शुक्रबार, वैशाख १४, २०८१

बेलायतका राजा चार्ल्सको पहिलो राज्य भ्रमण जर्मनीबाट सुरु

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ चैत १५ गते २३:५१

बेलायतका राजा चार्ल्स तेस्रोले फ्रान्सको सट्टा जर्मनीमा मार्च २९ मा आफ्नो पहिलो राज्य भ्रमण सुरु गरेका छन् । तर मुल रुपमा पहिलो भ्रमण फ्रान्स गर्ने परिकल्पना थियो ।

रानी कामिला सितको राजाको भ्रमण तय गरिएभन्दा तीन दिनपछि भएको हो । फ्रान्स सरकारको पेन्सन सुधार योजनाहरूमा चलिरहेको हडताल र नागरिक अशान्तिको बीचमा शाही भ्रमणको पहिलो चरण स्थगित गरिएको थियो ।

चाहे त्यो फ्रान्स होस् वा जर्मनीको भ्रमण पहिले, ब्रेक्सिट पछि युरोपसँग कूटनीतिक पुलको पुन: निर्माण गर्ने एजेन्डा शिर्ष स्थानमा रहेको भनाई फ्रान्सेली मेडियाहरुको छ ।

तपाइँको प्रतिक्रिया