मंगलबार, चैत ६, २०८०

सम्पादकीय नीति

नेपालप्लस अनलाइन पत्रिकाको उदेश्य सत्य, तथ्य र निष्पक्ष समाचार प्रस्तुत गर्नु हो । समाजमा भइरहेका गतिविधिले मानव जीवनमा पार्ने सकारात्मक नकारात्मक प्रभावको सही विश्लेषण पस्किनु हाम्रो प्राथमिकता हो । अनलाइन समाचार संस्थाहरूको भीडमा परम्परागत शैलीका प्रकाशनहरु भन्दा भिन्न र विश्लेषणात्मक अनलाइनको रुपमा नेपालप्लस सञ्चालनमा आएको छ । सतही, अपुष्ट समाचार र त्यसका कारण पाठकहरुमा उत्पन्न अन्यौलता चिर्ने मात्र होइन समाचारको गहिराइसम्म पुगेर मिहिन अध्ययन अनुसन्धान गरी पाठकसम्म पुर्‍याउने काममा नेपालप्लस टीम प्रतिबद्ध छ ।

विश्वको कुना कुनामा बसिरहेका नेपालीहरू नेपालप्लसमा प्रकाशित समाचारबाट लाभान्वित होउन् भन्ने हाम्रो लक्ष्य त छ नै, उनीहरूलाई सम्बन्धित देशका अवसरहरू, त्यहाँको भूगोल, सामाजिक र राजनीतिक परिवेश समेत जानकारी होस जसले गर्दा प्रवासी नेपालीको दैनिक जीवनमा समेत सहयोग पुगोस् भन्ने उद्देश्य नेपाल प्लसले राखेको छ ।

पत्रकार आचारसंहिता

व्यवसायीक पत्रकारिताका विश्वव्यापी मान्यतालाई उच्च सम्मान गर्दै प्रचलित राष्ट्रिय अन्तराष्ट्रिय आचारसंहिता पालना गर्न नेपालप्लस टीम प्रतिबद्ध छ ।

तथ्य र विश्वसनियता

समाचार प्रकाशन र प्रसारणमा तथ्य मूलक तथा विश्वसनीयता हाम्रो पहिलो प्राथमिकतामा छन् । विश्वसनीयता पुष्टि नभएका र आधाररहित समाचारहरू प्रकाशन गरिँदैन।

समाचारको विश्वसनीयताका लागि सम्भव भएसम्म श्रोतको लिङ्क खुलाएर, समेटेर प्रकाशित गरिन्छ ।

प्राथमिकता

मुलुक भित्र र बाहिर रहेका आम नेपालीहरूको सरोकारका विषयहरू नै हाम्रो प्राथमिकतामा हो । मुलुक बाहिर नेपालीहरूको सङ्ख्या पनि यथेष्ट रहेको हुँदा उनीहरूको दैनिक जीवनसँग सरोकार राख्ने र आम मानिसका रुचिसँग सम्बन्धित एवम् अन्तर्राष्टिय स्तरका राजनीति, साहित्य, संगीत, कला जस्ता विषयहरू समेटन हाम्रो प्रयास हुन्छ । राष्ट्रिय राजनीतिका अलावा मूल प्रवाहका सञ्चार माध्यमले नसमेटेका विषयहरूको खोजी गरी प्रकाशित गरिन्छ ।

समाचारका स्रोत

विभिन्न देशमा रहेका नेपालप्लसका आफ्नै सम्पादकीय प्रतिनिधि, सरकारी निकाय, सार्वजनिक संस्था/व्यक्ति र आम सर्वसाधारण हाम्रो सामग्रीका मुख्य स्रोत हुन् । आवश्यकता अनुसार समाचार एजेन्सीले उपलब्ध गराएका सामग्री पनि प्रकाशन हुन्छन् । एजेन्सीका समाचारहरु जस्ताको तस्तै भन्दा पुनर्लेखन गरी समाचारको अन्त्यमा एजेन्सीको सहयोगमा लेखी समाचार प्रकाशन गरिनेछ ।

भूल सुधार र पोष्ट डिलिट

प्रकाशित भइसकेको समाचार वा अरू सम्पादकीय सामग्रीमा त्रुटि वा गलत विवरण प्रकाशित भएको ठहर भएमा तत्काल संशोधन गरिने छ । आवश्यकता अनुसार संशोधन बारे उहि पृष्ठमा पाठकलाई सूचित गरिने छ । तर एकपटक प्रकाशित भइसकेको पोष्ट डिलिट हुने छैन् ।