शनिबार, वैशाख ८, २०८१

राष्ट्रिय आविष्कार केन्द्रलाई अझै प्रभावकारी बनाउन केन्द्रको युरोपेली प्रथम भेला स्पेनमा

नेपालप्लस संवाददाता / बार्सिलोना, स्पेन२०८० वैशाख ५ गते १६:१०

राष्ट्रिय आविष्कार केन्द्रलाई अझै प्रभावकारी बनाउन र युरोपमा रहेका आम नेपाली तथा नेपालप्रेमी बिदेशी र प्रविधिको क्षत्रमा विस्तार गर्ने उद्देश्यले केन्द्रको युरोपेली प्रथम भेला स्पेनको बार्सिलोना शहरमा आयोजना गरिएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रका परियोजनाहरुमा युवाहरुलाई प्रोत्साहित गर्ने तथा विषयगत विशेषज्ञतालाई केन्द्रको बिकासको हितमा प्रयोग गर्न सकिने वातावरणको खोजी गर्ने उद्देश्यले आइतवार उक्त भेला आयोजना भएको हो ।

 

यो भेलालाई संबोधन गर्दै राष्ट्रिय आविष्कार केन्द्रका सँस्थापक वैज्ञानिक महाविर पुनले आफूले सरकारसँग कम्तीमा एक प्रतिशत बजेट देशको लागि चाहिने व्यवहारिक ज्ञान, अध्ययन र अनुसन्धानमा खर्च गर्नुपर्छ भन्ने माग राख्नुभयो ।

वीरगन्ज कृषी औजार कारखानाकालागि सरकारले दिन्छु भनेको बजेट प्राप्त नभएको जानकारी गराउँदै उहाँले अबका केहि महिनाबाट यो कारखानामा रहेका मेशिनहरुलाई पूर्ण रुपमा सन्चालन गर्न सकिने अवस्था रहेको उल्लेख गर्नुभयो ।

कृषी ओजार केन्द्रलाई पूर्ण रुपमा सन्चालन गर्न केहि मेशिनहरु थप्नुपर्ने उल्लेख गर्दे उहाँले गण्डकी प्रदेश सरकारले दिने भनेको १० करोडको बजेट पनि अझै प्राप्त नभएको उल्लेख गर्नुभयो ।

उहाँले थप्नुभयो, ‘बजेट प्राप्त भएन भने मैले अनसन गर्नुबाहेक अरु उपाय छैन । तर म अनसन बस्नु भन्दा पनि सरकारले गरेको प्रतिबद्दता पुरा गरोस भन्ने चाहन्छु ।’

भेलामा राष्ट्रिय आविष्कार केन्द्र (एनआइसी) युरोप संयोजक हरिकृष्ण न्यौपानेले स्लाइड मार्फत एनआइसी युरोपद्वारा युरोपबाट केन्द्रकालागि हालसम्म गरिएका बिभिन्न कृयाकलापहरुबारे भेलामा बिस्तृत जानकारी गराउनुभएको थियो ।

सन् २०२२ राष्ट्रिय आविष्कार केन्द्रका सँस्थापक महावीर पुन युरोप भ्रमणक्रा क्रममा गरिएका बिभिन्न सम्बन्धहरु बारे जानकारी दिदै उहाँले उहाँको युरोप भ्रमणको क्रममा एक करोड छयासी लाख उन्पचाश हजार तिनसय ८० रुपैया सँकलन भएको जानकारि दिनुभयो ।

राष्ट्रिय आविष्कार केन्द्रको लागि स्वतस्फूर्त सहयोग गर्नुभएका चार उत्प्रेरक व्यक्तित्वहरु आमोल न्यौपाने, उज्वल कार्की, पवन शर्मा र गोविन्द सिंह विष्टका बारेमा पनि उहाँले जानकारी गराउनुभएको थियो ।

भेलामा जुम माध्यमबाट बेलायतलाई कर्मथलो बनाउनुभएका प्राध्यापक पदम सिम्खडाले जनस्वास्थ्य, एसोसिएट प्रोफेसर: द रोयल इन्स्टिच्युट अफ टेक्नोलोजी, स्टकहोम, स्वीडेनका सहप्राध्यापक दिलीप खतिवडाले “फोहोर व्यवस्थापनमा नवीनता: नेपालका सहरहरूमा रिसोर्स रिकभरी मोडेलको खोजी” र राष्ट्रिय आविष्कार केन्द्रका आइटी बिज्ञ सञ्जय पौडेलले नेपालमा आइटी र डिजिटल स्वास्थ्यको परियोजनाबारेको प्रस्तुत गर्नुभएको थियो ।

बार्सिलोनामा रहेका बिभिन्न नेपाली संघ सँस्थाका प्रतिनिधिहरु तथा इन्जिनियर बिद्यार्थीहरुको समेत सहभागितामा सम्म्पन्न भएको उक्त कार्यक्रममा स्विडेनबाट आएका डा. दीपराज थापा र जर्मनीका ओमित पैजा पुनले प्रश्नोत्तर सेसनकोलागि सहजिकरणको भूमिका निर्वाह गर्नुभएको थियो ।

स्वास्थ्य सेवा र डिजिटल स्वास्थ्य भित्र भैरहेका आधुनिकीकरण बारे कार्यक्रममा थापाले थप प्रष्ट पार्नुभएको थियो ।

यसैगरी वित्त र व्यवस्थापन बारे युवा न्यौपाने तथा मिडिया र प्रचारकालागि पत्रकार ददि सापकोटाले राष्ट्रिय आविष्कार केन्द्रका गतिबिधिहरुलाई आम जनसमुदाय समक्ष पुर्‍याउन मेडियाले कस्तो भूमिका खेल्न सक्छ र आविष्कार केन्द्रले कस्ता कार्यक्रम गर्नुपर्छ भन्ने आफ्ना अनुभवहरु बाँड्नुभएको थियो ।

राष्ट्रिय आविष्कार केन्द्रको सम्मान स्वरुप अब आउँदा वर्षहरुमा एनआइसी युरोप डे का नाउँमा बर्षेनी एक कार्यक्रम आयोजना गर्ने लक्ष्य यस भेलामा बेल्जियमबाट अभियन्ता प्रविणा गूरुङले राख्नुभएको थियो । स्विजरल्यान्डका एनआरएनए अध्यक्ष शुभ एल्मार लामा तथा फ्रान्सबाट कविन्द्र कायस्थको पनि उपस्थिति रहेको थियो ।

एनआइसी युरोप डे को हल व्यवस्थापनका लागि जनसम्पर्क समिति स्पेनको सहयोगमा भएको थियो । कार्यक्रमको सन्चालन अनुराधा पौडेलले गर्नुभएको थियो भने स्थानिय संघ सँस्थासँगको समन्वय जनसम्पर्क समिति स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठले गर्नुभएको थियो ।

 

तपाइँको प्रतिक्रिया

फेसबुक