शनिबार, वैशाख ८, २०८१

न्यूयोर्कको ढलमा दौडिने मुसामा कोरोनाका अनेकौं प्रकार

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ फागुन २५ गते २२:३२

अमेरिकाको, न्यूयोर्कमा ढलको वरिपरि दौडिरहेका मुसाहरूले कोरोना भाईरसका धेरै प्रकार बोकिरहेको अधय्यनले पत्ता लगाएको छ ।

नयाँ अध्ययनले भनेको छ ‘मुसाहरू कोविड-१९ को धेरै प्रकारका लागि संवेदनशील छन् । र जंगली मुसाहरूले न्यूयोर्क शहरको ढल प्रणाली वरिपरि रोग बोकिरहेका छन् ।’

करिब ८० लाख मुसा भएको न्युयोर्क शहरमा संक्रमित जंगली मुसाहरूले बोकेको कोरोना भाईरसका अनेकौं प्रकार मानिसलाई सारिदिने पर्याप्त अवसरहरू रहेको अन्वेषकहरूले चेतावनी दिएका छन् ।

अध्ययनले मुसा र कोरोना भाइरस संक्रमणमा अघिल्लो अनुसन्धानलाई पछ्याएको थियो । हङकङ र र बेल्जियममा एक एक वटा मुसालाई कोभिड- १९ निम्त्याउने सार्स-कोविड-२ भाइरस लागेको पुष्टि गरेको थियो। ति अध्ययनहरूले मुसाहरूमा कुन कोरोनाको प्रकार थियो भनेर चाहिँ ईगित गरेका थिएनन् ।

अमेरिकन सोसाइटी फर माइक्रोबायोलोजीको ओपन-एक्सेस जर्नल एम बायोमा प्रकाशित थियो र यो अध्ययन न्यूयोर्कमा गरिएको थियो । यो अध्ययनले पत्ता लगायो, मुसाहरू अल्फा, डेल्टा र ओमिक्रोन भेरियन्टहरू संक्रमणकालागि संवेदनशील हुन्छन्।

“यो सार्स-कोबिड-२ भेरियन्टहरूले प्रमुख अमेरिकी सहरी क्षेत्रमा जंगली मुसामा संक्रमण हुन सक्छ भनेर देखाउने पहिलो अध्ययनहरू मध्ये एक हो,” अध्ययनका प्रमुख अन्वेषक र प्राध्यापक हेनरी वानले भने। यो अध्ययन मिसौरी विश्वविद्यालयमा इन्फ्लुएन्जा र उदीयमान संक्रामक रोगहरूको केन्द्रले गरेको हो ।

लेखकहरूले चेतावनी दिएका छन्- भाइरसको नयाँ स्ट्रेन मुसाको ठूलो संख्यामा विकसित हुन सक्छ र एक दिन मानिसको लागि खतरा हुन सक्छ । उनीहरुले यसबारे थप पत्ता लगाउन थप अनुसन्धान आवश्यक रहेको बताएका छन् ।

अनुसन्धानकर्ताले भनेका छन् “समग्रमा, यस ठाउँमा हाम्रो कामले देखाउँछ कि जनावरहरूले मानिसहरूलाई असर गर्ने महामारीहरूमा भूमिका खेल्न सक्छन् । हामीले हाम्रो बुझाइ बढाउन महत्वपूर्ण छ र त्यसलाइु जारी राख्छौं ताकि हामी मानव र जनावर दुवैको स्वास्थ्यको रक्षा गर्न सक्छौं ।”

अन्वेषकहरूले कोविड-१९ संयुक्त राज्य अमेरिकाको शहरी क्षेत्रहरूमा, विशेष गरी न्यूयोर्क शहरका मुसाको संख्यामा मानिसबाट सरेको पत्ता लगाउन खोजेका थिए ।

उनीहरूले सन् २०२१ को अन्त्यमा यूएस एनिमल एण्ड प्लान्ट स्वास्थ्य निरीक्षकहरूले शहरमा नर्वे र्याट्स (र्‍याट्स नर्भेजिउस) मुसामा कोरोना भाइरस संक्रमणको प्रमाण खोजेका थिए।

मुसाहरूलाई फोहोर पानी प्रणालीहरू नजिकका स्थानहरूमा फसाएर संकलन गरिएको थियो, प्रायः ब्रुकलिन पार्क आसपासका क्षेत्रहरूमा ।

जीववैज्ञानीकहरूले भाइरोलोजिकल अध्ययन र जीनोमिक अनुक्रमका लागि ७९ वटा मुसाहरूबाट नमूनाहरू सङ्कलन र प्रशोधन गरेका थिए । अन्वेषकहरूले मुसाहरू सार्स-कोविड-२ को सम्पर्कमा आएको फेला पारे । र कोविड-१९ महामारीको प्रारम्भिक चरणहरूमा मानिसमा फैलिएको भाइरससँग सम्भावित लिङ्क देखाए।

विशेष गरि, ७९ मुसा मध्ये १३ मा सकारात्मक परीक्षण गरियो। कोविड भेरियन्टहरूमा मुसाको संवेदनशीलताको थप अनुसन्धान गर्दै अन्वेषकहरूले अल्फा, डेल्टा र ओमिक्रोन भेरियन्टहरू पत्ता लगाए जुन सबै मानिसमा पाइन्छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक