बिहीबार, वैशाख ६, २०८१

बार्सिलोना शहरको मुल सडक थुनेर नेपालीहरुको सांस्कृतिक झाँकी

नेपालप्लस संवाददाता / बार्सिलोना, स्पेन२०८० वैशाख ५ गते १६:३७

स्पेनको त मुख्य आकर्षणको थलो हुँदै हो, बार्सिलोना शहरको साग्रा द फामिलियाल गिर्जाघर, यो अद्भुत कला र कौशलले सिँगारिएको शहरको युरोपकै केहि मुख्य पर्यटकिय आकर्षण मध्येपनि एक हो । यहि सांस्कृतिक धरोहरको मुल सडक थुनेर आइतवार नेपाली जनजाति र समुदायका बिभिन्न झाँकीहरु प्रदर्शन गर्दा विश्वका धेरै देशबाट घुम्न आएका पर्यटक मन्त्रमुग्ध भए ।

नेपाली जनप्रगतिशिल मञ्चले बार्सिलोना नगरपालिकासित मिलेर हरेक वर्ष यस्तो झाँकि निकाल्ने, जनजातिका बिभिन्न नाच देखाउने, गित सुनाउने गर्दै आएको छ । यो सांस्क्रितिक झाँकी सँगै पर्यटकहरुले सेलरोटी, मम, अचार आदि नेपाली परिकारपनि चाख्ने गरेका छन् ।

यो झाँकीमा प्रदर्शन गर्ने मात्रै होइन, सहभागी हुने नेपालीपनि नेपाली पोशाकमा सजिनाले यो कार्यक्रम निकै आकर्षक बन्ने गरेको हो ।

‘हामीलाई जुनसुकै पार्टी, जुनसुकै संस्थाले गरेपनि के भयो र ? नेपाल र नेपालीकोलागि राम्रो गर्नुपर्‍यो, जसले गरेपनि हुन्छ’ नेपाली पाठशाला संचालन गर्दै आएको नेपाली समुदायका संयोजक सरला सापकोटाले झाँकि भैरहेको थलोमा नेपालप्लसलाई भनिन् ।

यो कार्यक्रम निक्कै आकर्षक बन्ने गरेको छ । स्पेनिस मान्छे मात्रै होइन यो साग्रा दा फमैल्कियालमा आ उने सयौं, हजारौं पर्यटकलाई नेपाल चिनाउने माध्यमपनि बनेको छ यो” बार्सिलोनामा रेस्टुरेन्ट लगायत अन्य ब्यापार गर्दै आएका दिनेश गिरीले सुनाए ।

यो कार्यक्रम् आयोजना गर्नकालागि थुप्रो रकम लाग्ने गरेपनि हालसम्म आयोजक जनप्रगतिशिल मञ्चले सरकारका तर्फबाट कुनै आर्थिक सहयोग नलिएको मञ्चको भनाई छ । मञ्चले त्यहाँका संघ संस्था, कलाकार र अन्य नेपालीसित कार्यक्रमकालागि संयोजन र सहभागिता जुटाउने गरेको छ ।

“यो नेपालको गौरव हो । हाम्रो संस्थाकोलागिपनि प्रतिष्ठाको विषय हो । हामीले सरकारसित आर्थिक सहयोग नमागिकनै यो आयोजना गर्दै आएका छौं” सांस्क्रितिक कार्यक्रम आयोजक नेपाली जनप्रगतिशिल मञ्चका पूर्व अध्यक्ष गंगा भुसालले नेपालप्लसलाई सुनाए ।

मञ्चका आध्यक्ष विशाल ढुंगानाको भनाईमा यो पर्व मञ्चले हरेक वर्ष आयोजना गर्छ । करिब पाँच वर्षदेखि शुरु गरिएको यो कार्यक्रम कोरोना भाईरसका कारण दुई वर्ष रोकिएको थियो ।

ढुंगानाले नेपाल र नेपालका विविध आयाम, धरोहरहरु चिनाउन यो कार्यक्रमले अग्रणी भूमिका खेलेको नेपालप्लसलाई बताए ।

साग्रा दा फामिलियाल

यसैबिच आइतवार साँझनै नेपाली जनसंपर्क समिति, स्पेनले नयाँ वर्ष २०८० को उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । गायक राजेश पायल राई प्रमुख गायकका रुपमा थिए ।

तपाइँको प्रतिक्रिया