बिहीबार, वैशाख १३, २०८१

पेरिसमा नेपाल महोत्सव (फोटो फिचर)

नेपालप्लस संवाददाता / फ्रान्स२०८० जेठ २१ गते ९:३५

नेपाली कला, संस्कृति, पर्यटन र सम्पदालाई फ्रान्समा प्रवर्धन गर्न दुई दिने नेपाल महोत्सव चलिरहेको छ ।

नेपाली सांस्कृतिक गृहले करिब दुई दशकदेखि यस्तो महोत्सव आयोजना गर्दै आएको हो । यो पटकको १८ औं महोत्सव आइतवार साँझसम्म चल्ने छ ।

नेपाली दुतावास पेरिसका राजदूत दिपक अधिकारीले महोत्सवको उद्घाटन गर्दै यहाँका फ्रान्सेलीलाई नेपालको विविधितका बारेमा जानकारी दिने, पर्यटन प्रवर्द्धन गर्ने, दोस्रो पुस्तालाई नेपालबारे जानकारी दिने र दुई देश बीचको सम्बन्धलाई अझ सुमधुर बनाउने काम यो महोत्सवले गरेको बताए ।

“यहाँका संघसंस्था, नेपाली, फ्रान्सेली नेपालप्रेमी, अध्यताहरुले विभिन्न खोज अनुसन्धान र कला संस्कृतिको माध्यमले नेपाललाई प्रवर्धन, प्रचार प्रसार गरिरहनु भएको छ । दुई देशको सुमधुर संवन्धलाई अझै बलियो र मैत्रिपूर्ण बनाउन मद्दत गरिरहनुभएकामा म यहाँहरुको सह्राहना गर्दै विशेष धन्यावाद दिन चाहन्छु” राजदुत अधिकारीले भने ।

महोत्सवको पहिलो दिन शनिवार काठमाडौं उपत्यकाको संस्कृति उजागर गर्ने जिवित देवी कुमारीको रथ तान्नुको साथै लाखे नाच देखाइएको थियो र आइतवारपनि देखाउने कार्यक्रम छ ।

नेपाली रहनसहन र मौलिक स्वाद चखाउन मम, सेलरोटी, लड्डु, नेपाली चिया, दालभात, अचारको ब्यवस्था गरिएको छ । चिउरा, दालमोट, अचार लगायतका बिभिन्न नेपाली खाध्य वस्तुका साथै नेपाली हस्तकलाका बिभिन्न स्टलहरु राखिएका छन् ।

बिभिन्न स्थानिय कलाकारहरुले नेपालको विविध जनजाति र समुदायका न्रित्य र संगित प्रस्तुत गरिरहेका छन् । लोकप्रिय सुकर्म सांगितिक समुहले प्रस्तुत गरेको शास्त्रिय संगित फ्रान्सेलीहरुका लागि विशेष आकर्षक बनेको छ ।

महोत्सवमा नेपालका विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने नेपालप्रेमी अध्यताहरुले नेपालको विविध विषयमाथि प्रवचन दिईरहेका छन् ।

नेपाली कलाकार सन्ध्या मिश्रका कलाहरुको छुट्टै स्टलसमेत छ ।

फ्रान्सेलीहरुलाई नेपाली स्वादको मम बनाउने तरिका सिकाउने ब्यवस्थासमेत गरिएको छ । महोत्सव आइतवार साँझ समापन हुने छ ।

तपाइँको प्रतिक्रिया