शुक्रबार, चैत १६, २०८०

हिंसात्मक दंगाको चपेटामा स्विजरल्याण्डको जुरिच शहर

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७९ चैत २० गते २१:४४

स्विजरल्याण्डको जुरिच शहर हिसात्मक दंगाको चपेटामा परेको छ ।

यो सप्ताहन्तमा दंगा भएपछि दुई रातको बिचमा दंगा गर्नेहरु १७ जनालाई पक्राउ गरिएको थियो जसमा प्रहरी अधिकारीहरूमाथि आक्रमण भएको थियो । आक्रमणकारी मध्ये एक जनालाई उपचारका लागि अस्पताल लगिएको थियो।

‘वामपन्थी चरमपन्थी’ को रूपमा वर्णन गरिएका सयौं प्रदर्शनकारीहरूले आइतबार राति जुरिच शहरमा दंगा चर्काएको स्विसन्युजले उल्लेख गरेको छ । तर दंगा किन गरिएको हो र उनीहरुको नियत के थियो भन्ने अझै खुल्न नसकेको समाचारमा उल्लेख छ ।

स्विसन्युजले जुरिच ‘युद्ध क्षेत्र’ जस्तै थियो भन्ने उल्लेखसमेत गरेको छ ।

जुरिच प्रहरीका अनुसार झडप शनिबार साँझ एक र्‍यालीबाट सुरु भएको थियो र भोलिपल्ट रातीसम्म जारी थियो ।

दंगाकारीहरुले प्रहरी अधिकारीहरूलाई फलामको बार, ढुङ्गा, प्लास्टिक लगायतका धातुका वस्तु र ककटेल बोत्तलले आक्रमण गरेका थिए।

प्रहरीको भनाईमा धेरै प्रदर्शनकारीहरूले विशिष्ट वामपन्थी नाराहरू बोकेका ब्यानरहरू लिएर मार्च गरेका थिए । दंगा अघिल्लो सप्ताहन्त देखि नै शुरु भएको थियो । दंगाकारीहरुले सार्वजनिक सम्पत्ति तोडफोड गरेको आरोप प्रहरीको छ ।

फेब्रुअरीमा, प्रहरीले जुरिचको कोच-एरियल साइटबाट सुकुम्बासीहरूलाई हटाएको थियो । त्यो अपरेशन र सप्ताहन्तको दंगा बीच कुनै स्पष्ट सम्बन्ध भने देखिएको छैन । तर केहि मानिसले त्यसैको परिणामलाई जोडेरपनि हेरेका छन् ।

पक्राउ परेका १७ जनामध्ये तीन जना बयानकालागि सोमबार बिहान अभियोजनकर्तासमक्ष हाजिर भएका छन् ।

प्रहरीले फरार रहेका थप १४ संदिग्धहरुको खोजी गरिरहेको जनाएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक