शुक्रबार, वैशाख ७, २०८१

तोडफोडको धम्कि दिएपछि बेलायती राजाको फ्रान्स भ्रमण स्थगित

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ चैत १० गते १९:५७

आइतबारदेखि चार दिने फ्रान्स भ्रमणमा आउन लागेका बेलायती राजा चार्ल्सको भ्रमण भाँड्न तोडफोड गर्ने धम्की फ्रान्समा आन्दोलनरत कर्मचारीहरुले दिएपछि स्थगित भएको छ ।

फ्रान्सेली कर्मचारीहरुले राजाको भ्रमणलाईअसफल बनाउन तोडफोड गर्ने र दरबारका कर्मचारीहरुलेपनि हडताल गर्ने धम्कि दिएपछि स्थगित भएको हो ।

राष्ट्रपती एमानुयल माख्रोंले संसदलाई छलेर पेनसन सुधार बिधेयक पास गरेपछि कर्मचारीहरु झनै क्रुद्द बनेका छन् । ति दिनदिनै आन्दोलनमा उत्रिएका छन् । फ्रान्समा पेन्सन सुधार बिधेयक बिरुद्द तीन महिना भन्दा लामो समयदेखि आन्दोलन र हडताल भैरहेको छ ।

देश र जनतालाई धोका दिएको भन्दै कर्मचारीहरुले राष्ट्रपतीलाई असफल देखाउन बेलायती राजाको भ्रमणमा तोडफोडको तयारि गरिरहेको फ्रान्सेली मेडियाले उल्लेख गरेका छन् ।

राजा चार्ल्स, र रानी क्यामिला चार दिनको लागि आइतबार पेरिस आइपुग्ने कार्यक्रम थियो । तर आइतबारको भ्रमण अकस्मात स्थगित भएको राष्ट्रपतीको कार्यालय एलिजे प्यालेसले शुक्रवार पुष्टी गरेको छ ।

बेलायती राजारानी आइतबारदेखि चार दिने फ्रान्सको भ्रमण सकेर जर्मनी जाने योजना थियो । बेलायतमा राजा वा रानीले पहिलो आधिकारिक भ्रमण फ्रान्स गर्ने प्रचलन छ ।

तर देशमा हडताल चलिरहेकाले कर्मचारीहरुले राष्ट्रपतीलाई असफल देखाउन तोडफोडको तयारि गरेको फ्रान्स २४ न्युजले उल्लेख गरेको छ ।

राजाले सोमबार बिहान फ्रान्सेली राष्ट्रपति एमानुएल माख्रोंसँग आर्क द थ्रियोम्फमा आयोजित समारोहमा भाग लिने कार्यक्रम थियो जसमा फोहोर संकलनकर्ताहरूको हडतालका कारण पेरिसका गल्लीहरुमा १० हजार टन फोहोर थुप्रिएको छ।

गणतन्त्रको लागि सेवा गर्ने आधिकारिक दरबारहरू र स्वागतका लागि विभिन्न राष्ट्रपति निवासहरू प्रस्तुत गर्ने, योजना र ब्यवस्थापन गरेर कूटनीतिक भ्रमणका क्रममा फ्रान्सको प्रतिष्ठामा योगदान पुर्‍याउने दुई फ्रान्सेली संस्थाका कर्मचारीहरूले पनि चार्ल्स र क्यामिलाको भ्रमणको क्रममा हडताल गर्ने बताएका थिए ।

राजा चार्ल्स तेस्रोको भ्रमणको क्रममा आगामी हडतालहरू बारे ‘मोबिलिय नेशनल (नेशनल मोबिलाईज)’ संघको एक प्रतिनिधिले प्रेस विज्ञप्ति जारि गर्दै आफूहरुले हडतालमा सहभागि हुने जनाएकि थिईन् ।

युनियन प्रतिनिधि सोफी बिनेटले एक विज्ञप्तिमा भनेकि छन् “हामीहरूलाई पूर्ण रूपमा थाहा छ कि हप्ताको अन्त्यमा इङ्गल्याण्डका राजालाई फ्रान्समा स्वागत गरिनेछ र हाम्रो सेवाहरू माग गरिने छ । हामी भन्छौं : यो प्रोटोकलसँग कुनै सरोकार छैन, यो हामी बिना हुनेछ !”

फ्रान्सेली राष्ट्रपतीको कार्यालयले कर्मचारी युनियनले राजाको भ्रमणकै बेला हडतालको सूची सार्वजनिक गरेकाले स्थगित गरेको उल्लेख गरेको  भन्दै भ्रमण स्थगित भएको र् छिट्टै उपयुक्त समयमा गरिने उल्लेख गरेको छ ।

राष्ट्रपतीको पेनसन सुधार बिधेयक बिरुद्द फ्रान्समा आन्दोलन चर्किँदै गएको छ । पछिल्लो समयमा आन्दोलनकर्मी र प्रहरिबिच बिभिन्न ठाउँमा झडप भएका छन् ।

हडतालका क्रममा आन्दोलनकर्मीहरु र प्रहरीहरुसमेत घाइते भएका छन् भने सयौंलाई प्रहरीले पक्राउ गरेको छ । ति मध्ये केहि रिहा भएका छन् भने केहिलाई अझै सोधपुछकोलागि राखिएको भनाई प्रहरीको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक