शनिबार, वैशाख ८, २०८१

पवन शर्माको सभापतित्वमा बेलायतमा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्क विभाग गठन

शशि ढकाल / कोपनहेगन, डेनमार्क२०८० वैशाख ५ गते ८:२२

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रवासमा आफ्नो संगठन बिस्तारको कार्यलाइ तिब्रता दिँदै बेलायतमा आफ्नो संगठनको प्रारम्भिक तदर्थ समितीको घोषणा गरेको छ ।

बेलायतस्थित पार्टीका समर्थकहरुको सहभागितामा रास्वपा प्रवास सम्पर्क विभाग बेलायत गठन गरिएको हो । युवा सामाजिक अभियन्ता तथा चार्टर एकाउण्टेन पवन शर्माको नेतृत्वमा गठित विभागको समितिमा बेलायतमा कार्यरत विभिन्न क्षेत्र र पेशामा आवद्ध नेपालीलाई समेटिएको छ ।

आइतबार बिहान आयोजित करिब १०० जनाको सहभागिता रहेको पहिलो जुम भेलामा विभागको तदर्थ समिती सार्वजनिक गरिएको हो । चार्टर एकाउण्टेन पवन शर्मा संयोजक रहेको ११ सदस्यीय समितिको उपाध्यक्षमा कोशलेश्वर ढकाल, महासचिवमा मनोज न्यौपाने, सचिवमा यज्ञ राज कार्की, कोषाध्यक्षमा बाबु न्यौपाने र सहकोषाध्यक्षमा माया गुरुङ घोषणा गरिएको छ । सदस्यहरुमा शिव कंडेल, सौरभ ओझा, शिव भण्डारी, निलिमा खड्का र डा राजु सापकोटा छन् ।

समिति सार्वजनिक गर्ने भेलालाई रास्वपा पार्टीका उपसभापती डोल प्रसाद अर्याल, सभासद सुमना श्रेष्ठ र संसद शिव नेपालीले सम्बोधन गरेका थिए ।

पार्टीको नवगठित बेलायत सम्पर्क विभागलाई सहभागी बक्ताहरुले शुभकामना दिंदै रचनात्मक सहयोगको अपेक्षा रहेको बताए ।

स्वदेशमा चौर्तर्फी घेराबन्दीमा पारेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाइ अब प्रवासमा समेत बिस्तार गरेर प्रवासमा बिज्ञ सम्मिलित पार्टीको सहयोग निकाय खडा गरि सुझाब लिने भनाइ सभासद सुमना श्रेष्ठको थियो । उनले हाल चलिरहेको उपनिर्वाचनमा १ का बिरुद्ध तिन सदस्य संसदमा लिएर जाने अठोटका साथ् रास्वपा मैदानमा आएको बताए ।

साथै रवी लामिछानेको संसद बहिर्गहम पछि भस्टाचारका मुद्दाहरु बिस्तारै ओझेल पर्दै गएकोमा उनको संसद प्रवेशपछि भस्टाचारका मुद्दाहरुमा पार्टीले पुन शसक्त आवाज उठाउने बताए ।

सरकार बाट बाहिरिएपछी देश बिदेशमा पार्टिको संगठन बिस्तार गर्ने कार्यलाई तिब्रता दिँदै आएको रास्वपाले दक्षिण कोरिया, जापान, भारत लगायतका देशहरुमा प्रवास बिभाग गठन गरिसकेको छ । यसै क्रमलाई निरन्तरता दिँदै छिट्टै डेनमार्क लगायत युरोपका अन्य देशहरुमापनि रास्वपाको सगठन बिस्तार गर्ने तयारीको आन्तरिक कार्य सुरु भै सकेको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टि स्थापनाकालको छोटो अवधीमै २० जना सासद सहित नेपालको चौथो ठूलो पार्टि बन्न सफल भएको थियो। बिदेशमा बस्ने नेपालीहरुले अत्यधिक चासोका साथ यस पार्टीको कार्यलाई नियालीरहेका छन् ।

राजनैतिक ब्यवस्था होइन जनताको अवस्था बदल्ने भन्ने मुल नारा सहित पुर्वसचारकर्मी रबि लामिछानेको नेतृत्वमा संसदीय निर्वाचनमा भाग लिएर प्रत्यक्षमा ७ सिट र समानुपातिकमा १३ सिट गरि जम्मा २० सिट प्राप्त गरेको रास्वपाले चुनाव लगत्तै एमालेको समर्थनमा बनेको प्रधानमन्त्री पुष्पकमल दहाल नेतृत्वको सरकारमा सामेल भएको थियो ।

गृहमन्त्रालय, श्रम मन्त्रालय, शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा राज्य मन्त्रि सहित सरकारमा सामेल भएको रास्वपाले ३२ दिन पस्चात् सरकार छोडेको थियो ।

पार्टी सभापती रवी लामिछानेको नागरिकता बिवादको बिरुद्दमा अदालतले गरेको फैसला पछि उपप्रधान सहित गृहमन्त्रीको रुपमा रहेका लामिछाने पदमुक्त भएका थिए । त्यसपछि रास्वपाले सरकार छोडेको थियो । सोहि फैसलाले संसद पद समेत गुमाएका सभापती लामिछाने हाल पुन चितवनको उप चुनाबमा उमेद्वार बनेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक