बिहीबार, चैत १५, २०८०

फ्रान्सको सैन्य परेडमा भाग लिँदै भारतीय प्रधानमन्त्री मोदी

नेपालप्लस संवाददाता / फ्रान्स२०८० वैशाख २५ गते १:२४

File Image Credit-India TV

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पेरिसमा सैन्य परेडमा भाग लिन आउने भएका छन् ।

राष्ट्रपति एमानुएल माख्रोंको निम्तामा जुलाई १४ मा फ्रान्सको बास्तिई डे मा सहभागि हुन लागेका हुन् ।

फ्रान्सले इन्डो-प्यासिफिक क्षेत्रमा गठबन्धनलाई बलियो बनाउन मोदी मार्फत् बलियो संकेत गर्न खोजेको देखिन्छ ।

मोदीको उपस्थिति र परेडमा भारतीय सेनाको सहभागिता हुने भनिएको छ । “फ्रान्स र भारत बीचको रणनीतिक साझेदारीमा नयाँ चरणको रूपमा चिन्ह लगाइनेछ,” माख्रोंको एलिजे प्यालेस कार्यालयले भनेको छ ।

दुई राष्ट्रहरूले “ठूलो संख्यामा औद्योगिक क्षेत्रहरू सहित रणनीतिक, सांस्कृतिक, वैज्ञानिक, शैक्षिक र आर्थिक सहयोगका लागि नयाँ उद्देश्यहरू तय गर्नेछन्,” एलिजे प्यालेसको बिज्ञप्तीमा छ ।

संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी राष्ट्रहरू जस्तै, फ्रान्सले इन्डो-प्यासिफिकमा भएका घटनाक्रमहरूलाई भविष्यको भूराजनीतिक शक्ति सन्तुलनको लागि महत्त्वपूर्ण रूपमा हेर्रेको छ र यस क्षेत्रमा संलग्नता बढाउँदै लगेको छ।

तर माख्रोंको मार्ग स्पष्ठ नदेखिएको भन्दै आलोचना गर्नेपनि छन् ।

जस्तै, गत महिना जब माख्रोंले चीनको राज्य भ्रमण गरे । त्यसलाई धेरै सहयोगीहरूले राष्ट्रपति सी जिनपिङसित अनावश्यक नजिक भएको भनेर आलोचना गरे । र सिजिनपिङको ताइवानलाई नियन्त्रण गर्ने उनको महत्वाकांक्षाको रूपमा माख्रों प्रयोग भएको भनेर आलोचना गरेका थिए।

भारतलाई आफ्नो पक्षमा तान्न व्यापक पश्चिमी प्रयासहरूले पनि संघर्ष गर्दै आएका छन् । मोदीको सरकारले मूल्य घटाएर रुसी तेल किन्न युक्रेनमा मस्कोको आक्रमणलाई लिएर प्रतिबन्धको अवसरलाई सदुपयोग गरेको छ।

“फ्रान्स र भारतले “विशेष गरी युरोप र इन्डो-प्यासिफिक क्षेत्रमा शान्ति र सुरक्षाको साझा दृष्टिकोण राखेका छन् । र संयुक्त राष्ट्र बडापत्रका उद्देश्य र सिद्धान्तहरूको रक्षा गर्छन्,” बिज्ञप्तीमा छ ।

भारत हालैका वर्षहरूमा फ्रान्सेली हतियारहरूका लागि पनि ग्राहक भएको छ, जसमा दासल्टको राफायल लडाकु विमानहरू पनि छन्।

तपाइँको प्रतिक्रिया

फेसबुक