मंगलबार, वैशाख ११, २०८१

फ्रान्सेली विपक्षी सांसदहरू पेन्सन खारेजी विधेयक पारित गर्न असफल

नेपालप्लस संवाददाता / फ्रान्स२०८० जेठ २६ गते १५:२७

फ्रान्सेली राष्ट्रपति एमानुएल माख्रोंको निवृत्तिभरण सुधारका विपक्षीहरू बिहीबार एक खारेज बिल पारित गर्न असफल भएका छन् । उनीहरूको यो प्रयास सेवानिवृत्ति उमेर ६२ मा कायम राख्नको लागि पछिल्लो प्रयास स्वरुप आएको हो ।

मध्यमार्गी धारका विपक्षी एल आ ई ओटी (लिओट) समूहका सदस्यहरूले जुन ८, २०२३ मा पेरिसको राष्ट्रिय सभामा फ्रान्सेली संविधानको प्रतिलिपिहरू देखाउँदै बिरोध गरेका थिए ।

मध्यमार्गी धारका विपक्षी समूह लिओट्ले चर्को बहस सुरु भएको केही घण्टा पछि आफ्नो विधेयक फिर्ता लिने निर्णय गरेको थियो । उनीहरुले यो बिधेयकको पाठ यसको प्रारम्भिक सामग्रीबाट खाली गरिएको वा केहि पाठहरु हटाएको आरोप लगाएर बिपक्षीमा उत्रिने बताएका हुन् ।

माख्रोंको अलोकप्रिय पेन सुधारले सन् २०३० सम्ममा कानुनी सेवानिवृत्तिको उमेर ६४ वर्ष पुर्‍याउने लक्ष्य लिएको छ ।

लिओट् समूहका बर्ट्रान्ड पञ्चरले भनेका छन् “यो पेन्सन सुधार लागू गरिएको छ, तर हाम्रा सहयात्री नागरिकहरूको लागि कुन मूल्यमा ? जसले यस सुधारको प्रभावबाट बढी पीडित हुनुपर्ने छ तिनले कुन मूल्य तिर्ने ? …. र केमा ? हाम्रो लोकतन्त्र, हाम्रो सामाजिक एकताको लागि लागत तिर्ने ?

खारेज विधेयकलाई वामपन्थी र अतिदक्षिणपन्थीले समर्थन गरेका थिए ।

माख्रोंको केन्द्रवादी पार्टी ‘रनेसँस’ को संसदको तल्लो सदन राष्ट्रिय सभामा बहुमत छैन । तर यसले विपक्षीहरूको प्रयासलाई असफल पार्न केही रिपब्लिकन सांसदहरूसँग गठबन्धन गरेको छ । फलस्वरूप, गत हप्ता सामाजिक मामिला समितिले समीक्षा गर्दा विधेयकबाट अवकाशको उमेर तोक्ने मुख्य धारा हटाइएको थियो ।

वामपन्थी सांसदहरूले अब माक्रोंको सरकारलाई विश्वासको मतको लागि आग्रह गर्नेछन्, जुन अर्को हप्ताको सुरुमा हुनेछ । अर्को हप्ता सरकारसित विश्वासको मत पुग्छ कि पुग्दैन भनेर मतदान हुनसक्ने देखिएको छ । माख्रोंको सरकार अघिल्लो विश्वासको मतबाट बचेको थियो ।

संसदमा सबैभन्दा दक्षिणपन्थी पार्टी नेशनल र्‍याली समूहका नेता मारिन ल पेनले सरकारसँग विधानसभामा वा फ्रान्सेली जनताको बीच विधेयकमा कतैपनि बहुमत नभएको बताएकि छन् । “ सत्य के भने तिमीहरु भोटसँग डराउँछौ । वास्तवमा तिमीहरु जनतासँग डराउँछौ । त्यसको नतिजा के भने तिमीहरुले ल्याएको पेन्सन सुधार अवैध छ” उनले संसदमा भनिन्।

माख्रोंको सेवानिवृत्तिको उमेर बढाउने कदम आफूसित पर्याप्त भोट बिना संसद मार्फत मापन गर्न बाध्य पारियो । सार्वजनिक भावनाहरू भड्काईयो र फ्रान्सका केही वर्षहरूकै सबैभन्दा ठूलो प्रदर्शनहरूलाई प्रेरित गरियो। तर पेन्सन सुधारलाई लिएर उठेको आक्रोशको तीव्रता मे १ मा पछिल्लो ठूलो विरोध प्रदर्शन र अप्रिलमा कानून बनेपछि घटेको छ ।

पछिल्ला केहि हप्तादेखि एमानुयल माख्रोंले फ्रान्सलाई पुन: औद्योगिकीकरण गर्ने, काम गर्ने अवस्था सुधार गर्ने र नयाँ अध्यागमन विधेयकलाई अन्तिम रूप दिने वाचा गर्दै केही अन्य परिवर्तनहरूमा जनताको ध्यान केन्द्रित गर्न खोजेका छन्। यद्यपि संसदमा बहुमत नभएको उनको सरकारले अधिकांश उपायहरू पारित गर्न संघर्ष गरिरहने आँकलन गरिएको छ।

तैपनि केही थप सहमतिका पाठहरू राष्ट्रिय सभाले हालैका हप्ताहरूमा स्वीकृत गरेको छ। पास भएका बिधेयक मध्ये युक्रेनमा युद्धको परिणाम स्वरूप, अघिल्लो समयसीमाको तुलनामा २०२४-२०३० को अवधिको लागि फ्रान्सको सैन्य खर्च एक तिहाइ भन्दा बढि बढाउने प्रमुख बिल समावेश छ।

बुधबार ४०८ सांसद र विपक्षमा ८७ जनाले बहुमतले पारित गरेको हो । विधेयक अब सिनेटमा जाँदैछ, जहाँ यो अनुमोदन हुने अपेक्षा गरिएको छ।

तपाइँको प्रतिक्रिया

फेसबुक