शनिबार, वैशाख ८, २०८१

जर्मनीको विश्वस्तरिय खेलमा नेपाली महिला अब्बल

नेपालप्लस संवाददाता / काठमाडौं२०७९ चैत २५ गते १९:१८

जर्मनीको विश्वस्तरीय १० किमि दौड खेलमा नेपालका तर्फबाट सन्तोषी श्रेष्ठ अब्बल बनेकि छन् ।

जर्मनीको प्रतिष्ठित तथा विश्वस्तरीय, लामो इतिहास बोकेको प्यादरबर्न इस्टर रनको ७५ औं संस्करणमा नेदरल्याण्डस्थित ग्लोबल स्पोर्ट्स् कम्युनिकेसनमार्फत उनले सहभागिताको् अवसर पाएकी थिईन् ।

उक्त खेलमा नेपालकी सन्तोषी श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरेकी हुन् ।

इथियोपिया, केन्या लगायत विश्वका विभिन्न देशका उत्कृष्ट धावकहरुका साथ भएको खेलमा सन्तोषीले १० किलोमिटर दूरी ३४ मिनेट ३१ सेकेण्डमा पार गर्दै १४ औं स्थान हाँसिल गर्नुका साथै नेपालको राष्ट्रिय उत्कृष्ट समय कायम गरेकी छिन् ।

यसअघि १० हजार मिटर (ट्र्याक रेस) मा नेपालको राष्ट्रिय कीर्तिमानी समय ३५ मिनेट ०३ सेकेण्ड रहेको थियो । १० किमी (रोड रेस) मा सन्तोषीले नयाँ राष्ट्रिय उत्कृष्ट समय कायम गरेकी हुन् ।

जर्मनीको पश्चिमी सहर प्यादरबर्न सहरमा ७५ वर्षदेखि हुँदै आएको यो प्रतियोगिता विश्व एथलेटिक्सबाट मान्यताप्राप्त उच्च प्रविधिकासाथ हुने गर्दछ ।

१० कि।मि।मा ग्लोबल स्पोर्ट्स् कम्युनिकेशनकै केन्याली धाविका चेलनगट बेट्टीले रजत पदक जितेकी छिन् ।

सन्तोषी नेदरल्याण्डस्थित एथलेटिक्सको विश्वकै अग्रणी संस्था ग्लोबल स्पोर्ट्स् कम्युनिकेसनबाट एसियाको दोस्रो र दक्षिण एसियाको पहिलो फेलोसिप पाउने खेलाडी हुन् । सो फेलोसिप अन्तर्गत उनले गत महिना इथियोपियामा प्रशिक्षण लिएकी थिइन् ।

एसियन गेमको तयारीमा रहेकी उनी प्रशिक्षणकै दौरानमा हाल नेदरल्याण्डमा छन् ।

(स्रोत- केदार श्रेष्ठको फेसबुक)

तपाइँको प्रतिक्रिया

फेसबुक