शुक्रबार, वैशाख १४, २०८१

पशुलाई यातना दिएको आरोपमा घोडा पालकलाई आठ महिना जेल

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७९ चैत १० गते १८:३४

Photo Courtesy-menafn.com

आफ्नो घोडालाई क्रुरतापूर्वक यातना दिएको आरोपमा स्विजरल्याण्डको एउटा अदालतले घोडा व्यापारीलाई आठ महिनाको जेल सजाय सुनाइएको छ ।

उत्तरपूर्वी स्विट्जरल्याण्डको एक अदालतले एक पूर्व किसानलाई देशमा हालसम्मकै सबैभन्दा उच्च तरिकाले यातना दिएको भन्दै उनमाथि परेको मुद्दामा आठ महिनाको जेल सजाय सुनाएको हो ।

किसानको नाम सार्वजनिक गरिएको छैन । स्विस कानुन अनुसार पिदित र पिडकको नाम सार्वजनिक गरिन्न ।

अदालतले मंगलबारको निर्णयमा थुर्गाउ प्रान्तको जिल्ला अदालतले उनलाई अभियोजकले आरोप लगाएको दुर्व्यवहारको केहि अंश मात्र दोषी पाएको उल्लेख गरेको छ ।

५४ वर्षीय ति व्यक्ति विरुद्ध छ वर्ष भन्दा बढी जेल सजायको लागि अभियोजकले माग गरेपनि उनले त्यसलाई पालना नगरेको किस्टोन न्युजले उल्लेख गरेको छ । त्यो पालना नगरेपछि उनको फार्म अगस्ट २०१७ मा बन्द गरिएको थियो ।

किस्टोन न्युजका अनुसार बचाव पक्षले कार्यवाहीमा त्रुटिहरू उद्धृत गर्दै सफाइको माग गरेको थियो।

अदालतका अनुसार प्रतिवादीले घोडालगायत गाईवस्तुको उपचारमा लापरवाही गरेको थियो । तर, अभियोजन पक्षले पनि उनको पेशा नरोकिदिन अदालत समक्ष अनुरोध गरेपछि उनलाई आफ्नो पेशा गर्न प्रतिबन्ध लगाइएको छैन ।

अगस्ट २०१७ मा फार्म बन्द हुँदा उनका बिरुद्द मेडियाहरुमा नकारात्मक खबर प्रकाशित तथा प्रशारित थिए । ति नकारात्मक मिडिया कभरेजको कारणले नैतिक क्षति भएको भन्दै अदालतले ति मानिसलाई छ हजार स्विस फ्र्यांक क्षतिस्वरुप प्रदान गर्रेको थियो । अधिकारीहरूले फार्मको अवस्था खराब रहेको कारण बन्द गर्ने निर्णय गरे। फार्ममा रहेका घोडाहरू पछि लिलामी गरियो। स्वास्थ्य धेरैनै खराब भएका जनावरहरू मारिए ।

सरकारी वकिलको कार्यालयका अनुसार जनावरहरूलाई आंशिक रूपमा दुर्व्यवहार गरिएको थियो । तिनलाई धेरै सानो क्षेत्रमा राखिएको थियो । फार्मको मर्मत सम्भार खराब थियो । दाना नराम्रो खुवाइएको थियो र पशु चिकित्सा हेरचाहबाट वञ्चित थिए । यी आरोपहरू फार्मका घोडा, अन्य गाईगोरु, भेडा र कुकुरहरू सहित विभिन्न प्रजातिहरूमा रहेको अदालतले उल्लेख गरेको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक