सोमबार, माघ २३, २०७९

हडतालले माख्रोंलाई फ्रान्सेली पेन्सन सुधारहरूबाट पछि हट्न बाध्य पार्ला ?

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ माघ ७ गते १३:०२

फ्रान्सका मजदूर युनियनहरुले बिहीबार राष्ट्र्पती एमानुएल माख्रोंको पेन्सन सुधार प्रस्ताव बिरूद्ध ऐतिहासिक हडताल गरे जसले रेल, उडान, विद्यालय र अस्पतालहरूमा अवरोध पुर्‍यायो ।

सर्वेक्षण मतदानले फ्रान्सेलीहरूको बहुमत राष्ट्रपतिको पेन्सन परिमार्जन उपायहरूको विरुद्दमा देखाउँछ । र विश्लेषकहरू भन्छन्, युनियनहरुले हडतालको सार्वजनिक समर्थन कायम राख्नु अपरिहार्य छ । किनकि त्यो राष्ट्रपतीलाई प्रस्ताव फिर्ता लिन बाध्य पार्ने हतियार हो । र प्रस्ताव फिर्ता लिन बाध्य पार्ने सम्भावनाको लागि महत्त्वपूर्ण हुनेछ त्यो ।

बिहिवार लाखौंले गरेको हडताल र असन्तुस्टिले गर्दा माख्रों पछि हट्ने क्षण आउनसक्ने धेरैले बताएका छन् । किनभने सन् १९९५ मापनि तत्कालिन राष्ट्रपती ज्याक सिराकले पेन्सन परिमार्जन योजना अघि सारेका थिए । त्यस बेलापनि आन्दोलनकै बलले गर्दा उनी पछि हटेका थिए । र प्रस्ताब फिर्ता लिए ।

यस अघिपनि माख्रोंले यो पेनसन सुधार गर्न चाहन्थे । पछिल्लो पटक सन् २०१९-२०२० को जाडोमा गर्न खोजेका थिए । फ्रान्सले १९६८ पछिको सबैभन्दा ठूलो हडताल भोग्नुपर्‍यो । कोविडले चाँडै त्यो उथलपुथललाई विचित्रको समस्या थपिदियो । र माख्रोंलाई आफ्नो योजनाहरू छाड्न प्रेरित गर्यो ।

तर माख्रों अप्रिल २०२२ मा पुन: निर्वाचित भए पछि यी सुधारहरू फेरि पेश गर्ने वाचा गरे। त्यसपछि त्यसलाई यस महिनाको सुरुमा संसदमा प्रस्ताव गरे। तर अहिले विपक्ष पहिले भन्दा पनि ठूलो देखिन्छ । फ्रान्सको सबैभन्दा ठूलो र सबैभन्दा प्रमुख युनियन सिजिटी, सिएफडिटीले अघिल्लो पटकपनि बिरोध गरेर त्यस प्रस्ताव बिरुद्द हडतालमा उत्रिए ।

प्रक्षेपणहरूले के देखाउँदछ भने हडतालमा ठूलो संख्यामा मानिसहरू सडकमा आउनेछन् । १० लाख त गत बिहिवारनै आए, सरकारकै भनाईमा र आन्दोलनकर्मीको भनाईमा २० लाख थिए । यो भनेको सरकारलाई ठूलो चुनौति हो । ठूलो असन्तोश हो, सरकारको प्रस्तावबिरुद्द ।

‘उनीहरू यसलाई परिवर्तन गर्न चाहँदैनन्’

धेरै मत सर्वेक्षणहरूले फ्रान्सेलीहरूको बहुमतद्वारा माख्रोंको प्रस्तावको विरोध गरेको देखाएको छ। सुधारका दुई मुख्य पाटो दुवै नराम्ररी खस्किएका छन्: ६६ प्रतिशत सेवानिवृत्तिको उमेर ६२ बाट ६४ वर्षमा पुर्‍याउने विपक्षमा छन् भने ६० प्रतिशत पूर्ण निवृत्तिभरणका लागि आवश्यक पर्ने प्रणालीमा भुक्तानीको समयावधि ४३ वर्षमा बढाउने विपक्षमा रहेको एक सर्वेक्षणले देखाएको छ । ले इकोस र रेडियो क्लासिकको बैचारिक मत सर्वेक्षणद्वारा गरिएको सर्वेक्षण हो त्यो ।

माख्रो सरकारको लागि यो प्राप्त गर्न र सेवानिवृत्ति उमेर अहिले सबै ठाउँमा उच्च छ भनेर औंल्याउन धेरै गाह्रो छ । माख्रोंको प्रस्तावले मन जितेको छैन, जित्न सक्दैन । किनकि अहिलेको पेन्सन प्रणालीले काम गर्दैन भन्ने पुष्टी गर्न सकिएको छैन । किनभने मानिसहरूलाई लाग्छ, यो फ्रान्सेली मोडेल हो, फ्रान्सेली अपवाद हो । त्यसैले तिनीहरू यसलाई परिवर्तन गर्न चाहँदैनन् ।

“वर्तमान प्रणालीमा फ्रान्सेली संलग्नताको साथसाथै, माख्रों सरकारले सुधारहरू बेच्ने प्रयासमा सञ्चार त्रुटिहरू गरेको छ । तिनीहरूको औचित्यमै त्रुटीहरु छन्। असंगतताहरू छन् । माख्रोंले आफू मानिसहरूले काम गर्ने समयलाई लम्ब्याउने विपक्षमा रहेको बताएका थिए । र पछि यसमा आफ्नो स्थिति परिवर्तन गरे। त्यसपछि सरकारले निवृत्तिभरण प्रणालीलाई दिगो बनाउन र त्यसलाई बचाउन आवश्यक छ भन्ने कुरामा परिवर्तन गर्नु अघि शिक्षा जस्ता सार्वजनिक क्षेत्रका अन्य भागहरूको लागि पैसा जम्मा गर्नुपर्ने भन्दै सुधारहरूलाई वैधानिक बनाउने प्रयास गर्‍यो जुन आफैंमा त्रुटी हो ।

युनियनहरूले सन् १९९५ मा भएको घटनाको पुनरावृत्ति गराउने आशा राखेका छन् । त्यस बेलापनि मजदुर आन्दोलन, हडतालले ज्याक सिराकलाई उनको योजना फिर्ता लिन बाध्य पारेको थियो । औध्योगिक कलकारखाना, विध्यालय सारा हडतालमा उत्रिएका थिए । सिराकले त्यो धान्न सकेनन् । तत्कालीन राष्ट्रपति ज्याक सिराकको सरकारलाई पेन्सन सुधारहरू खारेज गर्न बाध्य पार्न व्यापक जनसमर्थन जुटेको थियो ।

युनियनहरूले १९९५ मा जितेका थिए किनभने उनीहरूले ठूलो सार्वजनिक सहानुभूतिका साथ आन्दोलन परिचालन गरेका थिए । र उनीहरूलाई थाहा छ, यदि यो पटकपनि जित्ने हो भने सन् १९९५ मा जसरिनै उत्रिनु आवश्यक छ ।

अबको महत्वपूर्ण प्रश्न के हो भने फ्रान्सेली जनताको बहुमत माख्रोंको सरकारसँगको लामो अवरोधको समयमा युनियनको पक्षमा रहन्छ कि रहन्न । कुन पक्षले जित्छ भनेर निर्धारण गर्ने दुई अन्य ठूला कारकहरू छन् । युनियनका सदस्यहरूसँग लामो अवरोध स्रिजना गर्ने र त्यो समयमा हडताल गर्ने साधन र सामर्थ्य छ कि छैन । त्यसमा अडिन सक्छन् कि सक्दैनन् । तिनको बिचमा फुट आउँछ कि आउँदैन । र संसदीय राजनीतिमा हडतालको प्रभाव कति पार्न सक्छन् ।

माख्रोंले जुन महिनामा भएको विधायी चुनावमा आफ्नो संसदीय बहुमत गुमाए । त्यसले गर्दा विधेयक पारित गर्न जटिल बनायो । तर अझैपनि मौका चुकेको छैन माख्रोंकोलागि । एउटा अवशर बाँकिनै छ । फ्रान्सको परम्परागत कन्जरभेटिभ पार्टी ‘ले रिपब्लिक्याँ’ (द रिपब्लिकन्स) सँग राष्ट्रिय सभा मार्फत बिधेयक पास गराउन सक्ने संख्या छ, र पार्टी नेतृत्व माख्रोंको पेन्सन परिमार्जन पक्षमा छ।

यो पार्टीले समर्थन दिने थिएन । अहिले दिएको छ । किनभने उनीहरु पार्टीको नितिका लागि माख्रोंको पार्टीसित जुधिरहेका छन् । किनभने मध्यमार्गी जस्तो मानिने यो पार्टीको धेरै क्षेत्र, समर्थक, प्रभाव माख्रोंले लिएका छन् र उनीहरु माख्रोंसित आफ्नो बिरासत फिर्ता लिन खोजिरहेका छन् । त्यसैले तिनले माख्रोंको नितिलाईपनि टक्कर दिनु छ, वा उनको निति आफ्नो जस्तो देखाउनुपनि छ । तर रेपब्लिकनका नेता एरिक सियोटी अर्का अति दक्षिणपन्थी नेता जो गत निर्वाचनमा राष्ट्रपती पदमा हारे एरिक जिमुको निकट देखिन्छन् माख्रोंसित भन्दा ।

जे होस्, रिपब्लिकन र शिराकको मन परेका यसका पुर्खा पार्टीहरूले फ्रान्सको पेन्सन प्रणालीलाई माख्रोंले जस्तै सुधार गर्ने सोच राखेका छन्। सिनेटका अध्यक्ष जेरार्ड लार्चर, रिपब्लिकनका सबैभन्दा प्रभावशालीहरू मध्ये एक हुन् । माख्रोंको पेन्सन सुधारहरूको बारेमा विशेष रूपमा उत्साहित छन् उनी । उनले भनेका छन् “तिनीहरू अलोकप्रिय भए पनि, यी सुधारहरू आवश्यक छन्”। त्यसपछि उनी र उनका समर्थकहरुले गत हप्ता माख्रोंका प्रधानमन्त्री एलिजाबेथ बोर्नलाई भेटेर सम्झौताको बदलामा मागहरू राखेका थिए । तिनले विशेष गरी न्यूनतम मासिक पेन्सन एक हजार दुई सय युरो बनाउनुपर्ने तय गरे ।

सांसदहरूको अडान ‘निर्धारित’ गर्न सार्वजनिक राय

तर पेन्सन सुधारहरूको लागिरिपब्लिकनको ग्यारेन्टी छैन । विशेष गरी यदि हडतालहरू महिनौंसम्म जारी रहेमा बदनाम हुने डरले समर्थन नगर्न सक्छन् । पेन्सनका बिपक्षमा व्यापक सार्वजनिक समर्थन कायम देखिएमापनि राष्ट्रपतीको प्रस्तावमा समर्थन नगर्न सक्छन् । आगामी महिनाहरूमा रिपब्लिकनको व्यवहार सार्वजनिक राय र सडकमा के हुन्छ भन्ने कुराले निर्धारण गर्ने छ ।

रिपब्लिकन सांसदहरू मात्रै होइन माख्रोंले आफ्नै सांसदलाईपनि त आफ्नो पक्षमा राख्नुपर्छ। किनकि सडकमा ब्यापक आन्दोलन चर्कियो भने त्यसले बिध्वंश मच्चाउन सक्छ र दोष माख्रोंको पार्टीमाथि खनिन्छ । राष्ट्रपतिको संसदीय ब्लक एन्सेम्बल (संसदमा मिलिजुली एकता दल) को नाम फ्रान्सेली शब्द ‘अँसँम्ब्ल’ (सँगै) छ । यसमा सामाजिक लोकतान्त्रिक वामपन्थीदेखि नवउदारवादी राईटिससम्मका सांसदहरूको विषम समूह समेट्न खोजिएको छ । एन्सेम्बलका वामपन्थीका धेरै सांसदहरू माख्रोंको पेन्सन सुधारहरूमा शंकास्पद छन्। त्यसरि बिरोध गर्ने सबैभन्दा प्रख्यात मध्ये एक बारबरा पोम्पिली, २०२० देखि २०२२ सम्म माख्रोंको वातावरण मन्त्री थिईन् । उनले सोमबार बि एफ एम टिभीलाई हालको अवस्थामा यो पेन्सन सुधारको पक्षमा मतदान गर्न नसकिने बताइन् । सेवानिवृत्तिको उमेर बढ्दै जाँदा “सामाजिक अन्याय” सिर्जना हुने तर्क उनको थियो ।

राष्ट्रिय सभाले पेन्सन सुधार विधेयकमाथि फेब्रुअरी ६ बाट बहस सुरु गर्ने कार्यक्रम रहेको छ। त्यसपछि तल्लो सदन र सिनेट दुवैले यसमा मतदान गर्न मार्च २६ सम्मको समय छ। यदि संसदले कानूनलाई अस्वीकार गरेमा माख्रोंले कुनैपनि बेला अनुच्छेद ४९.३ प्रयोग गर्न सक्छन् जुन पाँचौं गणतन्त्रको सबैभन्दा विवादास्पद संवैधानिक ब्यवस्था हो । यसले राष्ट्रपतिलाई संसदीय मतदान बिना कानून पारित गर्न अनुमति दिन्छ । यद्यपि सांसदहरूले अविश्वासको मतसहितको प्रतिक्रिया दिन सक्छन् । जसले सफल भएमा विधेयक र सरकारलाई चुनौति दिने छ र नयाँ विधायिका चुनाव गर्न प्रेरित गर्ने छ। अहिलेसम्म बोर्नले यसलाई १० पटक प्रयोग गरेकि छन् तर धेरै कम विवादास्पद मामिलाहरूमा मात्रै ।

कुनैपनि राष्ट्रपतिले अनुच्छेद ४९.३ प्रयोग गर्न चाहँदैनन् । त्यो उनीहरूले वास्तवमा गर्न नपरोस्, भन्ने सोच्छन् । किनकि यो जननिर्वाचित, जनताको भावना बिपरित एक्लै पेलेर गरेको जस्तो देखिन्छ । स्वेच्क्षाचारी देखाउँछ । तर यदि माख्रोंले यो प्रयोग गरेर पास गरेमा विपक्षी सांसदहरू नयाँ संसदीय चुनावहरूकालागि अनिच्छुक हुन सक्छन् । फ्रान्सको मामिलामा, चुनाव भनेको राजनीतिज्ञहरूले सबैभन्दा घृणा गर्ने कुरा हो, किनभने त्यो अज्ञात छ। कसले जित्छ र को हार्छ, जनताले कसलाई मत दिन्छन् भन्न सकिन्न ।

तपाइँको प्रतिक्रिया

फेसबुक