शुक्रबार, चैत १६, २०८०

विश्वका २०० खर्बपतीद्वारा धनीलाई कर बढी लगाउन आग्रह

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७९ माघ ७ गते २२:२०

हामीलाई थप कर लगाउ ! स्विजरल्याण्डको डाभोसमा विश्व आर्थिक मञ्चमा उपस्थित राजनीतिक नेताहरूलाई सम्बोधन गरेको खुला पत्रमा तेह्र देशका दुई सय करोडपतिहरूले आफूहरुलाई थप कर लगाउन माग गरेका छन्। ति मध्ये दुई फ्रान्सेलीपनि छन् ।

ति प्राविधिक, कृषि खाना वा ऊर्जा व्यवसायी नेताहरू हुन् । तर अमेरिकी आर्थिक अभिनेता मार्क रुफालो जस्ता सेलिब्रेटीहरू जो अमेजनका पहिलो लगानीकर्ता हुन् ति वा तिनका धनाढ्य उत्तराधिकारीहरूले चरम सम्पत्ति राख्ने कामलाइ नसहन राज्यहरुलाई आग्रह गरेका छन् । किनकि त्यसले गरिबी बढ्छ, असमानता फराकिलो हुन्छ, लोकतान्त्रिक राष्ट्रवाद विरोधी आन्दोलन चर्किन्छ । जलवायु परिवर्तन बिग्रिएर खतरनाक रूपमा न्यानो हुन्छ र जैविक विविधता ह्रास हुन्छ । त्यसको परिणामस्वरुप अरबौं आम जनताको जीवनयापन कमाउने अवसरहरू घट्दै जान्छ।

हस्ताक्षरकर्ताहरूले डाभोसमा अहिलेको खण्डित संसारमा सहयोग बारे छलफल गर्नु बेकारको ठानेका छन् । विश्वमा एकता, शान्ति र मेलमिलाप हुनुपर्ने तिनको भनाई छ ।

“लोकतन्त्रको रक्षा र सहयोगकालागि एक निष्पक्ष अर्थतन्त्र हुनुपर्छ र त्यसका लागि उपायहरू आवश्यक छ” उनीहरुले भनेका छन् ।

अक्स्फामद्वारा जारि गरिएको पत्रले विश्वव्यापी असमानताहरूका बारेमा एनजीओको २०२३ रिपोर्ट सार्वजनिक गरेको छ । यसले सम्पत्तिको चरम एकाधिकारलाई प्रकट गर्दछ । अक्सफाम गरिबी र अन्याय अन्त्य गर्न असमानता विरुद्ध लडिरहेका मानिसहरूको विश्वव्यापी आन्दोलन हो।

रिपोर्टमा विशेष गरी कोविड संकटको समयमा धनीहरूको समृद्धिको निन्दा गरिएको छ । २०२० देखि, उत्पादन गरिएको समग्र सम्पत्तिको दुई तिहाइ एक प्रतिशत धनीहरूले कब्जा गरेको जनाइएको छ । सोही अवधिमा अर्बपतिहरूको सम्पत्ति ५८ प्रतिशतले बढेको छ ।

गैरसरकारी संस्थाले स्पष्ठ पारेको छ “विश्वभरका करोडपतिहरूको सम्पत्तिमा ५ प्रतिशत सम्मको करले एक वर्षमा १७ खर्ब डलर ल्याउन सक्छ । त्यसले दुई अरब मानिसहरूलाई गरिबीबाट बाहिर निकाल्न, हालको मानवीय अपीलहरूको लागि कोषको खाडल भर्न र आर्थिक रुपमा सहयता दिन पर्याप्त हुन्छ। त्यो रकमले १० वर्षे भोक उन्मूलन योजनालाई साकार पार्न सक्छ ।

अक्सफामले फ्रान्समा सबैभन्दा धनीलाई दुई प्रतिशतका दरले कर लगाउँदा पनि अपेक्षित पेन्सन घाटाको रकम पुर्ति गर्न संभव हुने किटान गरेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक