शनिबार, वैशाख १५, २०८१

नेपाली भाषी इन्जिनियर्स एसोसिएसन, नेदरल्याण्ड्सको अध्यक्षमा सबिना श्रेष्ठ सर्वसम्मत

नेपालप्लस प्रतिनिधी / डेल्फ, नेदरल्याड२०७९ चैत १४ गते १८:१३

नेपाली भाषी इन्जिनियर्स एशोसिएसन नेदरल्याण्ड्सको दोस्रो अधिवेशनद्वारा अध्यक्षमा सबिना श्रेष्ठ सर्वसम्मत निर्वाचित भएकी छन । एसोसियसनको अन्य कार्यसमितिका सदस्यहरुमा महासचिवमा अनुराग भम्बानी, कोषाध्यक्षमा रेणुका गुरुङ श्रेष्ठ, संयोजकमा क्षितिज गौतम र केन्द्रीय सदस्यमा सुमन भट्टराई सर्वसम्मत चयन भएका छन्।

निवर्तमान कार्यसमिति २०२०२२ को तर्फबाट र नेपाली भाषी इञ्जिनियर्स एसोसिएसन – ण्सेअ, नेदरल्याण्डको संस्थापक अध्यक्ष डि पि शर्मा मैनालीले सबिना श्रेष्ठलाई संघको पहिलो महिला अध्यक्षमा सर्वसम्मत निर्वाचित भएकोमा हार्दिक बधाई दिए । उनले अध्यक्ष सँगै कार्यसमितिका अन्य सबै सदस्यहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका छन् ।

एसोसिएसनको दोस्रो अधिवेशन नेदरल्याण्ड्सको देल्फ्त शहरमा २५ मार्च २०२३ मा भएको हो । अधिवेशन संघका निबर्तमान अध्यक्ष डि पि शर्मा मैनाली, संरक्षक हेम कुमार श्रेष्ठ, सल्लाहकार डा। निराजन ढकाल र संघका अन्य सदस्यहरुको बिशेष उपस्थितिमा भएको थियो।

नेपाली भाषी इन्जिनियर्स एसोसिएसन – नेदरल्याण्ड्सको स्थापना २३ जून २०१९ मा भएको हो । संस्थापक अध्यक्ष डि पि शर्मा मैनाली र संरक्षक हेम कुमार श्रेष्ठको बिशेष पहलमा शुरु भएको थियो ।

एशोसिएसनले कोभिड -१९ को समयमा नेपाली बिधार्थी, सिन्धुपाल्चोकमा रहेको नेपाल हेल्थ पोस्टलाई सोलार प्यानल प्रोजेक्ट र एन आ इ सी नेपाललाई आर्थिक सहयोग गरेको थियो।

केही महिना अगाडि नेपाल आविस्कार केन्द्रका प्रमुख महाबिर पुनको उपस्थितिमा टि यु डेल्फ्त युनिभर्सिटिमा विज्ञान सम्मेलन गर्दै एसोसिएसनले नेपालको बिकाश र सम्ब्रिद्दीकालागी आफ्नो प्रयास र सम्बन्धलाई पनि बिस्तार गरीसकेको छ ।

तपाइँको प्रतिक्रिया