बिहीबार, चैत १५, २०८०

राष्ट्रिय कलाकारसहित पेरिसमा नेपाली नयाँ वर्षको रौनिक

फोटो- कविन्द्र कायस्थ२०८० वैशाख १० गते २१:३८

नेपाली समुदाय बिच सामाजिक सद्भाव र एकता कायम गर्ने उद्देश्यले पेरिसमा रहेका सबै नेपाली संघ सँस्थाहरुको आयोजनामा आइतवार नेपाली नयाँ वर्ष हर्षोल्लासपूर्वक मनाइयो ।

पेरिस नजिकै रहेको बोबिनी भन्ने शहरमा विशेष साँस्कृतिक कार्यक्रम तथा नाचगान गरेर मनाइएको उक्त कार्यक्रमको उद्घाटन फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले गर्नुभएको थियो ।

कार्यक्रमलाई संबोधन गर्दै उहाँले फ्रान्स तथा पोर्चुगलमा रहनुभएका नेपालीहरुको बिदेश बसाइ सुखद रहोस भन्ने कामना गर्नुभयो । उहाँले कठिन घडीमा देशकालागि बिदेशमा रहनुभएका नेपालीहरुले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

नेपालका राष्ट्रिय ख्याति प्राप्त कलाकारहरु नलिना चित्रकार, रुपक डोटेल र मल्लिका कार्कीको विशेष प्रस्तुती रहेको उक्त कार्यक्रममा स्थानिय कलाकारहरुले नृत्य तथा गायन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्थानिय कलाकारहरु उदय राज पान्डे, सुमन हाँग राइ, अस्मि थापा, क्रिष्टिना अधिकारी, दिलीप भट्ट, केन्जल अधिकारी, आकृति तामाङ, रोशिना अधिकारी, नविन परियार लगायत अन्य महानुभावहरुको नृत्य तथा गायन गजल तथा लोकगित गरी बेग्ला बेग्लै प्रस्तुती थियो ।

कार्यक्रम एनआरएनए फ्रान्स, मेजोँ कुल्चुरेल दु नेपाल, इनास फ्रान्स, नेपाली एकता समाज पेरिस, स्याङ्जा समाज फ्रान्स, गोर्खा समाज फ्रान्स, तमु समाज फ्रान्स, मगर समाज फ्रान्स, तामाङ समाज फ्रान्स, प्रवाशी नेपाली मन्च फ्रान्स, चितवन चौतारी फ्रान्स, म्याग्दी समाज फ्रान्स, जनप्रगतिशिल मन्च फ्रान्स र जनसम्पर्क समिती फ्रान्सले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

नेपाली खाना सहितको उक्त कार्यक्रमको सन्चालन महेन्द्र अधिकारी, समिक्षा थापा र राजेन्द्र श्रेष्ठले गर्नुभएको थियो भने एनआरएनए युरोपका महिला संयोजक पारु मल्लले उपस्थित सबैमा नयाँ वर्षको हार्दिक र शुभकामना दिनुभएको थियो ।

कार्यक्रमको मध्यान्तरमा गत हप्ता जर्मनीमा भएको यूरोपस्तरीय आठौँ इनास यूरोप नृत्य तथा पाचौँ गायन प्रतियोगितामा फ्रान्सका तर्फबाट प्रतिनिधित्व गरेका तीन स्थानिय कलाकारहरु आकृति तामाङ (गायन), अस्मी थापा (नृत्य) र केन्जल अधिकारी (गायन) लाई नेपाली राजदुत दीपक अधिकारीले खादा ओडाएर सम्मान गर्नुभएको थियो । यस कार्यक्रममा नृत्यतर्फ अस्मी थापाले दोस्रो स्थान प्राप्त गरेकी थिइन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक