शुक्रबार, वैशाख १४, २०८१

तनावग्रस्त संसद सत्र समाप्त भएपछि फ्रान्सेली पेन्सन सुधार विधेयक सिनेटमा

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ फागुन ७ गते २३:२२

फ्रान्सेली सरकारको सेवानिवृत्ति उमेर ६२ बाट ६४ मा बढाउने योजना सिनेटमा लगिएको छ ।

ब्यापक विरोध हुँदाहुँदैपनि शनिबार तनावपूर्ण संसदीय बहस समाप्त भएपछि सिनेटमा लगिएको हो ।

संसदको तल्लो सदनमा पेन्सन विधेयकमाथिको अन्तिम बहस सभाका विभिन्न पक्षबाट भड्किएको थियो । त्यहाँ चर्को बिरोध र हाहु भएको थियो । त्यसको परिणामस्वरूप रोजगार मन्त्री ओलिभर डुसोप्टले भावनात्मक आक्रोश पोखेका थिए ।

“तपाईहरुले मलाई १५ दिनसम्म अपमान गर्नु भो । तरपनि हाम्रो पक्षबाट कसैले अभद्रता देखाएन, चकनाचुर पारेन । हामी सुधार प्रस्तुत गर्नको लागि प्रस्तुत भएका छौं,” दुसोप्टले विपक्षी राजनीतिज्ञहरूलाई चर्को स्वरमा भने ।

राष्ट्रपति एमानुएल माख्रोंले राज्य पेन्सन प्रणालीको पतनबाट बच्न र युवा पुस्ताले पुरानो पुस्तालाको वित्तपोषणको बोझ नबोक्ने सुनिश्चित गर्न महत्त्वपूर्ण ठानेको कदममा सेवानिवृत्तिको उमेर बढाउन चाहेको बताउँदै आएका छन् ।

तर फ्रान्समा धेरै मानिसका दैनिक जीवनयापनको लागत बढेकोमा पहिले देखिनै आक्रोशित छन् । त्यसैले बहुमत मानिस यो पेन्सन सुधार योजनाको विरुद्धमा छन्। यस कदमको अति दक्षिणपन्थी र वामपन्थी राजनीतिक दलहरूले पनि विरोध गरिरहेका छन्।

जनवरी र फेब्रुअरीमा छिटपुट एक दिनको सडक विरोधहरू भएका छन्, जुन प्रायः शान्तिपूर्ण रूपमा बितेको छ । र मार्चको शुरुमा थप विरोधहरू योजना गरिएको छ।

“संसदमा सरकारको सापेक्षिक बहुमत छ । त्यसैले विपक्षी दलहरूले वास्तविक दबाब बढाएका छन् । बहुमत भएकाले समर्थनकालागि सरकार समर्थककोपनि पास गराउनकालागि दवाव छ । त्यसैले यो नयाँ सन्दर्भ हो किनभने प्रतिपक्षले सडक आन्दोलनमा के भनिरहेको छ भन्ने अडान लिन्छ । शक्ति सन्तुलन स्पष्ट रूपमा धेरै अनुकूल छ।

तर अधिकांश नागरिक यसको बिरोधमा हुँदाहुँदै सरकारले पास गरेमा राजनितिक विश्लेषकहरुले अर्को क्रान्ति गर्नबाट बच्न सही समाधान खोज्नुपर्ने बताउन थालेका छन् ।

तपाइँको प्रतिक्रिया