बिहीबार, वैशाख ६, २०८१

हङकङले पर्यटन प्रवर्धन गर्न मार्चदेखि पाँच लाख नि:शुल्क विमान टिकट बाँड्ने

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ माघ २० गते ७:३८

आफ्नो क्षेत्रमा पर्यटकहरुलाई आकर्षित गर्न हङकङले पाँच लाख हवाई टिकट निशुल्क बाँड्ने भएको छ ।

हङकङमा कोरोनाकाल पछि पटक पटक गरेर प्रतिबन्धहरु लगाइएका थिए र उसले पर्यटकका लागि हङकङ खुला गरेको हालसालै हो । पर्यटककालागि खुला गरिएपनि पर्यटकको संख्या भने आशा गरिए अनुआर बढ्न सकेको छैन ।

अब हङकङले कोरोना महामारीले आफ्नो पर्यटन उद्योगमा परेको ठूलो प्रभावबाट मुक्त हुने आशा गरेको छ। त्यसैले पर्यटकहरुलाई आकर्षित गर्न हङकङले दुई करोड ५० लाख भन्दा बढी मूल्य बराबरका टिकटहरु निशुल्क दिने योजना ल्याएको हो ।

अक्टोबरमा हङकङ पर्यटन बोर्डका कार्यकारी निर्देशक डेन चेङले बीबीसीलाई भनेका थिए, “नि: शुल्क टिकटहरू प्रारम्भमा महामारीको समयमा एयरलाइन्सलाई समर्थन गर्न खरिद गरिएको थियो ।”

बुधबार (१ फेब्रुअरी) का दिन हङकङका प्रमुख कार्यकारी जोन लीले २० लाख डलरको ‘हेलो हङकङ’ अभियान सुरु गरेका छन् जसअन्तर्गत् १ मार्चदेखि उडान टिकट छुट दिइनेछ।

हङकङले सन् २०१९ पाँच करोड ६० लाख पर्यटक भित्र्याएको थियो । कोरोना महामारी अघि त्यसको संख्या सात गुणा बढी रहेको हङकङ पर्यटन कार्यालयको भनाई छ। तर हङकङको कडा कोभिड प्रतिबन्धले विगत तीन वर्षमा पर्यटकहरू स्वात्तै घटेका हुन् । पर्यटकको संख्या लगभग नगण्ड्य हुँदा पर्यटन क्षेत्र र यसको अर्थतन्त्रलाई ध्वस्त पारेको छ। गत वर्ष सहरको कुल अगर्हस्त उत्पादन जीडीपी २०२१ को तुलनामा साँढे तीन प्रतिशतले घटेको सरकारको अस्थायी तथ्याङ्कले देखाएको छ।

तपाइँको प्रतिक्रिया