शनिबार, वैशाख ८, २०८१

डिजिटल उपकरणको अधिक प्रयोगले आँखामा मायोपियाको जोखिम बढ्दै

नेपालप्लस संवाददाता / काठमाडौं२०८० जेठ १३ गते १२:५७

डिजिटल माध्यामहरुको बढ्दो प्रयोगले विश्वभरिनै आँखामा मायोपिकको जोखिम बढ्दै गएको भन्दै सचेतना अपनाउनुपर्नेमा विशेषज्ञहरुले जोड दिएका छन् ।

नेपाल नेत्रज्योति संघ अन्तर्गतको पूर्वाञ्चल क्षेत्रिय आँखा उपचार कार्यक्रमको विराटनगर आँखा अस्पतालको आयोजनामा विराटनगरमा सम्पन्न मायोपिया सम्बन्धि कार्याशाला गोष्ठीमा सहभागिहरुले विश्व मायोपिया सचेतना सप्ताहका अवसरमा समयमै सचेत भएर सावधानी अपनाए यो जोखिमबाट बच्न सकिने कुरामा जोड दिएका हुन् ।

विराटनगरमा शुक्रवार एक कार्याशाला गोष्ठी गरिएको थियो ।

आँखामा देखिने मायोपिया रोग विशेषगरी स–साना बालबालिकामा बढी देखिने गरेको छ । विश्व स्वास्थ्य संगठनले सन् २०५० सम्ममा विश्वको आधी जति जनसंख्या मायोपिक हुनसक्ने अनुमान गरेको छ ।

पहिले देखि मायोपियाको समस्या रहेका आमा–बुवाबाट जन्मिएका सन्तानमा मायोपियाको सम्भावना बढी देखिएको छ । त्यस्तै, कम्प्युटर, मोबाइल तथा भिडियो गेममा धेरै समय विताउने बालबालिकामा पनि मायोपियाको समस्या हुने बिज्ञहरु बताउँछन् ।

मायोपिया भएमा व्यक्तिले टाढाको वस्तु धमिलो देख्ने गर्दछ । सामान्य आँखाले हेर्दा कुनै पनि वस्तुलाई टाढाबाट हेर्दा उक्त वस्तु हाम्रो आँखाको दृष्टि पर्दा अर्थात रेटिनामा आएर केन्द्रित (फोकस) हुने गर्छ । तर मायोपिया भएमा उक्त वस्तु आँखाको दृष्टि पर्दा भन्दा अगाडीको भागमा फोकस भएको कारण दृष्टि धमिलो हुने गर्छ ।

विश्वमा मायोपिया सचेतना सप्ताह मे २२ देखि २६ मे सम्म चलिरहेको थियो । यसको अवसरमा नेपाल नेत्र ज्योति संघ अन्तर्गतको पूर्वाञ्चल क्षेत्रिय आँखा उपचार कार्यक्रमको विराटनगर आँखा अस्पतालले एक दिने मायोपिया सम्बन्धि कार्याशाला गोष्ठीको आयोजना गरेको थियो । जसमा कोशी प्रदेश तथा मधेश प्रदेशका नेत्र विशेषज्ञ, दृष्टि विशेषज्ञ तथा नेत्र सहायकहरु गरि करीब २ सय जना सहभागी भएका थिए ।

सूचना प्रविधिको विकास सँगै आम मानिसले आफनो दैनिक क्रियाकलापलाई चलायमान बनाउन घण्टौं सम्म मोबाईल, ल्यापटप, टि।भि जस्ता डिजिटल माध्यामहरुमा समय व्यतित गर्ने परिस्थिति सिर्जना भएको छ । त्यसले गर्दा आँखाको समस्यामा दिनानुदिन बढोत्तरी हुँदै गईरहेको छ ।

यसरी लामो अवधिसम्म घर वाहिरको वातावरणमा कार्य नगर्दा आँखामा हुने एउटा जोखिमको रुपमा मायोपिया देखा परेको छ । मायोपिया भएको व्यक्तिले टाढाको वस्तु धमिलो देख्ने गर्दछ । मायोपिया भएमा टाढाको वस्तु हेर्दा आँखाको दृष्टि पर्दा भन्दा अगाडीको भागमा केन्द्रित (फोकस) भईरहेको हुन्छ ।

मायोपियाबाट बच्न वच्चाहरुलाई मोबाईलको प्रयोगबाट जोगाउने, दैनिक कम्तिमा २ घण्टा वाहिरी वातावरणमा खेल्ने व्यवस्था मिलाउने तथा समय समयमा नियमितरुपमा आँखा जाँच गराउनु पर्ने बताउँछन् विराटनगर आँखा अस्पतालका दृष्टि विशेषज्ञ पंकज राय अधिकारी ।

कार्यशाला गोष्ठीमा एल।भी। प्रसाद आई ईन्सिटच्युट, हैदराबाद भारतका डा। पवन भेर्किचर्ला र स्वपनिल ठाकुर तथा विराटनगर आँखा अस्पतालबाट डा। पवन श्रेष्ठ तथा पंकज राय अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक