बिहीबार, वैशाख १३, २०८१

प्रवाशमा सिंगो नेपाल र नेपाली रहेकाले पत्रकारिता र पुस्तक लेखनका लागि अथाह संभावना

नेपालप्लस संवाददाता / बार्सिलोना, स्पेन२०८० वैशाख ६ गते ०:५१

प्रवाशमा रहेका नेपालीहरुका लागि लेखन र पत्रकारिताका क्षेत्रमा अथाह संभावना रहेकोले त्यसलाई सदुपयोग गर्नुपर्नेमा लेखक तथा पत्रकार ददि सापकोटाले जोड दिएका छन् ।

नयाँ वर्ष २०८० को अवशसरका नेपाली जन संपर्क समिति स्पेनले राजधानी बार्सिलोनामा राखेको कार्यक्रममा लेखक सापकोटाले प्रवाशमा सिंगो नेपाल र नेपाली रहेकाले पत्रकारिता र पुस्तक लेखनका लागि अथाह संभावना, माग र स्रोतहरु रहेकोसमेत बताए ।

आफूले प्रवाशमा दैनिक गर्नुपर्ने काम सकेरपनि बचेको समय नेपाल र नेपालीकालागि पत्रकारिता र पुस्तक लेखन मार्फत मात्रिभुमीको सेवा गरेको बताउँदै आफ्नो कर्म भुमी र जन्मभुमीका लागि सेवा गर्न पाउने अवशर प्रवाशी नेपालीहरुमा रहेको भनाई उनको थियो ।

स्पेनको मुख्य पर्यटकिय शहर बार्सिलोनामा आयोजित कार्यक्रममा उनले पत्रकारिता सधैं प्रतिपक्षमा रहनुपर्ने र दुखि, निरिह, आवाज दमितहरुकालागि हुनुपर्ने औंल्याए ।

प्रवाशमा कामको सिलसिलामा चौबिसै घण्टा घटिनुपर्ने अवस्थामापनि पत्रकारिता र पुस्तक लेखनका विषयमा नेपालीले कसरि तारतम्य मिलाउन सक्छन् भन्ने विषयमा बार्सिलोनाका आम नेपालीको चासो रहेको पत्रकार बसन्त रानाभाटले जिज्ञासा राखेका थिए ।

आफू जन्मिएको देशले धेरै दिएकाले आफ्नो मात्रिभुमीप्रति सधैं क्रितज्ञ रहनुपर्ने र सकेको सेवा दिनुपर्ने बताउँदै सापकोटाले भने “हामीसित मात्रिभुमी र कर्मभुमी दुबैको सेवा गर्न पाउने अवशर छ । समयको उचित ब्यवस्थापन र कर्मभुमीप्रतिको जिम्मेवारीबोधले यो दुबै गर्न संभव छ । दुई समाज, दुबै देशको सेवा गर्न पाउनु हाम्रो लागि ठूलो अवशर हो । यसलाई सदुपयोग गर्नुपर्छ ।”

नेपाल र नेपाली समुदायको ईज्जत, प्रतिष्ठा बढाउन नेपाली समुदाय भाषा, संस्क्रिति, उध्योग, ब्यवशाय र ब्यापारमा अब्बल बन्नुपर्ने भनाई ददि सपकोटाको थियो ।

“हामी नेपालीहरु अब्बल हुन सक्यौं भने यो देशका आम नागरिककाबिचपनि हामी प्रशंसित, पुजनिय हुने छौं । त्यसले हामी र हाम्रो आगामी पुस्तालाईपनि नेपालीमुलको भनेर ईज्जत दिने छ, प्रतिष्ठा बढाउने छ” उनले भने ।

बिदेशमा धेरै महिला र पुरुषहरु ठगिएको, दलालको फन्दामा परेर दुख भोग्नु परेकोमा नेपाली मेडियाले अझै गम्भिर विषयहरु उठान गरेर नेपालीहरुलाई सचेत गराउनुपर्ने सुझाव सहभागिहरुले दिएका थिए ।

पन्छी जगत, त्यो नेपाल, दुखेको युरोप र वनको बैभव पुस्तकका विषय वस्तु र प्रवाशमा बसेर नेपाली भाषामा पुस्तक लेखनका कठिनाईका बारेमा बार्सिलोनाबासी नेपालीले अनेक जिज्ञासा राखेका थिए ।

लेखनका क्षेत्रमा अथाह संभावना रहेकाले प्रवाशको नेपाली पुस्तालाईपनि नेपाल र नेपाली समुदायसित जोड्नुपर्ने र त्यसको लागि नेपाली पाठशाला सन्चालन गरेर स्पेनबासी नेपालीले प्रशंसनिय काम गरेको बताए ।

कार्यक्रममा नेपाली जनसंपर्क समिति स्पेन, मगर समाज, नेपाली पाठशाला, एनआरएनए स्पेन, नेपाली ब्यवशायी, अनेसास स्पेन, विश्व नेपाली कलाकार संघ स्पेन, नेपाली जनप्रगतिशिम मञ्च स्पेन र राष्ट्रिय अनुसन्धान केन्द्रको युरोपका प्रतिनिधिहरुको सहभागिता थियो ।

तपाइँको प्रतिक्रिया