शुक्रबार, चैत १६, २०८०

किन भैरहेछ जर्मनीमा मजदुर हडताल ?

नेपालप्लस संवाददाता/ जर्मनी २०७९ चैत १३ गते १५:४२

Photo Source- TRT World and Agencies

आज सोमबार जर्मनीमा राष्ट्रब्यापी हडताल छ । रेलसेवा, बस र विमान सेवापनि रद्द भएका छन् । हजारौं यात्रुले सास्ति भोग्नुपरेको छ ।

फोहोरमैला ब्यवस्थापनका मजदुरहरुले गत दुई सातादेखि फोहोर नउठाइदिनाले जर्मनीका धेरै शहर दुर्गन्धित बन्न थालेका छन् ।

जर्मनीको फ्र्यांकफर्ट बिमानस्थल युरोपकै सबैभन्दा ब्यस्त विमानस्थल हो । यहाँबाट सोमबार ओर्लिने र उड्ने सबै विमान पूर्णरुपमा रद्द गरिएको छ । जर्मनीको विमास्थलबाट उड्ने र त्यहाँ ओर्लिने विमान रोकिँदा युरोपभरिका विमानस्थललाई मर्का पुगेको छ ।

रेल, बस, हवाई यातायात रोकिँदा सिमा क्षेत्र, भन्सार, बयपारिक केन्द्रको सामान ओसारपसारलाईपनि क्षती पुगेको छ ।

जर्मनीका दुई प्रमुख मजदूर युनियनका झण्डै ४० लाख मजदूर हडतालमा उत्रिएको दाबी हडताल आव्हानकर्ताको छ ।

रूसले युक्रेनमा आक्रमण गरेपछि अन्य धेरै देशहरूमा जस्तै जर्मनहरू बढ्दो मुद्रास्फीतिसँग संघर्ष गरिरहेका छन् । जर्मनीमा हरेक जसो वस्तुको मूल्य बढेको छ । मुद्रा स्फितिले क्रय शक्ति घटेको छ ।

त्यसैले मजदुर युनियनहरुले मुद्रास्फितिकै अनुपातमा मजदुर, श्रमिकको ज्याला र तलबपनि बढाउनुपर्ने माग राख्दै आएका छन् । तिनले रोजगारदातासित, सरकारसमक्ष त्यो माग राख्दै आएका थिए । तर सरकारले नसुनेको गुनासो तिनको रहँदै आएको थियो । र अन्तत आफ्नो मागको सुनुवाई नभएपछि हडतालमा उत्रिन अबध्य भएको भनाई मजदुर युनियनको छ ।

जर्मनीको भर्डी सबैभन्दा ठूलो मजदुउर युनियन हो । यसलेरोजगारदातासित तलब वार्ता गर्दै आएको छ । उसले साँढे १० प्रतिशत तलब वृद्धि गर्नुपर्ने शर्त राखेको छ ।

रोजगारदाताहरूले दुई चरणहरूमा गरेर कुल ५ प्रतिशत बढाउने र २,५०० युरो एक पटक भुक्तानी गर्ने प्रस्ताव गरेका छन्।

जर्मनीकै अर्को मजदुर युनियन ईभिजीले भने १२ प्रतिशत बढाउनुपर्ने माग अगाडि सारेको छ ।

जर्मनीको रेलसेवाको मुख्य सन्चालक डोईच बाहन कम्पनीलेपनि कर्मचारीको तलब पाँच प्रतिशत बढाउने र एक पटक अलि ठूलो रकम भुक्तानी गर्ने प्रस्ताव गरेको छ । तर मजदुर युनियनहरुले त्यो प्रस्ताव अस्विकार गर्दै आएका छन् ।

फेब्रुअरीमा जर्मनीको वार्षिक मुद्रास्फीति दर ८ दशमलव ७ प्रतिशत थियो। रोजगारदाताले राखेको प्रस्तावले मुद्रास्फितिलाई नभेत्ने भन्दै युनियनहरुले असहमति गरेका हुन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक