शनिबार, वैशाख ८, २०८१

२०३२ को ओलम्पिकबाट हवाई ट्याक्सी चलाउने तयारी

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ चैत १० गते १५:५६

केहि वर्षभित्रै आकाशमा ट्याक्सीहरु सन्चालन भएको देख्न, चढ्न पाइने भएको छ ।

अष्ट्रेलियाको सरकारको अनुमतिबाट त्यहाँ सन् २०३२ मा हुने ओलम्पिकबाट हवाई ट्याक्सी चलाउने तयारी गरिएको हो ।

एक दशकभित्र हवाई ट्याक्सीहरू आकाशमा देखिने सम्भावना रहेको त्यहाँको प्रतिवेदनले देखाएको छ । हवाई ट्याक्सी चलाउन एउटा बाधा भनेको स्वायत्त उडान प्रयोग गर्ने मानिसहरूको इच्छालाई इंगित गरिएको छ ।

प्रतिबेदनक आनुसार एक दशक भन्दा कम समयभित्र ब्रिस्बेन शहरमा २०३२ ओलम्पिक खेलहरूमा आगन्तुकहरू बाहिरी ग्रामीण क्षेत्रहरूबाट स्व-ड्राइभिङ उडान ट्याक्सीमा यात्रा गर्न सक्नेछन् ।

हवाई ट्याक्सीको विचार अस्ट्रेलियाका लागि नयाँ भने होइन । धेरै कम्पनीहरूले आगामी पाँच वर्षमा आकाशमा धेरै ट्याक्सी उडाउनकालागि काम गरिरहेका छन्।

अहिले अमेरिकामा रहेको विस्क जुन विश्वको सबैभन्दा उन्नत एयर ट्याक्सी कम्पनी हो त्यसले ओलम्पिकको अगाडिनै सन्चालन गर्ने लक्ष्य सहित मेयरहरूको काउन्सिल (दक्षिण पूर्व क्वीन्सल्याण्ड) सँगको साझेदारीमा श्वेतपत्र जारी गरेको छ।

दक्षिण-पूर्वी क्वीन्सल्याण्डमा २०४१ सम्ममा १६ लाख मानिसहरूको संख्या वृद्धि हुने अपेक्षा गरिएको छ । त्यसपछि ज्यादा भिड बढ्ने र ट्राफिक जाम हुने संभवना छ । त्यसलाई हवाई ट्याक्सीले कम बनाउने छ ।

“सन् २०३१ सम्ममा यातायातको माग ३० प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ, जसले विद्यमान पूर्वाधार र सेवाहरूमा थप दबाब दिनेछ” रिपोर्टमा भनिएको छ ।

हवाई ट्याक्सीपनि जमिनमा गुड्ने ट्याक्सी जस्तै हो । हेलिकप्टर जस्तै देखिने ट्याक्सीमा ट्याक्सी एयर लेखिएको हुने छ । तर फरक के भने कतिपय यस्ता हवाई त्याक्सीमा चालन हुने छैनन् । रोबोट जस्तै तरिकाले वा स्वचालित रुपमा उड्ने छन् ।

एयर ट्याक्सी सेवाहरू ड्रप-अफ र पिक-अप बिन्दुहरूबाट सञ्चालन हुनेछन् जसलाई भर्टिपोर्टहरू भनिन्छ। यात्रुहरू (वा माल ढुवानी अपरेटरहरू) भर्टीपोर्टमा आइपुग्नेछन्, जसमा चेक-इन, बोर्डिङ र आगमनको सुविधा हुनेछ । साथै एयर ट्याक्सीहरू चार्ज गर्न, सफा गर्न र मर्मत गर्न आवश्यक उपकरणहरू हुनेछन् ।

यि ट्याक्सी सबै बिध्युतीय हुने छन् जसलाई ‘इलेक्ट्रिक एयर ट्याक्सी’ भन्छन् । हेलिकप्टर जस्तो हुन्छन् र तिनको पखेंटामा धेरै रोटर ब्लेड भएको सानो विमान र हेलिकोप्टर बिचको मिश्रण जस्तो देखिने छ । पखेंटामा बिमानका जस्ता घुम्ने पखेंटा देखिन्छन् । यसमा चारजना यात्रुहरूको लागि ठाउँ हुनेछ।

एयर ट्याक्सीको डिजाइन यसरि गरिएको छ की यो हेलिकप्टर भन्दा शान्त हुने छ । केहि अनुमान अनुसार १०० गुणा सम्म शान्त हुने भनिएको छ ।

आलोचकहरुले हवाई ट्याक्सीहरू “धनीहरूका लागि आनन्दको सवारी” हुने भनेका छन् ।

उत्पादक विस्कले भनेको छ ‘प्रति यात्रु, प्रति माइल, वा उबेर एक्स वा प्रिमियम सेवा उबेर यात्राको मूल्य लगभग तीन डलर लाग्ने छ।

यो लगभग १२० नटको क्रुजिङ गतिमा उड्नेछ । १४०-१५० नटमा उड्ने यो हेलिकप्टर भन्दा धेरै ढिलो हुने छैन।

तपाइँको प्रतिक्रिया

फेसबुक