बिहीबार, वैशाख १३, २०८१

स्विजरल्याण्डले बाबु आमा दुबैलाई सुत्केरी बिदा समान गर्ने

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७९ फागुन ४ गते १८:३७

स्वीस सरकारको सल्लाहकार समूहले शिशु जन्मिएपछि बाबु र आमा दुबैलाई सुत्केरी बिदा बराबरी दिन सुझाव दिएको छ ।

सरकारको समुहले अघिल्लो बिदालाईपनि समानरुपमा बितरण गरि एकरुपता ल्याउन सुझाव दिएको छ ।

परिवारिक मामिलाका लागि संघीय समन्वय आयोगले अब आमा र बुबालाई उनीहरूको बच्चा जन्मेपछि प्रत्येकलाई १९ हप्ता बिदा लिने मौका दिनुपर्ने भनेको छ ।

यद्यपि आमाबाबुले उनीहरूको बीचमा प्रस्तावित अधिकतम ३८ हप्ताको बिदा कसरी विभाजन गर्ने भन्ने विषयलाई छनौट गर्नुपर्ने भन्ने आयोगले चाहेको उल्लेख गरेको छ ।

बच्चा जन्मेको बेलाको पीडा र सास्तीबाट आमाहरुलाई निको हुन र बाबुहरुलाई बच्चाको रेखदेख गर्न, निकट बन्नकालागि यो बिदा सिफारिस गरिएको हो । तर आयोगले यसलाई गैरबाध्यकारी भनेको छ ।

हाल दिईने बिदा भन्दा दोब्बर हुनेगरि बढाएको आयोगले यो बिदाबाट बालबालिका, बाबुआमा र परिवारलेनै फाईदा पाउने बताएको छ ।

हाल, स्वीस आमाहरूले १४ हप्ताको भुक्तानसहितको बैधानिक सुत्केरी बिदा पाउँछन् ।

सन् २०२० मा सुत्केरी बिदा कति दिने भन्ने विषयमा स्विजरल्याण्डमा मतदान गरिएको थियो । मतपेटिकामा मतदाताहरूले बुबालाई दुई हप्ताको समय दिने भन्दै बहुमतले मतदान गरेपछि पितृत्व बिदा दिने पश्चिमी युरोपको अन्तिम देशहरूमध्ये स्विट्जरल्याण्ड बनेको थियो।

अतिरिक्त पितृ बिदा दिँदा कम्पनीहरु र आमाबाबुहरुको कोषमा एक बर्षमा २९ लाख डलर थप लाग्ने छ । तिनले यो रकमबाट बिदाको पहिलो आठ हप्ता पछि आंशिक तलब प्राप्त गर्नेछन् ।

तपाइँको प्रतिक्रिया