शनिबार, वैशाख ८, २०८१

जुनको पहिलो हप्ता पेरिसमा नेपाल महोत्सव

नेपालप्लस संवाददाता / फ्रान्स२०८० जेठ ९ गते १९:०९

नेपाली मेला, फाईल फोटो-नेपालप्लस

फ्रान्सको राजधानी पेरिसस्थित नेपाली सांस्क्रितिक गृहले जुनको पहिलो सप्ताहन्तमा नेपाल महोत्सव आयोजना गर्ने भएको छ ।

मेला जुन महिनाको तीन तारिख शनीवार र चार तारिख आईतवारका दिन हुने भएको हो ।

मेलाबाट उठेको सांगितिक साँझ कार्यक्रमको नाफा महाविर पुन संस्थापक रहेको नेपाल आविष्कार केन्द्रलाई सहयोगस्वरुप दिईने भएको छ ।

नेपाली नेपाली सांस्कृतिक गृहले हरेक वर्ष यस्तो महोत्सव आयोजना गर्दै आएको छ । यस पटक आयोजना गर्न लागिएको मेला १८ औं हो ।

मेलामा नेपाली हस्तकलाका सामाग्रि, नेपालका बिभिन्न वस्तुका उपहार सामाग्रि, चित्रकला प्रदर्शनी, कुमारी रथ यात्रा, लाखे नाच र अन्य विविध सांस्क्रितिक कार्यक्रम आयोजना गरिन्छ । मेलामा सेलरोटी, पकौडा, ममका साथै बिभिन्न नेपाली परिकारपनि राखिन्छ । नेपालबारे बिभिन्न क्षेत्रका बिज्ञ, अनुसन्धानकर्मीको रोचक प्रस्तुतिसमेत राखिएको छ ।

यस पटकको मेलामा गायक राजेश पायल राइको सांगितिक साँझ समेत राखिएको छ । सो कार्यक्रमबाट उठेको मुनाफा नेपाली बैज्ञानीक महावीर पुन मार्फत नेपाल राष्ट्रिय आविस्कार केन्द्रलाई आर्थिक सहयोग स्वरुप हस्तान्तरण गरिने छ ।

तपाइँको प्रतिक्रिया