बुधबार, वैशाख १२, २०८१

महिला युरो २०२५ को आयोजना स्विजरल्याण्डले गर्ने

नेपालप्लस संवाददाता / स्विजरल्याण्ड२०७९ चैत २२ गते २०:१८

Photo Credit-lenouvelliste.ch

महिला युरो कप फूटबल २०२५ को आयोजना स्विजरल्याण्डले गर्ने भएको छ ।

महिला युरोपेली फुटबल च्याम्पियनसिपको अर्को आयोजकको रूपमा नामकरण गर्न तीन प्रतिद्वन्द्वीलाई हराएपछि स्विजरल्याण्डले हात पारेको हो ।

स्विजरल्याण्डले फ्रान्स र पोल्याण्डका साथै डेनमार्क, फिनल्याण्ड, नर्वे र स्वीडेन जस्ता उत्तरी ध्रुविय (नर्डिक राष्ट्र) को सामुहिक तर एकल समुहलाई पराजित गरेर छानिएको यूईएफएको कार्यकारी बोर्डले मंगलबार लिस्बनमा सार्वजनिक गरेको हो ।

स्विजरल्याण्डले युरो महिला कप प्रतियोगिता आयोजना गर्न लागेको यो पहिलो पटक हो । स्विजरल्याण्डले आफ्नो छिमेकी अस्ट्रियासँग मिलेर सन् २००८ मा पुरुष फूटबल च्याम्पियनशिप संयुक्त रूपमा आयोजना गरेको थियो।

एक विज्ञप्ति जारि गर्दै स्विस फुटबल संघ (एसएफए) का अध्यक्ष डोमिनिक ब्लानले भनेका छन् “यो स्वीजरल्याण्ड, एसएफए र महिला फुटबलको लागि ऐतिहासिक दिन हो । र यो निर्णयले सबै तहमा महिला फुटबलको विकासलाई आकार दिनेछ।”

एसएफएले खेलहरू बासेल, बर्न, जेनेभा, लुसेर्न, सायन, सेन्ट ग्यालेन, थुन र जुरिच सहरहरूमा खेलिने पुष्टि गरेको छ।

२०२५ को जुन-जुलाईमा करिब तीन साता लामो प्रतियोगितामा १६ टोलीले ३१ खेल खेल्नेछन्।

अघिल्लो युरोपियन च्याम्पियनसिप २०२२ मा आयोजक राष्ट्र इङ्ल्यान्डले जितेको थियो। कोभिड-१९ का कारण एक वर्ष स्थगित भएको उक्त प्रतियोगितामा अनुमानित ३६ करोड ५० लाख मानिस विश्वव्यापी प्रत्यक्ष दर्शक थिए। इंग्ल्याण्ड र जर्मनीबीचको फाइनल हेर्न लण्डनको वेम्बली स्टेडियममा ८७ हजार १९२ जनाको कीर्तिमानी भिड भएको थियो ।

स्विजरल्याण्डको सबैभन्दा ठूलो स्टेडियम, बासेलको सेन्ट जाकोब-पार्कमा लगभग ३८ हजार प्रशंसकहरू अटाउन सक्छन् ।

तपाइँको प्रतिक्रिया