बुधबार, वैशाख १२, २०८१

भाङको चमत्कार : इन्धन कम खाने, कार्बनडाईअक्साईड घटाउने

नेपालप्लस२०८० जेठ १६ गते ९:५९

भाङको खेतीलाई घटाउन अझ केहि देशमा त झन निमिट्यान्नैपार्न लागिरहेका छन् । तर फ्रान्समा भने यसको खेति फस्टाईरहेको छ, पछिल्लो केहि वर्षदेखि । हजारौं वर्ष पुरानो यो विरुवाले कार्बनडाई अक्साईड कम गर्न सहयोगि हुन्छ भन्ने रहस्य भने हालसालै खुलेको छ । गाडीको डिस्प्लेमा भाङका रेशा पिनेर मिसाएको धुलोले गाडीको वजन घटाउनुकासाथै इन्धनपनि कम खपत हुने पुष्टि भएको छ । त्यसैले भाङको प्रशंसा वातावरणिय क्षेत्रमा बढ्दो छ ।

फ्रान्समा भाङको विरुवालाई सिँचाई गर्नुपर्दैन । सायद अन्य देशमापनि नपर्ला । कुनै औषधी हाल्नु पर्दैन । किराबाट जोगाउने खाँचोपनि छैन । यसमा रोगपनि लाग्दैन । भाङ हुर्काउन कुनै ठूलो मेहनत र कस्ट छैन । बाहिरि रेशाहरु बलिया, शक्तिशाली हुन्छन् ।

त्यति मात्रै कहाँ हो र ? यसको डाँठपनि काम लाग्छ । बार लगाउन, टोकरीहरु बनाउन । सजावटका रुपमा प्रयोग गर्न । त्यसलाई धुलो पारेर घर निर्माणमापनि लगाउन सकिन्छ । अझ महत्वपूर्ण इन्सुलेसनका रुपमापनि यो उत्तिकै उपयोगि हुन्छ ।

मान्छेको दिमाखमा भाङ र गाँजालाई एकै हो भन्ने भ्रमपनि छ । यिनको निकट संवन्ध छ, काका भतिजा भनेजस्तो । तर एकै होइनन् । एकै जातका भने हुन् । गाँजामा जति यसमा टेट्राहाईड्रोकानाबिनोल भन्ने तत्व हुन्न । यो तत्वले झुम्म पार्ने, टाउको रिँगाउने गराउँछ । अर्थात् मानसिक रुपमा प्रभाव पार्ने गर्दैन । त्यो तत्व भाङमा कम हुन्छ ।

टेट्राहाईड्रोकानाबिनोल यस्तो तत्व हो जसले टाउकोलाई गह्रुंगो बनाउँछ । तर भाङमा नगण्य हुन्छ । यसमा ट्र्टेट्राहाईड्रोकानाबिनोलको मात्रा शुन्य दशमलव दुई प्रतिशत भन्दापनि कम हुन्छ । तर गाँजाको रुखमा त्यो १० प्रतिशत भन्दा बढि हुन्छ । त्यसैले फ्रान्समा भाङको खेतीलाई आधिकारिक रुपमा मान्यता दिइएको छ । ब्यापकरुपमा खेति गरेपछि सेन्थेटिक फाईबरकालागि छोडिन्छ । यहि कारणले फ्रान्समा यसको खेतीले ऐतिहासिक ‘रेकर्ड’ बनाइरहेको छ । गत तिन दशकमा फ्रान्सले तिन गुणा बढि उत्पादन क्षेत्र बढाएको छ । युरोपमा भाङको उत्पादन गर्ने फ्रान्स पहिलो नंबरमा छ ।

त्यसैले भाङमाथि गरिएका पूर्व अनुसन्धानहरुमा गडबडी थियो भन्ने अहिले ज्ञान मिलेको छ । फिब्र डेभलपमेन्ट ल्याब्रेटोरी (प्रयोगशाला) मा यसलाई उद्योगका रुपमा विकास गर्न परिक्षणहरु भएपछि त्यो रहस्य खुलेको हो । अहिले फ्रान्समा भाङबाट इन्सुलेसन (तातोचिसो सन्तुलनमा राख्ने तरिका) को लागि काम भैरहेको छ । उनीहरुले यसलाई अझै प्रभावकारि साधन उत्पादन गर्न लागिरहेका छन् । अहिले जाडोमा लगाउनलागि जुत्ताहरु न्याना होउन् भनेर उनीहरुले जुत्तामा भाङको रेशाबाट बनेको धुलो प्रयोग गर्न थालेका छन् ।

हाल फ्रान्समा भाङलाई अझ मिहिन पारेर उत्पादनको काम भैरहेको छ । गाडी कम्पनीहरुले यसको प्रयोग गर्न थालेका छन् । भाङका रेशालाई धुलो पारेर कारको ‘डिस्प्ले’ मा प्रयोग गर्न थालिएको छ जसले गर्दा गाडीको डिस्प्लेले तापक्रमलाई सन्तुलनमा राखोस् । हाल उनीहरुले डिस्प्लेको सामाग्रिमा २० प्रतिशत भाङका रेशाको धुलो प्रयोग गर्न थालेका छन् । बाँकी ८० प्रतिशत प्लास्टिक प्रयोग हुन्छ । त्यसले गाडीलाई हलुका बनाइदिन्छ र त्यसलाई ‘रिसाईकल’ गरेर प्रयोगमा ल्याउनपनि सकिन्छ । फ्रान्सको एपिएम भन्ने कम्पनीले हाल यो अधिक प्रयोग गरिरहेको छ ।

हाल ३० लाख कारहरुमा भाङका रेशाबाट बनेको सामाग्रि प्रयोग भैरहेको छ । फ्रान्सका प्रसिद्द गाडीहरु पजो ३०८, सिथ्रोइयँ डिएस ७ र रनोले प्रयोग गरिरहेका छन् । सिसामा भाङको फाइबर प्रयोग गर्दा गाडी उज्यालोसमेत हुने उल्लेख छ ।

अहिले फ्रान्सको क्लियो भन्ने गाडीमा प्रयोग गर्दा १५ देखि २५ प्रतिशतसम्म गाडीको वजन् घटेको दाबी गरिएको छ । यसरि गाडी हलुका हुँदा गाडीले इन्धन कम खपत गर्छ । त्यसैले गर्दा कार्बनडाईअक्साईड कम फाल्छ । गाडीको खर्चपनि घट्छ ।

तपाइँको प्रतिक्रिया