बिहीबार, चैत १५, २०८०

एनआरएनको नाम, लेटरहेड र लोगो नहटाए कारवाहि गर्ने भन्दै घलेसहित डेढ दर्जनलाई पत्र

नेपालप्लस संवाददाता / काठमाडौं२०८० जेठ १ गते १७:१७

गैर आवासीय नेपाली संघ (एनआरएनए) को नाम, लोगो र लेटरहेड नहटाएमा एनआरएनएको नाममा अर्को संस्था खोल्ने शेष घले लगायतका डेढ दर्जनमाथि कारवाहिको कानुनी प्रक्रिया अगाडि बढाइने भएको छ ।

गैर आवासीय नेपाली संघ (संस्थापन पक्ष) को केन्द्रिय कार्यालयका प्रमुख कार्यकारी अधिक्रित रवि किरण अधिकारीको हस्ताक्षरसहित केन्द्रिय कार्यालयले सोमबार यस्तो चेतावनी दिएको हो ।

एनआरएनएले गैर आवासीय नेपाली संघसित संवन्धित सात वटा नाम र त्यसका नाममा रहेको लोगोमाथि संस्थाको ट्रेड मार्क, एकाधिर रहेको र अन्य कसैले त्यसको नक्कलसमेत गर्न नपाउने भएकाले लोगो, लेटरहेड र नाम प्रयोग नगर्न घले सहित उनी पक्षका केन्द्रिय पदाधिकारीहरुलाई परिपत्र गरेको छ ।

एनआरएनएका नाममा बनाएको लोगो, लेटरहेड वा अन्य सामाग्रि नस्ट गरेर १५ दिनभित्र त्यसको जानकारि एनआरएनएलाई दिन समेत पत्र मार्फत् उर्दि जारि गरिएको छ । यदि अटेर गरेर चलाएमा कानुनी कारवाहि गर्ने चेतावनीसमेत एनआरएनएले दिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक