शनिबार, वैशाख ८, २०८१

प्रवाशमा नेपालीको व्यक्तिगत जीवन राम्रो भएपनि नेपालको चिन्ता

नेपाली जनप्रगतिशील मोर्चा यूरोपको चौथो अधिवेशन सम्पन्न

नेपालप्लस संवाददाता / बेल्जियममा२०८० वैशाख २६ गते ०:२७

नेपाली जनप्रगतिशील मोर्चा, यूरोपको चौथो अधिवेशन ७ मे २०२३ आईतबारका दिन बेल्जियमको आन्ट्वेर्पेन शहरमा सम्पन्न भएको छ ।

मोर्चा, यूरोपका अध्यक्ष बिष्णु भुजेलको प्रमूख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले बदन योङहाङको नेत्रित्वमा २६ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ ।

नयाँ कार्यसमितीमा उपाध्यक्षद्वय मेख गुरुङ, पूर्णबहादुर विश्वकर्मा, महासचिव प्रदीप अधिकारी, सचिव इश्वरी शर्मा, विश्वबहादुर शाह, कोषाध्यक्ष शेरबहादुर छन्त्याल र सदस्यहरु रकेन्द्र घिमिरे, माकुना राई, दिल आले, बिष्णु शर्मा, इश्वर पाठक, सुशिला पराजुली, मुना राई, भक्त श्रेष्ठ, गंगालाल श्रेष्ठ, किरण श्रेष्ठ, रिकेश सेन्चुरी, रामदाश श्रेष्ठ, ईन्द्र न्यौपाने, टंक खड्का, प्रकाश बस्याल, भुवन सिंखडा, भिमबहादुर पुन, गोपाल रेग्मी, मोहन पुन छन् ।

उपस्थित अतिथिहरु, पत्रकार र जनसमुदायलाई अन्तर्राष्ट्रिय गीत र बदन योङहाङको स्वागत मन्तब्यबाट शुरु गरिएको उक्त अधिवेशनको उद्घाटन नेपाली जनप्रगतिशील मोर्चा, यूरोपका संस्थापक सल्लाहकार रामबहादुर गुरुङले चारवटा मैनबत्ती बालेर गर्नुभएको थियो ।

यूरोप मोर्चाको अधिवेशनलाई सफल बनाउन पोर्तुगल, जर्मनी, स्पेन, अमेरिका लगायतका देशहरुको मोर्चाका नेत्रित्व, प्रतिनिधि, प्रयवेक्षकहरुको उपस्थिती रहेको थियो । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी र अन्तर्राष्ट्रिय बिभाग इन्चार्ज तथा स्थायी समिती सदस्य प्रकाण्ड सीले मोर्चा, यूरोपको अधिवेशनलाई भब्य सफलताको लागि लिखित शुभकामना पत्र पठाउनु भएको थियो ।

त्यसैगरी नेपाली जनप्रगतिशील मोर्चा, मध्यपूर्व प्रथम सम्मेलन आयोजक समितिका संयोजक रमेश गिरी, नेपाली जनप्रगतिशील मोर्चा, कतार र साउदीले अधिवेशनको सफलताको लिखित शुभकामना पठाउनु भएको थियो ।

प्रवासी नेपाली मंच बेल्जियमकी अध्यक्ष चन्द्र कुमारी गुरुङले नेपाली व्यवसायी संघ बेल्जियमका महासचिव जगदिश सापकोटा, पर्वत समाज बेल्जियमकी अध्यक्ष दुर्गा गुरुङ, नेपाली जनप्रगतिशील मोर्चा अमेरिकाका अध्यक्ष विश्वबहादुर शाह, एनआरएन बेल्जियमकी महिला उपाध्यक्ष शुशीला खतिवडा, नेपाली जनप्रगतिशील मोर्चा जर्मनीका संयोजक भक्त श्रेष्ठ, नेपाली जनप्रगतिशील मंच युरोपका प्रतिनिधी कृष्ण तिवारी, नेपाली जनप्रगतिशील मंच बेल्जियमका अध्यक्ष प्रकाश पौडेल, नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलका अध्यक्ष पूर्णबहादुर विश्वकर्मा लगायतले शुभकामना दिनुभएको थियो ।

वहाँहरुले मन्तव्यको क्रममा देशमा धेरै विकृती बढ्दै गइरहेकोले देश बदल्न पर्ने जरुरी रहेको औंल्याउनुभयो ।

“हामी देश बदल्ने भन्छौं तर थुप्रै समूहमा विभाजित छौं र कमजोर छौं । हामी कसरी एक हुन सकिन्छ त्यसको खोज गर्न जरुरी छ । प्रवासमा भएका समस्याहरुलाई हल गर्न हामी बीचमा राजनैतिक वैचारिक बहसमा भएपनि एक ठाउँमा उभिने बेल्जियमवासी नेपालीहरुको संस्कारलाई निरन्तरता दिनुपर्छ” उहाँहरुको जोड थियो ।

त्यस्तै नेकपाको रणनैतिक र राजनैतिक निती र वैज्ञानिक समाजवादी सत्ताको रुप के हुन्छ भने जिज्ञासा राखेका थिए । तमु राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मनिष गुरुङ र तमुधि बेल्जियमकी अध्यक्ष प्रविणा गुरुङले कोशी प्रदेश नामाकरणलाई खारेज गर्न माग गर्दै पहिचान पक्षधर आन्दोलनमा ऐक्यवद्धता जनाउनुभएको थियो । उक्त कार्यक्रममा अनेसास बेल्जियमका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ बेल्जियमका उपाध्यक्ष डिल्ली अम्माईले मोर्चाको विगतको उपलब्धिमुलक राजनैतिक तथा सामाजिक कामको चित्रण गर्दै लिखित शुभकामना दिएका थिए ।

अधिवेशनको उद्धघाटन गर्नुभएका रामबहादुर गुरुङले नेपालको राजनैतिक अवस्थाको चर्चा गर्दै भन्नुभयो “हामी विदेशमा आईयो, यहाँ पनि नेपालीहरुको समस्या देखियो । ती समस्याको हल गर्न हाम्रो संगठनले थुप्रै पहल गर्यो । अहिले धेरै साथीहरुको व्यक्तिगत जीवन राम्रो छ तर हामीमा नेपालको चिन्ता छ र भइरहन्छ । त्यसैले हामी संगठित छौं । नेपालमा केही राजनैतिक परिवर्तन भयो तर समस्या ज्यूँकात्यू छ । अहिले देशमा अन्तर्राष्ट्रीय हस्तक्षेप द्रुत गतिमा बढीरहेको छ । नेपाल श्रमिक निर्यात गर्ने देश भइरहेको छ । यसबाट निकास दिन जरुरी छ ।”

कार्यक्रमका अध्यक्ष विष्णु भुजेलले अधिवेशनका क्रममा उठेका जिज्ञासाहरुको उत्तर दिँदै नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका आधार र नितीहरुको चर्चा गर्नुभएको थियो । कार्यक्रमको संचालन मोर्चा, बेल्जियमका अध्यक्ष मेख गुरुङले गर्नुभएको थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक