बिहीबार, वैशाख १३, २०८१

अष्ट्रेलियाको अन्तर्राष्ट्रिय दौडमा नेपाली

नेपालप्लस संवाददाता / फ्रान्स२०८० जेठ १ गते १८:०१

अष्ट्रेलियाको ब्लु माउन्टेनमा भएको अन्तर्राष्ट्रिय दौडमा एक नेपालीले भाग लिएका छन् ।

गोरखाका नेपाली अन्तर्राष्ट्रिय धावक डिना बगाले शनिवारबाट शुरु भएको ब्लु माउन्टेन दौडमा सहभागि भएका हुन् ।

विश्वका सात हजार पाँच सय ब्यक्ति सहभागि उक्त ब्लु माउन्टेन दौडमा डिना बगाले २५ औं स्थान ओगट्न सफल भएका थिए ।

कुल २६ घण्टा समय दिईएको उक्त दौड बगालेले १३ घण्टा ४६ मिनेटमा पुरा गरेर २५ औं स्थान ओगट्न सफल भएका हुन् ।

उक्त दौडको आयोजना आइरोनमेन भन्ने साहसिक खेल आयोजक संस्थाले गरेको हो । यो ब्लु माउन्टेन दौडको नाम अल्ट्रा अस्ट्रेलिया युटिएमबी राखिएको थियो । युटिएमबी भन्ने फ्रान्सको एक संस्था हो जुन अष्ट्रेलियाको दौड आयोजना गर्ने संस्थाको साझेदार रहेको छ ।

‘अष्ट्रेलियामा गएर विश्वका धावकमाझ नेपाली झण्डा उचाल्दै दौड गर्न पाईयो । नयाँ ठाउँ त हेर्न पाईयोनै, नेपालको नामपनि प्रचार गर्न पाएँ । नेपाली झण्डा उचालेको देखेर केहि नेपाल प्रेमी अष्ट्रेलियालीले पनि उचाले र नेपाल नेपाल भनेर चिच्याए” बगालेले सुनाए ।

१०० किमीको उक्त दौड आयोजित ब्लु माउन्टेन क्षेत्रमा उकालो र ओरालो धेरै भएकाले कठिन मानिन्छ । तरपनि अत्यन्त मनोरम, सुन्दर क्षेत्र भएकाले भरपुर आनन्द लिएको बगालेले बताए । उनले अन्य नेपालीहरुसमेत सहभागि हुने आशा गरिएपनि आफू एक्लो नेपाली रहेको नेपालप्लसलाई बताए ।

‘अष्ट्रेलियामा धेरै नेपाली छन् । अरु नेपालीहरुपनि आउलान् भन्ने आशा गरेको थिएँ । तर त्यत्रो दौडमा म एक्लै नेपाली पो रहेछु ।”

तपाइँको प्रतिक्रिया