शुक्रबार, वैशाख ७, २०८१

युक्रेन युद्धले युरोपेली सुरक्षा खतरामा : राजा चार्ल्स

नेपालप्लस संवाददाता/ जर्मनी२०७९ चैत १६ गते २१:४५

बेलायती राजा चार्ल्स तेस्रोले युक्रेन युद्धले युरोपेली सुरक्षालाई खतरामा पारेको बताएका छन् ।

उनले बिहीबार जर्मन संसद बुन्डेस्ट्यागमा संवोधन गर्दै युक्रेनमा रूसी आक्रमणले “युरोपको सुरक्षालाई खतरामा पारेको” बताएका हुन् ।

जर्मनीको तल्लो सदनमा बोल्दै, युनाइटेड किंगडमका नयाँ राजाले युक्रेनलाई रुसको आक्रमण रोक्न मद्दत गर्न लन्डन र बर्लिनको महत्वपूर्ण योगदान रहेकोसमेत उल्लेख गरे ।

“युक्रेनलाई यति धेरै सैन्य सहयोग दिने जर्मनीको निर्णय अत्यन्त साहसी, महत्त्वपूर्ण र स्वागतयोग्य छ,” चार्ल्सले भने “एक वर्ष अघि रूसको पूर्णरुपको आक्रमण पछि, बेलायत र जर्मनी दुबैले प्रतिक्रिया दिएका छन् । निर्णयहरू गरेका छन् जुन पहिले अकल्पनीय हुने थियो।”

उनले नागरिकहरूले भोग्नुपरेको अकल्पनीय पीडा भोग्नुपरेको पनि बताए ।

“असंख्य जीवनहरू नष्ट भएका छन्, स्वतन्त्रता र मानिसहरूलाई क्रूरतापूर्वक कुल्चिएको छ। हाम्रो लोकतान्त्रिक मूल्यहरू जस्तै युरोपको सुरक्षा खतरामा छ।”

तपाइँको प्रतिक्रिया

फेसबुक