शुक्रबार, वैशाख ७, २०८१

विवादै विवादले एनआरएनए युरोपेली भेला रोकिने संकेत

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ चैत २१ गते २२:५७

गैर आवासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रले चेक गणतन्त्रमा मेको ५ देखि ७ सम्म आयोजना गर्न लागेको भेला संघभित्रका गम्भिर विवाद र तयारिको कमीले रोकिने संकेत देखिएको छ ।

युरोपेली क्षेत्रका साझा समस्या, समाधानका साझा प्रयासहरु पहिल्याउने र एकताको सन्देश दिने मूल उद्देश्यका साथ आयोजना गरिँदै आएको भेला आयोजना तयारिमै गम्भिर विवाद र तानाव उत्पन्न भएपछि भेला आयोजना अनिस्चित बनेको हो ।

भेलाका एजेन्डा, तयारि र ब्यवस्थापनको युरोपेली क्षेत्रकै संयोजक, उपसंयोजक र यहि क्षेत्रका पदाधिकारीले गर्नुपर्नेमा राजनितिक दलका छद्म कार्यकर्ता, एनआरएनएन भित्रका दलका कार्यकर्ता, मध्यपूर्वका केहि एनआरएनए अभियन्ता र शम्रिक ओसार्ने एजेन्ट, एनआरएनएका केन्द्रिय पदाधिकारी र सचिवालयसहितका बिभिन्न स्वार्थ बाझिएपछि युरोपेली भेलाका नाममा अहिले भित्रै भित्रै तानातान, आरोप प्रत्यारोप र भेलाका विषयमा चर्को विवाद भएको छ ।

युरोपेली भेला भनिएपनि भेलाको आयोजना र ब्यवस्थापनमा केन्द्रिय तहका पदाधिकारी र युरोप बाहिरका अन्य नेताहरुको हस्तक्षेपले गर्दा भित्रै भित्रै विवाद चरमोत्कर्षमा पुगेको छ ।

अहिले एकथरि भेलाका नाममा निम्ता गरेर आफ्ना मान्छेहरु मध्यपूर्व र नेपालबाट ल्याउने, आफ्ना पक्षका केहिलाई निम्ता गरेर राजनितिक र सांगठनिक रुपमा पहुँच बढाउने र एनआरएनएका नाममा स्पोन्सर गरी दाम कमाउने धन्दामा लाग्ने संकेत देखिएकालेपनि भेला गर्ने कि नगर्ने भन्ने विवादमा परेको हो ।

भेला आयोजनाकालागि एनआरएनए युरोपले आयोजना गर्ने गरेका बैठकहरु हरेक पटक विवादित हुने गरेका छन् ।

युरोपेली भेला गर्ने कि नगर्ने भन्ने पक्षमा एनआरएन एकेन्द्रिय पदाधिकारीहरुबिचपनि फाटो छ । भेला आयोजनाबारे अनिस्चितता भएपछि केन्द्रलेनै हस्तक्षेप गर्नुपरेको छ ।

भेला आयोजना गर्ने वा नगर्ने भन्ने बारेमा यहि मार्चको ९ सम्ममा एनआरएनए युरोपका दुई संयोजकको सहमति वा बिमति केन्द्रले माग गरेको छ । एनआरएनए युरोप संयोजक चिन्तामणी सापकोटा र सन्तोस भट्टराईलाई भेला आयोजना गर्ने वा नगर्ने सामुहिक निर्णय दिन भनिएको छ । दुबै संयोजकले भेला आयोजना गर्ने निर्णय केन्द्रलाई दिएमा युरोपेली भेला हुनसक्छ । तर स्रोतका अनुसार संयोजक भट्टराई भेला आयोजना गर्ने पक्षमा देखिएका छन् भने अर्का संयोजक चिन्तामणी सापकोटा भने नगर्ने पक्षमा छन् ।

एनआरएनए युरोप संयोजकबिचमै मतभेद देखिएमा भेला रोकिने छ । किनभने एनआरएनए युरोपका क्षेत्रीय उपसंयोजक सागर सुबेदीपनि कुनैपनि हालतमा युरोपेली भेला अहिलेको अवस्थामा गर्नै नहुने पक्षमा देखिएका छन् ।

गैर आवासीय नेपाली संघ युरोप क्षेत्रीय भेलाका लागि आयोजना गरिने बैठकमा भेला आयोजना गर्ने भन्ने पक्षधरहरुले गतिलो तर्क दिन नसकेको केहिको भनाई छ ।

भेला आयोजना गर्नुहुन्न भन्ने पक्षधरहरुले भने भेलाको तयारिनै नपुगेको, उद्देश्य अनुरुप काम नभएको, यस अघिको युरोपेली भेलाका कुनैपनि निर्णय लागु नभएकाले फेरि त्यस्तै भेला आयोजना गर्नुको तुक नरहेको लागयतका तर्क अघि सारेका छन् ।

युरोपेली क्षेत्रको भेला भनिएपनि एनआरएनए युरोप क्षेत्रीय समितिलाई थाहै नदिईकन कतिपय निर्णयहरु गोप्य रुपमा गरिएको, कमिटीसित भेला आयोजनाका एजेन्डाबारे छलफलनै नगरि बाहिरबाट निर्णयहरु लाद्ने गरिएकाले पनि एनआरएनए युरोप भेला स्थगित हुने अवस्थामा पुगेको हो ।

“युरोपमा हुने भेला त एनआरएनए युरोप समितिले पो छलफल र निर्णय गर्ने हो । एनआरएनए युरोपसित बैठक, छलफल त परै जाओस थाह नदिईकनै बाहिरै निर्णय गराउने ? राजनितिक स्वार्थका लागि समुह बनाएर संस्था र पदाधिकारीलाई आफ्नो स्वार्थमा प्रयोग गर्न खोज्ने अनि कसरि हुन्छ युरोपेली भेला ?” एनआरएनए युरोपका एक पदाधिकारीले आफ्नो नाम जोगाईदिन आग्रह गर्दै नेपालप्लससित भने ।

उनीहरुले गत वर्ष स्विडेनमा भएको युरोप क्षेत्रीय बैठकमा समेटिएका कार्यक्रम र उक्त बैठकले दिएको निस्कर्ष लागु गर्न नसकिएकाले फेरि किन अर्को युरोपेली भेला आयोजना गर्ने ? भन्ने प्रश्न गरेका छन् ।

महिलाहरुको उपस्थिति संघमा निरासाजनक रहेको, भाबि पुस्ताको संघ प्रति आकर्षण बढाउने बिषयमा कतैबाट केहि काम नगरिएको, युरोप स्थित राष्ट्रिय समन्वय समितिका अधिक आन्तरिक समस्याहरुमा छलफल गरी समाधान खोज्नुपर्नेमा त्यसको पहल नगरिको र त्यस्ता गम्भिर विषयहरुको दिर्घकालिन समाधानका लागी उठेका विषयहरुलाई बैठकमा एजेण्डाको रुपमा प्रस्तुत र छलफल समेत नगरिएकोले यस्तो भेला आयोजना गर्न नहुने तर्क तिनको छ ।

भेला तत्काल रोक्नुपर्छ भन्ने पक्षधरले, पछिल्लो अवस्थामा संघमा अझ बढी राजनीति हावी भएको आरोपसमेत लगाएका छन् । संस्थामा पदिय मर्यादाहरु ख्याल नगरिएको, राम्रोसित संघलाई एकताबद्द राख्न नसकिएको र त्यसकोलागि कुनै छलफलसम्म नभएको आरोपसमेत तिनको छ ।

तत्कालै संवोधन गर्नुपर्ने सयौं काम थाँति रहेकाले त्यसमा ध्यान दिन र युरोपेली भेला तत्कालकालागि स्थगित गर्न भन्दै केन्द्रिय समितिका अध्यक्षहरु र कार्यकारी अधिक्रितसमेतलाई पत्र पठाइएको छ । पत्रमा संघ भित्र बिश्वासको वातावरण तय गर्नका निमित्त आफ्ना क्षेत्रका रास्ट्रिय समन्वय परिषदमा भएका संस्थागत समस्याहरुमा ठोस काम गर्नका लागि युरोप क्षेत्रलाइ सचेत गराउने निर्देशन दिनपनि आग्रह गरिएको छ ।

एनआरएनए युरोप उपसंयोजक सागर सुबेदीले एउटा प्रस्ताव बैठकमा पेश गरेका थिए । त्यो विषयमा घण्टौं छलफल भए पस्चात अन्त्यमा महासचिवद्वय र दुई जना अध्यक्ष रबीना थापा र कुल आचार्यले एनआरएनए युरोप संयोजकद्वयको लिखित सहमति केन्द्रमा पठाएपछि मात्रै क्षेत्रिय भेला हुने वा नहुने भन्ने विषयमा केन्द्रले निर्णय गर्ने भन्ने निर्देशन दिए । मार्च ९ को आइसिसी बैठकभन्दा अगाडि दुई जना संयोजकले छलफल गरेर पठाउनुपर्ने भन्ने उनीहरुले निर्देशन दिएका हुन् ।

यहि विषयमा बुझ्न नेपालप्लसले एनआरएनए उपसंयोजक सागर सुबेदीलाई सम्पर्क गरेर सोधेको थियो ‘एनआरएनए युरोपेली भेलाको बिरोधी हुनुहुँदोरहेछ तपाई ? भेलानै रोक्ने खोज्ने ? कारण के हो ?’

“अहिलेको यहि स्थितिमा युरोपेली भेलाको औचित्य नदेखिएको, यो भन्दा धेरै विषय युरोप क्षेत्रमा काम गर्नुपर्ने अवस्था रहेको, ति विषयमा काम गर्नकोलागि हामीसित समय एकदमै कम रहेको कारणले गर्दा युरोपेली भेला भन्दापनि अरु महत्वपूर्ण विषयमा काम गरौं भनेको हुँ” सुबेदीले आफू युरोपेली भेलाकै बिरोधी भने पटक्कै नभएको बताए ।

उनले नेपालप्लससित भने “भेला रद्द गरौं भनेको होइन कि हाललाई स्थगित गरेर तत्काल गर्नुपर्ने काम गरौं, भेला अघिका महत्वपूर्ण काम गर्न हामी प्रस्ताव गर्छौं, सुझाव दिन्छौं । ति पुरा भएपछि भेलाको अर्को मिति तोकौं भन्नु संस्थाकालागि राम्रो हो, भेला बिरोधी होइन ।”

सुबेदीले दुबै संयोजक भेला गर्नुपर्छ भन्नेमा सहमत हुँदैनन् भन्ने आफ्नो विश्वाश पनि ब्यक्त गरे ।

“मार्च ९ सम्म दुबै संयोजकले हाम्रो भेला गर्ने पक्षमा स्विकारोक्ति छ भनेर केन्द्रिय अध्यक्षहरुलाई निर्णय दिएमा युरोपेली भेला हुन्छ नत्र हुन्न । त्यो बाहेक कसैले कुनै स्वार्थबस भेला गर्छ भने त्यो कुनै समुह, कुनै राजनितिक वा अन्यबिचार, संगठनको भेला हुन्छ समग्ररुपमा एनआरएनएको हुन्न, त्यसलाई हामी मान्दैनौं” सुबेदीको थप भनाई थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक