलीहरूलाई मिल्कवीड उपलब्ध हुनुअघि नै बसाइँ सर्न बाध्य पारिरहेको छ। योसँगै यस प्रजातिका लाखौं पुतलीहरू खराब मौसमका कारण अकालमै मर्नु परेको छ ।

मोनार्क पुतलीको संख्या ९९ दशमलव ९ प्रतिशतले घटेको छ । उत्तर अमेरिकामा प्रवासी मोनार्क पुतलीको दुई प्रजाति छ, ती दुबै लोपोन्मुख छन्। यी पुतलीहरूको संख्याको लगभग ९० प्रतिशत पूर्वी क्षेत्रका प्रवासी मोनार्क पुतलीहरू हुन्, जुन दशकौंदेखि घट्दै गएको छ।

यी पुतलीको संख्या सन् १९९६ मा ३८ करोड ४० लाख रहेकोमा सन् २०१९ मा ६ करोडमा झरेको थियो । अर्कोतर्फ, यी पुतलीहरूको पश्चिमी संख्या लोप हुने खतरा धेरै छ। पछिल्ला केही दशकहरूमा उनीहरूको संख्या ९९ दशमलव ९ प्रतिशतले घटेको अनुमान गरिएको छ। सन् १९८० मा उनीहरुको संख्या एक करोडभन्दा बढी थियो, २०२१ मा एक हजार ९१४ मा झरेको छ ।

यस्तो अवस्थामा तिनको संख्यालाई कायम राख्न र लोप हुन नदिन यस प्रजातिका पुतलीहरू जीवित छन् कि छैनन् भन्ने सबैभन्दा ठूलो चिन्ताको विषय हो । यस सम्बन्धमा आईयूसीएनका महानिर्देशक डा ब्रुनो ओबरले रेड लिस्टमा गरिएको अद्यावधिकले प्रकृतिका यी आश्चर्यको नाजुकतालाई उजागर गरेको बताएका छन्।

उनका अनुसार प्रकृतिको यस समृद्ध विविधतालाई जोगाउन हामीले जलवायु परिवर्तनसँग जुध्नका साथै इकोसिस्टमको पुनर्स्थापनाका लागि निर्णायक कदम चाल्नुपर्ने छ । यसलाई प्रभावकारीरुपमा संरक्षण गर्न राम्रोसँग ब्यवस्थित, सुरक्षित क्षेत्रहरू पनि चाहिन्छ। जैविक विविधताको यस संरक्षणले समाजलाई खाद्यान्न, पानी, दिगो रोजगारी जस्ता अत्यावश्यक सेवाहरू उपलब्ध गराउन मद्दत गर्छ।

तपाइँको प्रतिक्रिया

फेसबुक