शुक्रबार, चैत १६, २०८०

शहरमा रुख रोप्दा मृत्यु कम

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ माघ २० गते ८:१९

शहरमा रुख विरुवा रोप्ने हो भने मृत्युको संख्या घटाउन सकिने अध्ययले पत्ता लागेको छ ।

‘अर्को गर्मी छालहरूमा मृत्युलाई सीमित गर्न, शहरमा रूखहरू रोप्नु पर्छ’ वैज्ञानिक जर्नल द ल्यान्सेटमा जनवरी ३१ मा प्रकाशित अध्ययनको नतिजामा उल्लेख छ ।

अन्वेषकहरूले ९३ युरोपेली शहरहरूको विश्लेषण गरेर रूख बिरुवाकोको सिँयालमा ३० प्रतिशत वृद्धिले औसत शुन्य दशमलव ४ डिग्री सेल्सियसको तापक्रम घटाउन मद्दत गर्ने औंल्याएका छन् ।

अध्ययन अनुसार युरोपेली सहरहरूमा सन् २०१५ मा गर्मीका कारण ६,७०० जनाको अकाल मृत्युम भएको थियो । ये एक तिहाइलाई रूखको सिँयाल ३० प्रतिशतले बढाएर रोक्न सकिन्छ ।

“हामी सहर योजनाकारहरू र नीति निर्माताहरूलाई प्रत्येक स्थानीय सन्दर्भमा उपयुक्त शहरी हरित पूर्वाधारहरू एकीकृत गर्न प्रोत्साहन गर्छौं । यसलाई स्वास्थ्य लाभहरू अधिकतम गर्न र थप दिगो र लचिलो शहरहरू प्रवर्द्धन गर्न अन्य हस्तक्षेपहरूसँग संयोजन गर्दै लैजानुपर्छ” स्पेनको बार्सिलोना अनुसन्धान संस्थानमा योजना, वातावरण र स्वास्थ्यका सहरी निर्देशक तथा अध्ययनका सह-लेखक मार्क निउवेनहुइजेनले द ल्यान्सेटमा भनेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक