बिहीबार, चैत १५, २०८०

घरेलु उडान लिनेहरूको संख्या युरोपभर घट्दै

नेपालप्लस संवाददाता / फ्रान्स२०७९ चैत २९ गते ९:५९

जलवायु परिवर्तन कम गर्न यात्रुहरूले थप दिगो विकल्पहरू रोज्दा घरेलु उडान लिनेहरूको संख्या युरोपभर घट्दै गएको छ ।

युरोकन्ट्रोलको नयाँ तथ्याङ्क अनुसार सन् २०१९ को तुलनामा २०२२ मा जर्मनीमा ३८ प्रतिशत कम भएको छ । लिथुआनिया र फिनल्याण्डमा क्रमशः ३८ प्रतिशत र ३५ प्रतिशतका दरले आन्तरिक उडानहरू कम उडेका छन्।

यो गिरावट “वातावरणीय दबाब” को कारण हुन सक्ने आन्तरिक विमान कन्ट्रोल डाटा हेर्ने युरोकन्ट्रोलको भनाई छ ।

जर्मनी, लिथुआनिया र फिनल्याण्डले युद्धग्रस्त युक्रेन बाहिर सबैभन्दा ठूलो गिरावटको अनुभव गरे, जुन २०१९ र २०२२ बीच ८७ प्रतिशतले घटेको छ। बेलायतमा आन्तरिक उडानमा २५ प्रतिशत कमी आएको छ।

अस्ट्रिया (-३२ प्रतिशत), स्वीडेन (-२७ प्रतिशत), स्विजरल्याण्ड (-२० प्रतिशत), क्रोएसिया (-१९ प्रतिशत) र आयरल्याण्ड (-१७ प्रतिशत) मा पनि उल्लेखनीय गिरावट आएको छ।

फ्रान्समा १५ प्रतिशतले कमी आयो जबकि पोर्चुगल र स्पेनी घरेलु उडानहरू क्रमशः सात र छ प्रतिशतले घटे ।

तर हंगेरीमा भने उल्लेखनीयरुपमा वृद्धि भएको थियो, जहाँ आन्तरिक उडानहरू २०१९ स्तरमा ५६ प्रतिशतले बढेको थियो।

तपाइँको प्रतिक्रिया

फेसबुक