शुक्रबार, चैत १६, २०८०

युरोपभर मे दिवस : कामदारहरूलाई थप सुविधा माग, केहि ठाउँमा झडप र दर्जन बढी पक्राउ

नेपालप्लस संवाददाता / फ्रान्स२०८० वैशाख १८ गते २२:१३

बेल्जियममा मे दिवश । फाईल फोटो-प्रेम पाठक

कोरोना भाईरस र रुस-युक्रेनपछि कमजोर मुद्रास्फीतिको समयमा मजदुरहरुलाई राम्रो तलब र सुविधाका सर्तहरूको लागि आह्वान गर्दै युरोपभरका मजदुरहरूले मे दिवस मनाएका छन् ।

मुद्रास्फीतिको चपेटामा परेका र आर्थिक न्यायको माग गर्दै सोमबार मे दिवस मनाउन श्रमिक, मजदुरहरु युरोपभरिका सडकमा उत्रिएका हुन् । कोभिड-१९ महामारीले विश्वलाई तालाबन्दीमा पुर्‍याउनुअघिदेखि नै कामदारको असन्तुष्टि व्यापक रुपमा देखिएको थियो । तर कोरोनापछि त्यसको बहाव चुलिएको हो ।

फ्रान्समा भने मजदुर युनियनहरुले राष्ट्रपती एमानुयल माख्रोंद्वारा केहि साता अघि पास गरेको पेन्सन सुधार बिधेयकबिरुद्द केन्द्रित भएको छ । मजदुरहरुले उक्त बिधेयकको बिरुद्द जुलुस गर्दा आक्रोशित प्रदर्शनकारीहरुबिरुद्द प्रहरीले केहि सेल अश्रु ग्याँस हानेको छ ।

फ्रान्सेली प्रहरीले कट्टरपन्थी प्रदर्शनकारीहरूलाई बैंकको झ्यालहरू तोडफोड गरेको आरोप लगाएको छ । युनियनहरूले राष्ट्रपतिलाई उच्च सेवानिवृत्ति उमेर ६२ बाट ६४ वर्ष बनाउने बिधेयक खारेज गर्न दबाब दिएका थिए।

स्पेनी वकिलहरूले हप्तामा तीन दिन बिदा लिने अधिकारको माग गरे।

मे १ लाई श्रम अधिकारको उत्सवको रूपमा विश्वभर मे दिवस भनेर मनाइन्छ । यस वर्षको जुलुसले व्यापक निराशालाई प्रस्फुटन गरिदिएको छ । जलवायु कार्यकर्ताहरूले पेरिसको लुइ भुतों संग्रहालयमा जलवायु परिवर्तनलाई इंगित गर्दै पेन्टिङ गरे ।

उता जर्मनीमा प्रदर्शनकारीहरूले महिला र पुरुष समलिंगी मानिसहरूलाई लक्षित गर्ने हिंसाको विरुद्ध प्रदर्शन गरेका छन् ।

कम्युनिष्ट समर्थकहरुले अघिल्ला वर्षहरुमा ब्यापक रुपले मे दिवश मनाउने गरेपनि रुसको मस्कोमा यो वर्ष भने उल्लेखनिय गिरावट देखिएको छ । रुस-युक्रेन युद्दको असरले गर्दा मे दिवशलाई ओझेल पारेको हो ।

फ्रान्समा पेन्सन आन्दोलन

फ्रान्सभरि, हजारौं युनियनहरूले अघिल्ला वर्षहरूको तुलनामा देशको सबैभन्दा ठूलो मे दिवस प्रदर्शन हो भन्ने देखाउन ठूलो जुलुस निकाले । राष्ट्रपति एमानुएल माख्रोंद्वारा पारिद सेवानिवृत्तिको उमेर ६२ बाट ६४ मा बढाउने हालैको कदमको बिरूद्ध परिचालन गरियो।

आयोजकहरूले पेन्सन सुधारलाई कडा संघर्ष गर्ने कामदारहरूको अधिकारको लागि खतराको रूपमा हेरेका छन् । तर माख्रोंको तर्क के छ भने युरोपेली अन्य मुलुकको तुलनामा फ्रान्समा सेवा निब्रित्तको उमेर सबैभन्दा कम छ, फ्रान्समा सरदर आयुको उमेरपनि बढेको छ र देशको आर्थिक विकासकालागि यो आवश्यक छ ।

प्रहरीले उग्रवादी प्रदर्शनकारीहरूको समूहले पेरिसमा पसलहरू र बैंकहरूका झ्यालहरू चकनाचूर पारेपछि दंगा प्रहरीले अश्रु ग्यास प्रहार गरेको बताएको छ । एक ब्यक्तिले निगरानी क्यामेरा भत्काउने क्रममा फिल्म गरिएको सामाजिक सन्जालमा देखाइएको छ । त्यसपछि फ्रान्सेली प्रहरीले ड्रोनहरु तैनाथ गरेर फिल्म खिचेको थियो । यो कदमले गोपनीयता रक्षकहरू र कार्यकर्ता समूहहरूमा चिन्ता खडा गरेको छ।

पेरिस प्रहरीले तोडफोडमा संलग्न ३० जनालाई पक्राउ गरेको छ भने लियों र नँत शहरमा पनि झडप भएको छ ।

वातावरणवादी, श्रमिक युनियनका कार्यकर्ताले सन् २०२४ पेरिस ओलम्पिकको समेत विरोध गरेका थिए । उनीहरुले देशलाई आर्थिक घाटा हुने, वातावरण थप प्रदुषित हुने र माख्रों असफल भएको भन्दै पेरिस ओलम्पिकको बिरोध गरेका हुन् ।

टर्कीमा प्रहरीले प्रदर्शनकारीहरूको समूहलाई इस्तानबुलको मुख्य स्क्वायर, ताक्सिममा पुग्नबाट रोक्यो । करिब एक दर्जन प्रदर्शनकारीहरूलाई हिरासतमा लिएको स्वतन्त्र टेलिभिजन स्टेशन सोज्कुले रिपोर्ट गरेको छ। प्रदर्शनकारीलाई जबरजस्ती प्रहरी भ्यानमा सारिएको फिल्म बनाउन खोज्ने पत्रकारहरूलाई पनि रोक लगाउने वा हिरासतमा लिइएको छ ।

स्पेनको लागि चार-दिन हप्ता प्रस्तावहरू

देशका शक्तिशाली युनियनहरूको नेतृत्वमा स्पेनभरि ७० भन्दा बढी जुलुस निकालिएको थियो । उनीहरुले मुद्रास्फीतिसँग तुलना गर्दै ईयु औसतको तुलनामा कम तलब नबढ्ने हो भने “सामाजिक द्वन्द्व” हुने चेतावनी दिएका थिए। उनीहरूले स्पेनमा हप्ताको चार दिन मात्रै काम गर्ने प्रस्तावलाई प्रोत्साहन गर्नुपर्ने आवाजसमेत उठाएका छन् ।

स्पेनमा निलो-कलर (ब्लु कोलार) लगाएका कामदारहरूले विरोध प्रदर्शनको नेतृत्व गरेका थिए । तर त्यहाँ चिकित्शकहरुले पनि अघिल्लो मन्दीको दागहरू बोकेको देशले कर्मचारीका लागि थप तलब र सुविधा माग गरेका छन् ।

जर्मनीमा महिला र समलिंगि (खासमा एल जि बि टी क्यु प्लस) व्यक्तिहरूमा निर्देशित हिंसाको बिरूद्ध विरोध गर्न मे दिवस केन्द्रित गरेको देखिएको थियो । नारीवादी र क्वियर समूहहरूले आयोजना गरेको “टेक ब्याक द नाइट” र्‍यालीसहित जर्मनीमा विरोधहरू सुरु भएको थियो । सहभागी र प्रहरीबीच बेलाबेलामा झडप भएका थिए । तर पनि ठूलो मात्रामा शान्तिपूर्ण प्रदर्शनमा हजारौं मानिसले भाग लिएका थिए । सोमबार जर्मनीमा मजदुर युनियन र वामपन्थी समूहहरूद्वारा धेरै र्‍यालीहरू गरेका छन् ।

इटालीको अति दक्षिणपन्थी भनेर चर्चित प्रधानमन्त्री जर्जिया मेलोनीको मन्त्रिपरिषद्ले श्रम दिवसमा कामका उपायहरू पारित गरेको छ । उसले मे १ लाई काम गर्ने दिनको रुपमा संकेत गर्न खोजेको छ। यसले कामदारहरूको लागि चिन्ता प्रदर्शन गरेको छ ।

तर विपक्षी सांसदहरू र युनियन नेताहरूले यो सरकारका यस्ता उपायहरूले तलब बढाउन वा अस्थायी अनुबंधमा कामदारहरू भर्ती गर्ने व्यापक अभ्यासको विरूद्ध लड्न केही नगर्ने आरोप लगाएका छन् । धेरै युवाहरू भन्छन् ‘उनीहरूले परिवार सुरु गर्ने बारे सोच्न सक्दैनन् वा आफ्ना आमाबाबुको घरबाट बाहिर जान पनि सक्दैनन् । किनभने उनीहरूले कामको अस्थायी सम्झौताहरू मात्र पाउन सक्छन्। त्यसले न घरभाडा लिन सकिन्छ न परिवार पाल्न ।’

मे दिवशकै क्रममा स्विजरल्याण्डमापनि प्रदर्शनकारीको सुरक्षाकर्मीसित झडप भएको छ । सोमबार दिउँसो जुरिचमा आतिशबाजी लगायतका वस्तुहरू प्रहार गरेपछि प्रहरीले प्रदर्शनकारीहरू विरुद्ध पानीको तोप र अश्रु ग्यास प्रयोग गर्‍यो।

जुरिचको केहि सार्वजनिक र निजि सम्पत्ती तोडफोड गरेको आरोप प्रहरीले लगाएको छ । करिब ११ जनालाई पक्राउ गरी अश्रु ग्याँस प्रहार गरेपछि स्थिति नियन्त्रणमा आएको प्रहरीले बताएको छ ।

सोमबार बिहानै बासेल प्रहरीले विभाजनकारी समूहहरूलाई अवैध प्रदर्शन गर्नबाट रोक्न हस्तक्षेप गरेको थियो।

मे दिवश युरोपको ग्रीस, पोल्याण्ड, हंगेरी, डेनमार्क, स्विडेन, फिनल्याण्ड लगायतका अधिकांश मुलुकमा मनाइएको छ । ति देशमापनि मजदुरहरुले आफ्नो असन्तुष्टी पोखेका छन् ।

(नेपालप्लससँगै एपी, फ्रंस २४ न्युज, स्विस इन्फो र युरोन्युज डट कम)

तपाइँको प्रतिक्रिया

फेसबुक