शुक्रबार, वैशाख ७, २०८१

पेरिसमा कुमारीको रथसहित साकेलाको रौनक (फोटोहरु)

नेपालप्लस संवाददाता / फ्रान्स२०८० जेठ २२ गते २०:०७

आईतवार फ्रान्सको राजधानी पेरिसमा किराँत राईहरुको विशेष नृत्य साकेलासहित जिवित देवी कुमारीको रथ तानियो । साकेला किराँत र राईहरूको महत्त्वपूर्ण चाड पनि हो ।

नेपाली सांस्क्रितिक गृह, फ्रान्सले नेपालका विविध सांस्कृतिक वैभवहरुलाई उजागर गर्ने र पर्यटन प्रवर्धन गर्ने उद्देश्यले दुई दिने महोत्सव आयोजना गरेको थियो ।

नेपालीहरुमाथ पुस्तक लेखन, प्रकाशनबारे बहस चलाउन र पठन संस्कृतीलाई बढावा दिन नेपाली पुस्तकहरुको स्टल समेत राखिएको थियो ।

उक्त महोत्सवमा शनिवार जस्तै विविध नाचगान, नेपाली खानाको परिकार लगायत नेपाली खाध्य वस्तु र हस्तकलाका बिभिन्न स्टलहरु थिए । आइतवार किराँत समुदायको महत्वपूर्ण साकेला नाच देखाइएको थियो । शनिवार जस्तै महोत्सव गीत, नृत्य त संगितले गुन्जायमान थियो।

आइतवारनै गायक राजेश पायल राईको एकल गायनमा सांगितिक साँझ आयोजना गरिएको थियो । यसको प्रमुख भूमिका कबिन्द्र कायस्थले खेलेका थिए । राईको सांगितिक साँझमा सयौं नेपाली रमाएका थिए ।

तपाइँको प्रतिक्रिया

फेसबुक