बुधबार, वैशाख १२, २०८१

आप्रवासी बोकेको ट्रकमा १८ जनाको शव फेला

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ फागुन ७ गते १८:१४

फोटो- एशियाफ्री प्रेस

बुल्गेरियाली अधिकारीहरूले एक परित्याग गरिएको ट्रकमा १८ आप्रवासी मृत फेला पारेको बताएका छन् । बाल्कन राष्ट्रले अवैध सीमा पार गर्नेहरूको वृद्धिसँग संघर्ष गरिरहेको बेला शुक्रबार यस्तो घटना भएको छ ।

उक्त गाडीले “अवैध रूपमा काठ मुनि लुकाएर ४० जना आप्रवासीलाई अवैध रूपमा ओसारपसार गरिरहेको थियो”, गृह मन्त्रालयले भन्यो “तिनीहरूमध्ये १८ जनाको मृत्यु भइसकेको छ।”

यो देशमा रेकर्ड भएका सबैभन्दा घातक मानव तस्करीका घटनाहरू मध्ये यो एक मानिन्छ।

स्थानीयहरूले प्रहरीलाई खबर गरेपछि, उनीहरूले ट्रक बुल्गेरियाको राजधानी सोफियाबाट २० किलोमिटर उत्तरपूर्वमा रहेको लोकोर्स्को गाउँ नजिकै रहेको भेट्टाएका थिए ।

आप्रवासीहरुको मृत्युको कारण खुल्न सकेको छैन ।

“के भयो म पक्का भन्न सक्दिन। त्यहाँ अक्सिजनको अभाव थियो । तिनीहरू चिसोले कठ्यांग्रिएका थिए । भिजेका थिए, र उनीहरूले पक्कै पनि केही दिनसम्म खाना खाएका थिएनन्” स्वास्थ्य मन्त्री एसेन मेदजिदिभले पत्रकारहरूलाई भने।

ट्रकमा जीवितै फेला परेका १४ जनालाई गम्भीर अवस्थामा अस्पताल लगिएको उनले बताए ।

अर्को दस जना मानिस नजिकैको झाडीमा लुकेका थिए र परीक्षणका लागि अस्पताल लगिने मेदजिदिभले बताए।

सार्वजनिक रेडियो बीएनआरका अनुसार ट्रकमा सवार सबै अफगानिस्तानका पुरुष हुन् भन्ने विश्वास गरिएको छ।

एएफपीका एक फोटोग्राफरले घटनास्थलबाट धेरै एम्बुलेन्सहरू निस्किएको देखेको उल्लेख गरेका छन् ।

ति आप्रवाशी ओसार्ने ट्रक चलक भागेकोले ति तस्करहरूको खोजी भइरहेको अधिकारीहरूले बताएका छन्।

ईयू-सदस्य बुल्गेरियाले सीमा पार गर्न खोज्ने मानिसहरूको बढ्दो संख्यालाई रोक्न सुरक्षा कडा पार्ने प्रयास गरिरहेको छ।

यो देशले टर्कीसँगको लगभग पूरै सिमाना ओगट्ने २३४-किलोमिटर काँडे तारको बार लगाएर नियन्त्रण बढाएको छ।

सन् २०२१ मा ५५ हजारको तुलनामा २०२२ मा सीमा प्रहरीले एक लाख ६४ हजार अनियमित पार गर्ने प्रयासलाई विफल पारेको गृह मन्त्रालयको तथ्यांकले देखाउँछ।

अस्ट्रिया र नेदरल्यान्ड्सले सोफियाको शेन्जेन सिमाना मुक्त क्षेत्रमा सामेल हुने प्रस्तावलाई रोकेका छन्।

बुल्गेरियाले टर्कीबाट पार गर्न खोज्ने मानिसहरूलाई दुर्व्यवहार गरिरहेको भन्ने आरोपको निकै सामना गरिरहेकोछ । शरणार्थीहरूलाई बुल्गेरियाले पछाडि फर्काईदिने, तालाबन्दी गरेर राख्ने र र कुटपिट गरेको आरोप लगाउने गरेका छन् ।

बुल्गेरियाली अधिकारीहरूले भने उक्त आरोप बारम्बार अस्वीकार गर्दै आएका छन्।

गत वर्ष तस्करी गर्ने सवारी साधनले कारलाई ठक्कर दिँदा बुल्गेरियामा तीन प्रहरीको मृत्यु भएको थियो ।

सोफियाले इयुसँग आफ्नो सिमानामा बार लगाउन र निगरानी सुधार गर्न दुई अर्ब युरो मागेको छ तर ब्रसेल्सले अहिलेसम्म अस्वीकार गरेको छ।

अगस्ट २०१५ मा युरोपको आप्रवासन संकट चरम सीमामा पुगेको थियो । त्यो बेला अस्ट्रियामा छोडिएको कुखुरा राख्ने फ्रिज सहितको लरीको पछाडि एउटा बच्चा सहित ७१ आप्रवासीहरूको शव फेला परेको थियो।

२०१९ मा ३९ भियतनामी आप्रवासीहरू मुख्य भूमि युरोपबाट च्यानल (एटलान्तिक महासागर) पार गरेको केही समयपछि बेलायतमा फ्रिजमा राखिएको ट्रकमा मृत फेला परेका थिए।

क्रोएसिया, आयरल्याण्ड, इटाली र नेदरल्याण्ड्स सहित हालका वर्षहरूमा धेरै समान तर आप्रवाशीहरुको घातक घटनाहरू रेकर्ड गरिएका छन्।

तपाइँको प्रतिक्रिया