बिहीबार, चैत १५, २०८०

पेनसन सुधार बारे फ्रान्सेली प्रधानमन्त्री र ट्रेड युनियनबिचको बार्ता असफल

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ चैत २३ गते १५:१०

फ्रान्सेली मजदुर युनियन नेताहरूले प्रधानमन्त्री एलिजाबेथ बोर्नसँग पेन्सन सुधारबारे भएको वार्ता असफल भएको भन्दै निन्दा गरेका छन् ।

फ्रान्सेली प्रधानमन्त्री एलिजाबेथ बोर्न र युनियनका प्रतिनिधिहरूले अप्रिल ५ बुधवार पेरिसको प्रधानमन्त्री कार्यालय (होटेल दे माटिन्नियोँ) मा वार्ता गरेका थिए ।

फ्रान्सेली युनियनहरूले बुधवार प्रधानमन्त्रीसँगको अन्तिम वार्ताले विभाजनकारी पेन्सन सुधारमा तनाव कम गर्न असफल भएको र भोलिपल्ट अर्थात् बिहिवार विरोध जुलुस निकाल्ने बारे मतदानको लागि आह्वान गरेको बताए।

राष्ट्रपति एमानुएल माख्रोंले आफ्नो दोस्रो कार्यकालमा सबैभन्दा ठूलो चुनौतीको सामनानै पेनसन सुधार बिधेयक पासको गरिरहेका छन्, जसमा न्यूनतम सेवानिवृत्ति उमेर ६२ बाट ६४ सम्म बढाउने समावेश छ।

मार्च १६ मा प्रधानमन्त्री एलिजाबेथ बोर्नले यसको विरुद्धमा महिनौंदेखि व्यापक विरोध प्रदर्शनको बाबजुद पनि मतदान बिना नै संसदमा विधेयक पारित गर्ने विवादास्पद कार्यकारी आदेशलाई आह्वान गरेपछि फ्रान्सभर अशान्ति फैलिएको छ ।

माख्रोंले फ्रान्सेली संसदलाई बाइपास गरेर पास गरिरिदिएपछि यो तितो पेन्सन लडाई लोकतान्त्रिक संकटमा परिणत भएको छ ।

युनियनहरूले बोर्नसँगको बुधवारको बैठक अघिनै चेतावनी दिएका थिए ‘यदि उनले न्यूनतम सेवानिवृत्ति उमेर ६४ वर्षमा फिर्ता जानको लागि छलफल गर्न अस्वीकार गरेमा उनीहरू बैठक बहिस्कार गरेर बाहिरिने छन् ।’

“प्रधानमन्त्रीले त्यो विषय छलफलमा जान नदिनु स्पष्ट रूपमा वार्ता असफल बनाउनु हो,” एक घण्टाको वार्तापछि देशका आठ प्रमुख युनियनहरूको तर्फबाट बोल्दै सिरिल चाबानियरले प्रेस सम्मेलनमा भने ।

सरकारले गत जनवरीमा विवादास्पद विधेयक पेश गरेपछि दुवै पक्षबीचको यो पहिलो भेट हो ।

“हामीले प्रधानमन्त्रीलाई फेरिपनि एकमात्र लोकतान्त्रिक नतिजा भनेको बिधेयक फिर्ता लिनु हुन सक्छ भनेर भन्यौं। प्रधानमन्त्रीले म बिधेयक कायम राख्न चाहन्छु र यो मेरो गम्भीर निर्णय हो भन्ने जवाफ दिनुभयो” उनले थपे।

युनियन प्रमुखहरूले फ्रान्सेली जनतालाई सडकमा आउन र बिधेयक विरुद्ध राष्ट्रव्यापी प्रदर्शनको ११ औं अभियानमा बिहीबार सामूहिक हड्ताल गर्न आह्वान गरेका थिए।

तपाइँको प्रतिक्रिया

फेसबुक